राजनीति
-
२०८० जेठ ३१, बुधबार
थारू आयोगको गुनासो कार्यान्वयन भएन सिफारिस
थारू आयोगले सरकारसमक्ष पेस गरेको सिफारिस कार्यान्वयन नभएको गुनासो गरेको छ । महिला तथा सामाजिक मामिला समितिको मङ्गलबार बसेको ‘आयोगको क्षेत्राधिकार, गत वर्षमा सम्पन्न कार्यक्रम, पूरा हुन नसकेका काम, चालु आर्थिक वर्षको कार्यक्रम तथा समस्यासम्बन्धी’ बैठकमा आयोगले यस्तो जनाएको हो । बैठकमा आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले केन्द्रमा बसेर थारू आयोगका समस्या समाधान गर्न कठिनाइ हुने गरेको बताउनुभयो । “...
-
२०८० जेठ ३०, मंगलबार
मधेस प्रदेशका मुख्यमन्त्रीले पाए सिंगो सदनको विश्वासको मत
काठमाडौं - मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सिंगो सदनमा उपस्थित सांसदको मत पाएका छन् । मंगलबार दोश्रो पटक विश्वासको मत मागेका उनले सदनमा उपस्थित सबै सांसदको विश्वासको मत पाएका हुन् । नेकपा एमालेले जेठ १ गते समर्थन फिर्ता लिएपछि उनले पुनः विश्वासको मत लिन बाध्य भएका हुन् । एमालेले समर्थन फिर्ता लिएको ३० औं दिन विश्वासका मत मागेका उनले प्रमुख प्रतिपक्षी एमाले, गठबन्धन दल र स्वतन्त्र...
-
२०८० जेठ ३०, मंगलबार
‘पुन’ लाई मगर जतिबाट हटाएको भन्दै मगर संघको विरोध
काठमाडौं - राष्ट्रिय तथ्याङ्क कार्यालयले जाति, भाषा र धर्म सम्बन्धिको तथ्याङ्कमा आदिवासी मगर जाति भित्रको एक प्रमुख थर मध्ये ’पुन’ जातिलाई छुट्टै गणना गरेको भन्दै नेपाल मगर संघले विरोध जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको मातहतमा रहेको सो कार्यालयले २०८० जेष्ठ १९ गते जारी गरेको तथ्याङ्क त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई तुरुन्त सच्याउन माग गरेको छ । मंगलबार संघको रौतहट...
-
२०८० जेठ २८, आइतबार
सर्वोच्चमा प्रचण्ड र बाबुरामविरुद्ध रिट दर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईलाई कारबाही गर्न माग गर्दै परेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध नाबालकलाई तत्कालीन माओवादीले बालसेनाको रुपमा प्रयोग गरी जबर्जस्ती अयोग्य लडाकू भनेर शिविरबाट निकालेर युद्ध अपराध गरेको भन्दै प्रचण्ड र भट्टराईलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका हुन् । यसअघि ...
-
२०८० जेठ २६, शुक्रबार
राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित
काठमाडौं–राष्ट्रिय सभाको बैठक दुई साताका लागि स्थगित भएको छ। शुक्रबार राष्ट्रिय सभामा अर्थमन्त्री डा।प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन्। अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिएसँगै राष्ट्रिय सभामा बजेटमाथिको सामान्य छलफल सकिएको छ। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले अर्को बैठक दुई साता पछि असार १० गते दिउँसो १ बजेर १ मिनेमा बोलाएका छन्।
-
२०८० जेठ २६, शुक्रबार
प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री भट्टराईविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौँ – माओवादीका पूर्वलडाकु लेनिन विष्टले आफूलाई बालसैनिकको रुपमा दुरुपयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध दायर गरेको रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतले यसअघि नै विष्टले दायर गरेको रिट दरपिठ गरेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको शुक्रबारको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो । पूर्वलडाकु विष्टले...
-
२०८० जेठ २६, शुक्रबार
नागरिकता विधेयक प्रमाणीकरणको कागजात मगाउने सर्वोच्चको आदेश
काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो । सर्वोच्चले राष्ट्रपतिबाट भएको प्रमाणीकरणको कपी मगाउने र अन्तरिम आदेश दिनु पर्ने कि नपर्ने भन्ने सम्बन्धमा छलफलका लागि जेठ ३० गते मंगलबारको पेसी तोक्ने आदेश गरेको...
-
२०८० जेठ २५, बिहिबार
रवि लामिछानेले गरे संसदमा आत्मआलोचना
काठमाडौँ -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसदमा आत्मआलोचना गरेका छन् । प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा संसद्मा जे नहुनुपर्ने थियो त्यो भएको स्वीकार्दै सांसद लामिछानेले आफ्नो पार्टीको तर्फबाट भएको गलत बहसमा आफूले आत्मआलोचना गर्ने बताए । ‘संसद्मा भैँसी र राँगाको विषयमा बहस गरेर पाँच वर्ष गुजार्ने काम होइन, यस विषयमा सत्ता पक्ष र प्रतिपक्ष वादविवादमा लागेर लज्जित...
-
२०८० जेठ २४, बुधबार
एमालेमा ७० वर्ष उमेरहद हटाइयो
काठमाडौं - नेकपा (एमाले) केन्द्रीय कमिटीको उमेर हद हटाइएको छ । पार्टीको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले पार्टीको विधानमा रहेको केन्द्रीय कमिटीको ७० वर्षको उमेर हद हटाइएको जानकारी दिए । यही वैशाख २८ देखि ३० गतेसम्म बसेको केन्द्रीय कमिटीको पाँचौँ बैठकपछि पार्टीले हिजो (जेठ २३ गते) जारी गरेको अन्तरपार्टी निर्देशन–७ मा सो कुरा उल्लेख थियो । यसअघि पार्टीमा रहने केन्द्रीय सदस्यको उमेरहद ७०...
-
२०८० जेठ २३, मंगलबार
सञ्चारमन्त्रीसँग जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
काठमाडाैँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि ‘भर्चुअल’ संवाद गर्न सकिने भएको छ । मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनेर यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट https://mocit.gov....
-
२०८० जेठ २३, मंगलबार
कोशी प्रदेश सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
काठमाडाैँ - नेकपा (माओवादी केन्द्र)ले कोशीमा प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको उहाँले बताउनुभयो । आज बसेको माओवादी केन्द्रको संसदीय...
-
२०८० जेठ २२, सोमबार
‘भैंसी चढेर आएको’ शब्दले संसदमा वादविवाद
काठमाडौं - प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसद शिशिर खनालले बोलेको ‘भैंसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोध्ने क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भारत भ्रमणबाट फर्किँदा प्लेन चढेर आफैंले उद्घाटन गरेको पोखरा विमानस्थल आउनुहुन्छ होला भन्ने सोचेको दुर्भाग्यवश भैंसी चढेर आउनुपरेको कुराहरु आए’ भनेका थिए ।...


