राष्ट्रिय
-
२०७८ कार्तिक १९, शुक्रबार
उत्सवको रुपमा नेपाल संवत् मनाउन राष्ट्रपति भण्डारीबाट सबैमा आह्वान
१९ कार्तिक, काठमाडौं – नेपाल संवत् ११४२ प्रारम्भ भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् राष्ट्रको मौलिक संवत् भएको जनाउनुभएको छ । बिहीबार बिहान एक शुभकामना सन्देश दिनुहुँदै राष्ट्रपति भण्डारीले सांस्कृतिक एवं भाषिक रूपमा विविधतायुक्त नेपाली समाजमा सहिष्णुता र एकताको प्रवद्र्धन गर्ने उत्सवको रूपमा नेपाल संवत मनाउन पनि सबैमा आह्वान पनि गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपाल...
-
२०७८ कार्तिक १८, बिहिबार
आज धनधान्यकी देवी लक्ष्मीकाे पूजा आराधना गरिँदै
१८ कात्तिक २०७८, काठमाडौँ - यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका,...
-
२०७८ कार्तिक १७, बुधबार
आज काग र कुकुर तिहार मनाइँदै
कात्तिक १७, २०७८ - कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ । बिहान त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज बिहान ७ः१४ बजेसम्म त्रयोदशी तिथि छ । त्यसपछि चतुर्दशी तिथि लाग्छ । बिहानै कागलाई पूजा...
-
२०७८ कार्तिक १३, शनिबार
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलमा ३ र ग्यासमा ५० रुपैयाँ बढ्यो
शनिबार १३ कात्तिक, २०७८ - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको जानकारी दिएको हो । निगमका अनुसार शुक्रबार राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको साबिक बिक्री मूल्यमा ३ रुपैयाँले वृद्धि गरिएको हो । जसअनुसार अब पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १३३, डिजेल–मट्टितेलको मूल्य...
-
२०७८ कार्तिक ११, बिहिबार
लाइसेन्सको अनलाइन आवेदन बन्द
कात्तिक ११, काठमाडौं - यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को अनलाइन आवेदन बन्द गरेको छ । विभागले प्राविधिक कारण देखाउँदै लाइसेन्सको आवेदन बन्द गरेको हो । कोरोना भाइरसको महामारीका कारण बन्द रहेको लाइसेन्सको आवेदन गत सोमबारदेखि खुला गरिएको थियो । तर, आवेदन खुला गरिएको केही दिनमै प्राविधिक कारणले बन्द गर्नुपरेको विभागले जनाएको छ । 'सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन...
-
२०७८ कार्तिक ८, सोमबार
नेपाल संवत लेटरप्याडमा र मन्त्रिपरिषदको माइनेटमा प्रयोग गर्नु ठूलो कुरा हैन : प्रम शेरबहादुर देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक राष्ट्रिय संवत नेपाल संवत प्रधानमन्त्रीको लेटरप्याडमा प्रयोग गर्नु र मन्त्रिपरिषदको बैठकले गर्ने विभिन्न निर्णयको निर्णय पुस्तिकामा नेपाल संवतलाई पनि प्रयोग गर्ने कुरा ठूलो नभएको विचार राख्नुभएको छ । प्रधानमन्त्री देउवाले उक्त विचार आज सोमबार नेपाल संवत राष्ट्रिय न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यको नेतृत्वमा न्हूदँ समारोह समितिका...
-
२०७८ कार्तिक ३, बुधबार
नेपाल संवत्को नववर्ष मनाउन यसरी हुँदैछ तयारी
३ कात्तिक २०७८ (काठमाडौं)– नेपाल संवत् ११४२ नववर्ष मनाउन विभिन्न तयारीहरु भइरहेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४२ का अध्यक्ष निरञ्जनरत्न शाक्यले जनाउनुभएको छ । यसको लागि समितिका नवनियुक्त अध्यक्ष निरञ्जनरत्न शाक्यको सभापतित्वमा भएको प्रथम बैठकले शंखधरको मूर्ति निर्माण गर्ने, न्हूदँ राष्ट्रिय समारोह समितिलाई संस्थागत गर्नतर्फ प्रक्रिया चाल्ने र न्हूदँ समारोह समिति कोष गठन गर्नेजस्ता...
-
२०७८ कार्तिक २, मंगलबार
आज मोहम्मद जयन्ती, मुस्लिम समुदायलाई सार्वजनिक बिदा
काठमाडाैँ - आज मुस्लिम समुदायका धर्म गुरु पैगम्बर हजरत मोहम्मद मुस्ताफाको १४ सय ९६ औँ जन्मोत्सव हर्षोल्लासका साथ मनाइँदैछ । मोहम्मद जयन्तीकाे अवसरमा सरकारले आज मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सामेबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी...
-
२०७८ आश्विन ३१, आइतबार
गोरखा केन्द्रविन्दु भएर भूकम्प
३१ असोज / काठमाडौं - आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ४ बजेर ९ मिनेट जाँदा ४.३ रेक्टर स्केलको भूकम्प गएको हो।केन्द्रका अनुसार गोरखा केन्द्रविन्दु भएको भूकम्प गएको हो।यसअअघि पछिल्लोपटक १६ गते दुई वटा भूकम्पको धक्का महसुस भएका थिए। सिन्धुपाल्चोक केन्द्रविन्दु भएका ४.६ र ४.१ रेक्टर स्केलका भूकम्प महसुस गरिएका थिए।
-
२०७८ आश्विन २९, शुक्रबार
सुनिएन मालश्री धुनः देखिएनन् चङ्गा
गलेश्वर,२९ असोज नेपालीको महान् चाड दशैँको पहिलो दिन घटस्थापनादेखि नै टेलिभिजन र रेडियोमा मालश्री धुन बजेपनि म्याग्दीका गाउँघर र शहर बजारमा गन्धर्वहरुले मालश्री धुन बजाएको खासै सुनिएन । बिहानै घर, कोत वा शक्तिपीठहरुमा दुर्गा जगाउँदै मालश्री गाउँदा दशैँ आएको सङ्केत हुने गरे पनि म्याग्दीमा भने केही समययता मालश्रीका स्वर सुनिन छोडेका छन् । पहिले प्रत्येक घरघरमा नवरात्रमा मालश्री गाए पनि हाल यो देख्न...
-
२०७८ आश्विन २९, शुक्रबार
राष्ट्रपति र प्रधानमन्त्रीबाट दशैको टीका ग्रहण
राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा शुक्रबार आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर २ मिनेटको शुभसाइतमा टीका ग्रहण गरेकी छन्।राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय, शितल निवासमा आमाबाट विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरेकी हुन्। त्यसैगरी राष्ट्रपति भण्डारीले शुक्रबार हनुमानढोकाका मूल पुजारी देवराज अर्यालबाट पनि टीका ग्रहण गरिन्। उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई...
-
२०७८ आश्विन २९, शुक्रबार
राष्ट्रपति बाट शुभकामना व्यक्तः नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास
राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले कोभिड–१९ महामारीको सङ्क्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको पालना गर्दै होसियारीपूर्वक दसैँ पर्व मनाउनका लागि सबैमा आग्रह पनि गरिन् ।


