STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७८ कार्तिक २४, बुधबार

    सूर्यदेवको पूजा आराधना गरी मनाइँदै छठ

    २४ कात्तिक, काठमाडौँ - छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट...

  • २०७८ कार्तिक २३, मंगलबार

    राष्ट्रिय जनगणना : गणकलाई असहयोग गरे दुई महिना जेल सजाय

    २३ कात्तिक, काठमाडौं - राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना सुरु हुने भएको छ । विवरण संकलनका लागि बिहीबारदेखि गणकहरु घर-घरमा आउँदैछन् । उनीहरुले आवश्यकताका आधारमा ५५ देखि ८० वटा प्रश्न सोध्नेछन् । यदी तपाईंले उनीहरुलाई असहयोग गर्नुभयो, मागेको सूचना दिन इन्कार गर्नुभयो वा झुटो सूचना दिनुभयो भने कारबाहीमा पर्न सक्नुहुन्छ । कानुनतः जनगणनामा असहयोग गर्नेलाई दुई महिना कैद वा दुई सय...

  • २०७८ कार्तिक २३, मंगलबार

    राष्ट्रिय जनगणना : भोलिदेखि मूल गणना हुने

    २३ कार्तिक, काठमाडौँ - राष्ट्रिय जनगणना २०७८ अन्तर्गत भोलि बुधबारबाट मूल गणना हुने भएको छ । ९ मंसिरसम्म हुने जनगणनाका लागि तयारी पूरा भएको तथ्यांक विभागका महानिर्देशक महानिर्देशक नेबिनलाल श्रेष्ठले जानकारी दिए । मूल गणनाका लागि ४० हजार गणक र आठ हजार १६ जना सुपरीवेक्षक खटिने छन् । नेपालमा हरेक १०–१० वर्षमा एक पटक राष्ट्रिय जनगणना हुने गरेको छ । यसअघि ३० भदौबाट सुरु भएको सूचीकरण १८ असोजसम्म चलेको...

  • २०७८ कार्तिक २०, शनिबार

    यमपञ्चकको आज पाँचौं दिन भाइटीका, उत्तम साइत ११:०२ मा

    २० कात्तिक, काठमाडौँ - यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई...

  • २०७८ कार्तिक २०, शनिबार

    आज भाइटीका : राष्ट्रपति र उपराष्ट्रपतिबाट शुभकामना व्यक्त

    २० कात्तिक, काठमाडौं -राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पु-याउने विश्वास व्यक्त गर्नुभएको छ । नेपालीको महान् चाड तिहार २०७८ को अवसरमा राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको शुभकामना सन्देशमा सो विश्वास व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा स्वदेश तथा विदेशमा रहनुभएका...

  • २०७८ कार्तिक २०, शनिबार

    नेपाल संवत्लाई मौलिक संवतका रूपमा प्रवद्र्धन गर्नुपर्छ : अध्यक्ष बिजुक्छे

    २० कात्तिक, काठमाडौँ - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नरायणमान बिछुक्छेले मुलुकको मौलिक संवत्का रूपमा नेपाल संवत्लाई प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । नवसमाज निर्माण पुस्तकालयले आफ्नो ४०औँ वार्षिकोत्सवका अवसरमा आज चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा आयोजना गरेको नेपाल संवत्को भित्तेपात्रो विमोचन कार्यक्रममा उहाँले यस संवत्लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्न सकेमा देशको...

  • २०७८ कार्तिक २०, शनिबार

    नेपाल सम्बत हाम्रो मौलिक सम्बत हो : ऊर्जा मन्त्री भुसाल

    २० कात्तिक, ललितपुर - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्बत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताउनुभएको छ । शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय...

  • २०७८ कार्तिक २०, शनिबार

    शङ्खधर साख्वाःको ऐतिहासिक योगदान छ : प्रधानमन्त्री देउवा

    २० कात्तिक काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको ऐतिहासिक योगदान रहेको बताउनुभएको छ । साख्वाःले नेपालको मौलिक एवं राष्ट्रिय संवत्को प्रचलन तथा गरिबी उन्मूलनको अभियान थालनी गरेबाट समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन गरेको योगदानले राष्ट्रको गौरव बढाएको उहाँले उल्लेख गर्नुभयो । नेपाल संवत् ११४२ न्हुदँ...

  • २०७८ कार्तिक २०, शनिबार

    पोखरामा राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक अनावरण

    १९ कात्तिक, कास्की - नेपाल संवत्का प्रणेता एवं राष्ट्रिय विभूति शङ्खधर साख्वाःको शालिक पोखरामा अनावरण गरिएको छ । पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सङ्गठन विभाग प्रमुख गोपालमान श्रेष्ठले पोखरा महानगरपालिका–३ नदीपुरस्थित नारायणस्थान मन्दिर परिसरमा साख्वाको पूर्णकदको शालिक हिजो शुक्रबार अनावरण गर्नुभयो । वीरेन्द्र स्मृति पार्क संरक्षण समितिले शालिक स्थापना गरेको हो । नेपाल संवत् १४४२ को...

  • २०७८ कार्तिक २०, शनिबार

    हेटौँडामा नेपाल संवत् ११४२ को र्‌याली

    १९ कात्तिक, मकवानपुर - नेपाल संवत् ११४२ प्रारम्भ भएको उपलक्ष्यमा हेटौँडामा हिजो शुक्रबार नेपाल भाषा खलः तथा नेवा सांस्कृतिक पुचःको संयुक्त आयोजनामा ¥याली निकालिएको छ । र्‌यालीपछि स्थानीय पिपलबोटमा नेपाल संवत् ११४२ शुभारम्भ भएको उपलक्ष्यमा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको थियो । नेपाल संवत् ११४२ मूल समारोह समितिका संयोजक विष्णुगोपाल महर्जनको अध्यक्षतामा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा...

  • २०७८ कार्तिक १९, शुक्रबार

    नेपाल संवतको सांस्कृतिक महत्वलाई प्रवद्र्धन गरिनेछ : प्रधानमन्त्री

    १९ कात्तिक, ललितपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै नेपाल संवत्को सांस्कृतिक महत्वलाई प्रवद्र्धनका लागि सरकारले आवश्यक कदम चाल्ने बताउनुभएको छ । नयाँ वर्ष नेपाल संवत् ११४२ का अवसरमा आज ललितपुरको मङ्गलबजारमा सांस्कृतिक ¥यालीको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले नेपाली संस्कृति र जनजीवनको भावनासँग जोडिएको नेपाल संवत्को ऐतिहासिकता र महत्वलाई थप...

  • २०७८ कार्तिक १९, शुक्रबार

    नेपाल संवतको प्रचलनसँगै गरिबी उन्मूलन : प्रधानमन्त्री देउवा

    १९ कात्तिक, भक्तपुर - प्रधानमन्त्री शेरबहादुर देउवाले  नेपाल संवत्को प्रचलनसँगै गरिबी उन्मूलनको अभियान सुरु भएको बताउनुभएको छ ।  नेपाल संवत् ११४२ को अवसरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज मध्यपुरथिमि शङ्खधर चोकमा आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल संवत् नेपालको मौलिक संवत् भएकाले यसलाई व्यवहारमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र...

Pages