STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० जेठ १, सोमबार

    टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदै

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई आज अदालतमा पेस गरिँदैछ । आइतबार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरलाई आज अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालतमा पेस गर्ने काठमाडौं प्रहरी परिसरले बतायो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझी र उनका छोरा सन्दीपविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । तर...

  • २०८० बैशाख ३१, आइतबार

    टोपबहादुर रायमाझी बूढानीलकण्ठबाट पक्राउ

      काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ पुर्जी जारी भएयता फरार रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रहरीले आइतबार साँझ उनलाई पक्राउ गरेको हो । रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका हुन् । वैशाख २० मा...

  • २०८० बैशाख ३१, आइतबार

    बालुवाटारमा प्रधानमन्त्री प्रचण्डसँग ओली र देउवाको भेटवार्ता

    काठमाडौँ - बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच छलफल भएको हो । तीन नेताबीच १० बजेबाट भेटवार्ता सुरु भएको हो । तीन नेताबीच...

  • २०८० बैशाख ३०, शनिबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : अनुसन्धानको दायरा अझ फराकिलो बनाइने

    काठमाडौँ - नक्कली भुटानी शरणार्थी प्रकरणमा थप उच्च राजनीतिक तथा प्रशासनिक व्यक्तिको समेत संलग्नता रहेको हुन सक्ने भन्दै प्रहरीले त्यसतर्फ अनुसन्धान सोझ्याएको छ। पूर्वगृहमन्त्री, पूर्वगृहसचिवको प्रत्यक्ष संलग्नता खुलेपछि प्रहरीले अनुसन्धानको दायरा अझ फराकिलो बनाउन लागेको हो। सरकारद्वारा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई बुझाइएको थियो तर सो प्रतिवेदन...

  • २०८० बैशाख ३०, शनिबार

    जग्गाको कित्ताकाट खुलाउन प्रधानमन्त्रीको चासो

    काठमाडौँ - जग्गाको कित्ताकाटमा गरिएको कडाइ खुकुलो बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन्। कित्ताकाटसम्बन्धी कानुनलाई संशोधन गरेर पुरानै अवस्थामा फर्काउने गरी प्रस्ताव तयार पार्न प्रधानमन्त्री दाहालले भूमि व्यवस्था मन्त्रालयका उच्च अधिकारीलाई निर्देशन दिएका हुन्। दाहालले बुधबार भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, निमित्त भूमि व्यवस्था सचिव पीताम्बर घिमिरे तथा भूमि व्यवस्थापन विभाग...

  • २०८० बैशाख २९, शुक्रबार

    गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता, मनाङे आउट

    काठमाडौं - गण्डकी प्रदेशमा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । शुक्रबार थप ४ मन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । नेपाली कांग्रेसबाट ३ र नेकपा माओवादी केन्द्रबाट १ मन्त्री बनेका छन् । कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दीपेन्द्रबहादुर थापा, जित प्रकाश आलेमगर र माओवादी केन्द्रबाट रेशमबहादुर जुग्जाली मन्त्री बनेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र...

  • २०८० बैशाख २९, शुक्रबार

    भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा प्रचण्डलाई लामिछानेकाे आड

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्ट्राचारका फाइल खोल्ने विषयमा आड दिएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री निवासमा वालुवाटारमा पुगेर सभापति रविले प्रधानमन्त्रीलाई भ्रष्ट्राचारको फाइल खोल्न खुट्टा नकमाउन भन्दै आड दिएका हुन् । पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेलगत्तै पनि सभापति रविले...

  • २०८० बैशाख २८, बिहिबार

    नक्कली भुटानी शरणार्थी प्रकरण : दलका ठूला नेताहरुनै निशानामा

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक दलका ठूला नेताहरुनै निशानामा परेपछि राजनीतिमा खैलाबैला मच्चिएको छ । अझ, बुधबार नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ प्रकरणले झनै तरङ्ग पैदा गरेको छ । पार्टी भित्र प्रभावशाली मानिएका खाँण पक्राउ परेपछि कांग्रेसको आन्तरिक राजनीतिमा नै यसले प्रभाव पार्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण...

  • २०८० बैशाख २८, बिहिबार

    शरणार्थी प्रकरणमा दोषी उम्किन र निर्दोष फस्न हुँदैन : ओली

    काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कोही पनि दोषी उम्किनु नहुने बताएका छन् । ललितपुरको च्यासलस्थित एमालेको मुख्यालयमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले निर्दोषलाई फसाउन र दोषीलाई उम्काउन खोजे आफूले त्यसको विरोध गर्ने बताए। अध्यक्ष ओलीले नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्वाग्रहपूर्ण ढङ्गले कसैलाई फसाउन खोजिएको बताए। उनले...

  • २०८० बैशाख २८, बिहिबार

    बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने

      काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई कांग्रेसले तत्काल पार्टीबाट निलम्बन नगर्ने भएको छ। बिहीबार बसेको पदाधिकारी बैठकले प्रहरीलाई अनुसन्धानमा सघाएको र पक्राउ पर्नुको कारणबारे पूर्ण रुपमा पुष्टि नभएकाले तत्काल पार्टीबाट निलम्बन नगर्ने निर्णय भएको सहमहामन्त्री जीवन परियारले जानकारी दिए । खाँण यस प्रकरणमा...

  • २०८० बैशाख २८, बिहिबार

    पूर्वगृहमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार बिहान निवासबाटै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई चार दिन हिरासतमा राख्न अनुमति दिइएको छ। काठमाडौं जिल्ला अदालतले पूर्वमन्त्री खाँणलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो । प्रहरीले बुधबार खाँणलाई मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । बुधधबार खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि पक्राउ गरेको छ । पक्राउपश्चात् खाँणलाई परिसरबाट...

  • २०८० बैशाख २८, बिहिबार

    अडियो ‘फेक’ भन्दै देउवा पत्नी आरजुले दिइन् साइबर ब्यूरोमा निवेदन

      काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको अडियो ‘फेक’ भएको भन्दै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेकी छन् । उनले आज सो माग गर्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदनसमेत दिएकी छन्। उनले साइबर ब्यूरो भोटाहिटीमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उक्त फेक अडियो बदनियतपूर्ण ढङ्गबाट बदनाम...

Pages