STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०८० बैशाख २८, बिहिबार

    नक्कली भुटानी शरणार्थी प्रकरणले शीर्ष नेतामा बेचैनी

    काठमाडौं - नक्कली शरणार्थी प्रकरण पेचिलो बन्दै गएपछि दलका शीर्ष नेताहरु नियमित भेटवार्तामा जुट्न थालेका छन् । संसदलाई प्रभावकारी बनाउने विषयमा छलफल चलेको बताउने गरेका दलका नेताहरुले भित्रि रुपमा भने नक्कली शरणार्थी प्रकरणले ल्याएको तरङ्गलाई नियालिरहेको बुझ्न कठिन छैन् । तर, शीर्ष नेताहरु एकपछि अर्को गर्दै पक्राउ पर्ने देखिएपछि हालका भेटलाई थप अर्थपू्र्ण मानिएको छ । नक्कली शरणार्थी प्रकरणमा...

  • २०८० बैशाख २७, बुधबार

    भ्रष्टाचारीलाई नछाड्ने गृहमन्त्री श्रेष्ठको उद्घोष

    काठमाडौँ - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारमा संलग्नहरुलाई नछोड्ने उद्घोष गरेका छन् । बुधवार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो उद्घोष गरेका हुन् । श्रेष्ठले देशमा थुप्रै समस्या रहेको र कमिसन र भ्रष्टाचारले देश जर्जर बनाएको उल्लेख गरे । श्रेष्ठले कमिसनखोर र भ्रष्टाचारीलाई कारबाही गर्न आफू पछि नहट्ने बताए । उनले खाडीमा काम...

  • २०८० बैशाख २७, बुधबार

    बोल्न नपाएको भन्दै राप्रवाले गर्याे संसद बैठक अवराेध

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफूहरुले संसदमा बोल्न नपाएको भन्दै अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बुधबार बैठक सुरु भए लगत्तै राप्रपाका सांसदहरुले उठेर आकस्मिक समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले प्रिबजेट छलफललाई समयमै सक्नुपर्ने भएकाले आकस्म्कि समय नराखिएको बताउँदै बैठक अघि बढाउन खोजेपछि  राप्रपाका सांसदले अगाडि आएर नाराबाजी गरेका थिए ।...

  • २०८० बैशाख २७, बुधबार

    भुटानी शरणार्थी प्रकरण कुनै भेटघाटले प्रभावित नहोस् : महामन्त्री थापा

    काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनैपनि राजनीतिक भेटघाटले प्रभाव पार्नु नहुने बताएका हुन् । उनले सो प्रकरणमा संलग्न जुनसुकै दलको जुनसुकै ओहोदाको व्यक्ति भएपनि कारबाही हुनुपर्ने बताए...

  • २०८० बैशाख २७, बुधबार

    खाँण उनकै घरबाट पक्राउ

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नियन्त्रणमा लिने क्रममा उनको घरको ढोका नै फुटेको रहस्य खुलेको छ । बुधबार बिहान काँग्रेस नेता समेत रहेका खाँणलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको थियो । सो क्रममा खाँणको घरको ढोका नै फुटाउनु परेको स्रोतले जनाएको छ । प्रहरी पुगेपछि कसैलाई फोन गर्न कोठाभित्र छिरेका खाँणले ढोका खोल्न आनाकानी गरेको बताइएको छ। त्यसपछि प्रहरीले...

  • २०८० बैशाख २७, बुधबार

    टाेपबहादुर एमालेबाट निलम्बित

    काठमाडौं - नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीबाट निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फरार रहेका रायमाझीलाई अनुसन्धान र कारबाहीको टुंगो नलागुन्जेल एमालेले निलम्बन गरेको हो । बुधबार पार्टी महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर पदबाट निलम्बन गरिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय सचिवालयको निर्णयलाई समेत...

  • २०८० बैशाख २६, मंगलबार

    कोसी प्रदेश खारेजी माग : पहिचान पक्षधर र प्रहरीबीच झडप

    काठमाडौं - झापाको दमकमा कोसी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झडप भएको छ। कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधरले आज दमकको गणतन्त्र चोकमा निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो। जसका कारण अहिले दमक तनावग्रस्त बनेको छ। झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा...

  • २०८० बैशाख २६, मंगलबार

    काठमाडौँ महानगरद्वारा टुकुचा खोलामाथिका जग्गाको लगत कट्टा गर्न पत्राचार

    काठमाडौं - काठमाडौँ महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हुन् । पत्रमा भनिएको छ, “हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा...

  • २०८० बैशाख २५, सोमबार

    प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत सिफारिस

    काठमाडौं - संवैधानिक परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीशमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा परिषद्को आज बसेको बैठकले प्रधानन्यायाधीश नियुक्ति गर्नका लागि कार्कीको नाम सर्वसम्मत सिफारिस गरेको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको उक्त बैठकमा...

  • २०८० बैशाख २५, सोमबार

    ढाकाकुमार श्रेष्ठको रिटमा अल्पकालीन आदेश

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठलाई पदमुक्त गरेको सम्बन्धमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको छ । श्रेष्ठले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि सोमबार प्रधानन्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासमा सुनुवाइ भएको हो । इजलासले श्रेष्ठलाई पदमुक्त गर्नुको कारणबारे लिखित जवाफ दिन विपक्षीका नाममा आदेश जारी गरेको...

  • २०८० बैशाख २५, सोमबार

    टोपबहादुर फरार, शीर्षस्थ नेताको दौडधुप भने बाक्लियो

    काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणले उग्र लिइरहँदा शीर्षस्थ नेताको दौडधुप भने बाक्लिएको छ । सोमबार संवैधानिक परिषद्को बैठक सकिएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छुट्टै भेटवार्ता गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी मुछिएपछि ओलीले प्रचण्डसँग पटकपटक भेटवार्ता जारी राखेका छन् । ओलीले नक्कली मान्छे मुछिनु...

  • २०८० बैशाख २५, सोमबार

    हिंसाको त्रासमा कोशी प्रदेश

    काठमाडौं - पहिचानको मुद्दालाई लिएर कोशी प्रदेश विगत २ महिना देखि अशान्त छ । पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने मागसहित सुरु भएको आन्दोलन दिन प्रतिदिन सशक्त बन्दै गइरहेको छ । तर, यस बिषयमा केन्द्र सरकारले अनविज्ञता प्रकट गरिरहेको छ । जसकारण आन्दोलन रोकिनुको साटो हिंसाको बाटोतर्फ अगाडी बढीरहेको छ । आफ्ना मागहरु सम्बोधन नहुने संकेत पएपछि सोमबार पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले आन्दोलनका...

Pages