राष्ट्रिय
-
२०७८ आश्विन २८, बिहिबार
आज र भोलि मनकामनामा केबलकार बन्द हुने
काठमाडौं - मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । नेपालीको महान चाडलाई मध्यजनर गरी आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः नियमित सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएको छ । कोरोना महामारीका कारण यो वर्ष केवलकारको सेवा नियमित भइरहेको छैन । बैशाख १५ देखि लागू गरिएको लकडाउनका कारण बन्द भएको केवलकार ४ महिनापछि भदौ दोस्रो सातादेखि पुनः संलनमा...
-
२०७८ आश्विन २६, मंगलबार
आज फूलपाती
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतिक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँघर अथवा पूजा कोठामा शुभ साइतको प्रतिकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । ...
-
२०७८ आश्विन २४, आइतबार
रुपन्देही मोतिपुरको झडपमा गोली लागेर चारजनाको मृत्यु, परिस्थिति नियन्त्रणमा लिन कर्फ्यू लगाइयो
काठमाडौं - रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासी समूहसँगको झडपमा सुरक्षाकर्मीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ । मोतीपुर औद्योगिक क्षेत्रको जग्गा कबब्जा गर्ने समूह र प्रहरीबीच भएको झडपमा प्रहरीले गोली चलाउँदा चार जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार झडपमा घाइते भएका कपिलवस्तुको बाणगंगा नगरपालिका १० का ४८ वर्षीय रमेश परियारको भैरहवाको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचारका...
-
२०७८ आश्विन २४, आइतबार
लुम्बिनीमा बङ्गलादेशले बुद्ध विहार बनाउने
काठमाडौँ - बुद्ध जन्मस्थल लुम्बिनीमा बङ्गलादेशले बुद्ध विहार बनाउने भएको छ । नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरी र लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तय्याले आज लुम्बिनीमा बौद्ध विहार बनाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । त्यस अवसरमा राजदूत चौधरीले नेपाल र बङ्गलादेशबिच सांस्कृतिक तथा पर्यटकीय सम्बन्ध विस्तार गर्ने उद्देश्यले लुम्बिनीमा बौद्ध विहार बनाउन लागिएको र...
-
२०७८ आश्विन २३, शनिबार
बागमती प्रदेशले ल्यायो एग्रिगेटर सूचना बैंक
बागमती प्रदेशका सूचना संकलन र भण्डारण अब एउटै सूचना बैंकबाटः मन्त्री शाक्य हेटौँडा । बागमती प्रदेशका सूचना संकलन र भण्डारण गर्ने उदेश्यले एग्रिगेटरको रुपमा सूचना बैंक सञ्चालनमा आएHको छ । उक्त सूचना बैंकको आज आन्तरिक मामिला तथा कानून मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले हेटौँडामा उद्घाटन गर्नुभयो । उद्घाटनपछि सम्वोधन गर्दै मन्त्री शाक्यले बागमती प्रदेशको सूचना बैंकमा अब प्रदेशका सात वटा मन्त्रालय...
-
२०७८ आश्विन २२, शुक्रबार
बेलायतले नेपाललाई रातोसूचीबाट हटायो
कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ। अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमित रूपमा हेरेफेर गर्ने तालिकाअनुरूप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ। यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन्। रातोसूचीबाट हटाए पनि यो लागू भने सोमबार अर्थात् यही असोज २५ गतेदेखि लागू हुने कुरा भ्रमणसम्बन्धी गतिविधिअन्तर्गत...
-
२०७८ आश्विन २०, बुधबार
‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ निर्माण हुने
काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ । उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो । अव्यवस्थित सहयोगापेक्षी सडक मानव व्यवस्थापन एवं मानवता प्रवद्र्धनका लागि मानव सेवा आश्रम संचालन...
-
२०७८ आश्विन १६, शनिबार
विद्युतकाे पोलको भाडा नतिर्नेको लाइन काटियो
म्याग्दी - सम्झौता विनै विद्युत्का पोल प्रयोग गर्ने र भाडा नतिर्ने केबल तथा इन्टरनेट सेवा प्रदायकको आज म्याग्दीमा लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणको देशब्यापी कार्यक्रमअन्तर्गत सम्झौता नगरेका र भाडा नतिरेकाको फाइबर काटिदिएपछि निजी कम्पनीद्वारा सञ्चालित इन्टरनेट तथा केबल सेवा ठप्प बनेको छ । प्राधिकरणको म्याग्दी वितरण केन्द्रले नेपाल विद्युत् प्राधिकरणको विद्युतीय संरचना प्रयोग गरी अप्टिकल...
-
२०७८ आश्विन १६, शनिबार
बाघले घेरिएका गोठालाको सकुशल उद्धार
नेपालगञ्ज - बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर–१ गाभरमा बाघले घेरिएका तीन जना गोठालाको सकुशल उद्धार गरिएको छ । निकुञ्जका हात्ती प्रयोग गरी गाभर निवासी ५६ वर्षका सेतु ओली, २५ वर्षीया हीरा खड्का र २४ वर्षीया युवतीलाई सकुशल उद्धार गरिएको हो । भैंसी र बाख्रा लिएर चराउन गएका उनीहरुलाई पूर्व पश्चिम राजमार्गदेखी करिब एक किलोमिटर दक्षिण खर्चेताल नजिक तीनवटा बाघले घेरेका थिए । बाघबाट जोगिन रुखमा...
-
२०७८ आश्विन १४, बिहिबार
पाँच महिनापछि खुल्यो तातोपानी कुण्ड
गलेश्वर- प्राकृतिक चिकित्सालयका नामले चर्चित म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा रहेको तातोपानी कुण्डमा नुहाएर निको हुन आउने बिरामीको भीड लागेको छ । कोरोनाको दोस्रो लहर देखिएपछि पाँच महिनासम्म बन्द भएको तातोपानी कुण्ड यही असोजको पहिलो सातादेखि खुला गरिएपछि उपचारका लागि यहाँ नुहाउन आउने बिरामीको भीड लागेको हो । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढेसँगै वैशाखको तेस्रो सातादेखि तातोपानी कुण्ड...
-
२०७८ आश्विन १३, बुधबार
कोरोना सङ्क्रमण : उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे
कोरोना सङ्क्रमण : उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटेकाठमाडौँ, १३ असोज (रासस) : काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण...
-
२०७८ आश्विन १२, मंगलबार
साना मिडियालाई निःशुल्क इन्टरनेट दिइनुपर्छ : प्रेस काउन्सिल
काठमाडाैँ - प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले साना लगानीका मिडियालाई राज्यले निशुल्क इन्टरनेटको व्यवस्था गरिदिनुपर्ने बताएका छन् । मंगलबार नेपालमा सुचना प्रविधि प्रयोगको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै काउन्सिल अध्यक्ष बस्नेतले राज्यले सञ्चार माध्यमलाई सञ्चार प्रविधिमा सहुलियत दिनुपर्ने बताएका हुन् । उनले साना लगानीका मिडियालाई बचाउनका लागि राज्यले निशुल्क...


