STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ पौष २६, सोमबार

    एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो । आठ हजार ९६५ जनाको पीसीआर र दुई हजार ४६४ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस अवधिमा २५५ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १४ हजार ४८५ पुगेको छ । निको हुनेदर ९७ दशमलव सात प्रतिशत छ...

  • २०७८ पौष २६, सोमबार

    कोभिडको कारण पोखरा महोत्सव स्थगित

    युनाइटेड क्लब पोखराको आयोजनामा आगामी पुस २८ गतेदेखि माघ ९ गतेसम्म आयोजना हुने ११औँ संस्करणको पोखरा महोत्सव स्थगित गरिएको छ । नेपाल सरकारको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र ९सीसीएमसीसी० को बैठकले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णयलाई पूर्णरुपमा पालना गर्दै ११औँ  संस्करणको पोखरा महोत्सव अर्को सूचना नआइन्जेलका लागि स्थगित गरिएको हो ।     क्लबका अध्यक्ष राजु...

  • २०७८ पौष २६, सोमबार

    १५ माघसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

    पुस २६ काठमाडौं - सरकारले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।  कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सोमबार शिक्षा मन्त्रालयले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।   यसअघि आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढ्दै गएकाले वार्षिक बिदामा मिलाउन हुने गरी १५ माघसम्म विद्यालय बन्द गर्न...

  • २०७८ पौष २२, बिहिबार

    आसन्न निर्वाचनमा सुरक्षा चुनौतीका विषयमा छलफल

    आसन्न निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै सरकारले सुरक्षा अवस्थाका बारेमा छलफल गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज गृहमन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा समसामयिक सुरक्षाको अवस्था र आगामी दिनका सुरक्षा चुनौतीका विषयमा छलफल भएको हो ।     बैठकमा राष्ट्रियसभाको निर्वाचन तथा आसन्न स्थानीय तहको निर्वाचनमा गरिने सुरक्षा तयारीका बारेमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता...

  • २०७८ पौष २०, मंगलबार

    आदिवासी जनजाति महासङ्घको महाधिवेशन नवलपुरमा

    नेपाल आदिवासी जनजाति महासङ्घको १०औँ राष्ट्रिय महाधिवेशन नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोतीमा हुने भएको छ । कावासोतीमै बसेको महासङ्घको तयारी बैठकले आगामी माघ २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।         दशौँ राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि २१९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने महासङ्घका अध्यक्ष जीतबहादुर...

  • २०७८ पौष २०, मंगलबार

    दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र

    कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ । भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न...

  • २०७८ पौष १९, सोमबार

    अङ्ग्रेजी नयाँ वर्षले पोखराको पर्यटनमा राहत

     “सुन्दरी जनको ज्यादै गर्दा वर्णन प्रेमले ।        घुमी यो पोखरा हेर्न पाएनन् कालिदाशले ।।        नत्र यौटा महाकाव्य उहिल्यै लेखिने थियो ।        संसारमा महान् ख्याति पोखराको हुने थियो ।।” संस्कृत साहित्यका महाकवि कालिदासको प्रसङ्ग उल्लेख गर्दै कवि मुकुन्दशरण उपाध्यायले आफ्नो वर्णनात्मक काव्य प्राकृत पोखराको ‘पोखरा’ शीर्षकको कवितामा सुन्दरताको मुक्तकण्ठले प्रशंसा गर्नुभएको छ । प्रकृतिको बरदान...

  • २०७८ पौष १८, आइतबार

    जाडोको कारण स्थानीय तहद्वारा विद्यालय बन्द

    जाडो बढ्दै गएपछि काभ्रेपलाञ्चोकको स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिन थालेका छन् । चार दिनअघिको वर्षाले चिसो बढ्दै गएपछि जिल्लाका तीन स्थानीय तहले विद्यालय बन्द गर्न निर्देशन दिइसकेका छन् । तेमाल गाउँपालिकाले यसै साताको वर्षाका कारण जाडो बढ्दै गएको जनाउँदै आजदेखि एक हप्ताका लागि आफ्नो क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन बन्द गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय...

  • २०७८ पौष १७, शनिबार

    प्रधानमन्त्री समक्ष संस्कृति संरक्षणको माग

    परिवर्तन नेपालद्वारा संचालित नेपाली सस्कृती बचाऔ राष्ट्रिय महाअभियान केन्द्रिय सचिवालयको संयोजक सहितको प्रतिनीधि मण्डलले सम्माननिय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्युलाई भेटी देशमा बढदै गइरहेको साँस्कृतिक अतिक्रमण र विकृतिबारे जानकारी गराउँदै देशका पुरातात्विक सम्पदा एवं संकृतिलाई संरक्षण सम्बर्ध्दन गर्नका लागि राज्यको तर्फबाट बिशेष चासो र पहल हुनुपर्ने माग गरेको छ । सो अवसरमम कुनैपनि देशको...

  • २०७८ पौष १६, शुक्रबार

    आजबाट विद्युत् झ्याप्प-झ्याप्प जाँदैन - कुलमान

    पुस १६, काठमाडौं - नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको बताएका छन् । शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी निर्देशक घिसिङले विद्युतको खपत बढेकाले ट्रान्सफर्मर परिवर्तन गर्दा बिजुली गइरहने समस्या भएको र आजबाट समस्या समाधान हुने बताएका हुन् ।  उनले विद्युत सप्लाई नपुगेर...

  • २०७८ पौष १५, बिहिबार

    सुदूरपश्चिम पहाडमा भूकम्पको धक्का

    बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो ।   भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट राजेश शर्माका अनुसार चार दशमलव छ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु भने भारतमा रहेको छ । भारतको उत्तराखण्ड प्रदेशको खाडा केन्द्रबिन्दु भएर उक्त भूकम्प गएको हो ।...

  • २०७८ पौष १५, बिहिबार

    तमु ल्होसार पर्वका अवसरमा अध्यक्ष प्रचण्डको शुभकामना

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सङ्घर्ष र वीरतापूर्ण बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सम्पूर्ण उत्पीडित समुदायबीच सहिष्णुता र आपसी ऐक्यबद्धता अपरिहार्य रहेको बताउनुभएको छ ।      नेपाली जनताका बीचको सुदृढ राष्ट्रिय एकताबाट संविधानले निर्दिष्ट गरेको समाजवादी लक्ष्य हासिल गर्न र नेपाली भूमिबाट नयाँ विचारको विकास गर्न सम्भव रहेको...

Pages