राष्ट्रिय
-
२०७७ माघ १, बिहिबार
मनाइयो माघे सङ्क्रान्ति एवं माघी पर्व
माघ महीनाको पहिलो दिन आज बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे सङ्क्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति अर्थात माघ १ गते मकर (माघे) सङ्क्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु...
-
२०७७ माघ १, बिहिबार
देउवा चढेकाे हेलिकप्टर गोरखामा आकस्मिक अवतरण
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सवार हेलिकप्टर गोरखामा आकस्मिक अवतरण गरेको छ । पालुङटारको आँपपिपल भन्ने स्थानमा हेलिकप्टर आकस्मिक अवतरण गरेको हो । देउवा काठमाडौंबाट पर्वत जाँदै थिए । गोरखाका एसपी सुरेन्द्र गुरुङले मौसम खराबी भएकाले केहीबेरअघि हेलिकप्टर आकस्मिक अवतरण गरेको जानकारी दिए ।
-
२०७७ माघ १, बिहिबार
आज राष्ट्रिय योग दिवस
काठमाडौँ - ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नाराका साथ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम...
-
२०७७ माघ १, बिहिबार
आज माघे संक्रान्ति मनाइँदै, राष्ट्रपतिबाट शुभकामना
काठमाडौं - प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई...
-
२०७७ पौष २४, शुक्रबार
सुनचाँदी महासङ्घमा राजनीति नगर्न मन्त्री श्रेष्ठको आग्रह
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सुनचाँदी व्यवसायमा राजनीति प्रवेश गर्न नहुने बताउनुभएको छ । आजदेखि काठमाडौँमा शुरु भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको साधारणसभा तथा तेस्रो महाधिवेशनमा मन्त्री श्रेष्ठले व्यवसायमा राजनीति प्रवेश गर्नु नहुने बताउनुभएको हो । “हिजो म महासङ्घमा हँदा व्यवसायीका हकहितको पक्षमा धेरै काम गरेँ, कति माग सम्बोधनका विषयमा दबाबसमेत दिइयो,...
-
२०७७ पौष २३, बिहिबार
हुलाकी सडक आयोजनामा एसएसबीको अवरोध
राजविराज – सप्तरीको खडक खोलाको पुल निर्माणमा भारतीय पक्षले अवरोध पुर्याएको छ । हुलाकी सडक आयोजना अन्तर्गत डाक्नेश्वरी नगरपालिका वडा नम्बर ६ कटैयामा निर्माण थालिएको खड्क खोलाको पुलमा भारतीय सीमा सुरक्षा बदल (एसएसबी)ले अवरोध पुर्याएको हो । हुलाकी आयोजनाले ८ माघ २०७६ मा इलाइट कन्स्ट्रक्सन प्रालि काठमाडौंसँग यो पुल निर्माणका लागि सम्झौता गरेको थियो । सम्झौता भएपछि कन्स्ट्रक्सनले प्राविधिक कर्मचारी,...
-
२०७७ पौष २२, बुधबार
भारतमा बर्ड फ्लु, सीमा क्षेत्रमा कडाइ
काठमाडौं – भारतका विभिन्न राज्यमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएसँगै सरकारले नेपाल–भारत सीमा क्षेत्रमा कडाइ गरेको छ । भारतबाट आउने मासुजन्य सबै वस्तुलाई नेपाल प्रवेश गर्न निषेध गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । बर्ड फ्लु देखिएका भारतका विभिन्न राज्यबाट स्वस्थ पशुपंक्षीसमेत ल्याउन रोक लगाईएको मन्त्रालयका प्रवक्ता डाक्टर श्रीराम घिमिरेले जानकारी दिए । अनुसन्धानका लागि ल्याइने...
-
२०७७ पौष २१, मंगलबार
यात्रुमा काराेना देखिएपछि वायुसेवा निगमका कर्मचारी कारबाहीमा
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जिम्मेवारीमा लापरबाही गर्ने मलेसिया स्टेसनका कर्मचारीलाई कारबाही गरेको छ । निगमको मलेसियास्थित स्टेसनमा कार्यरत कर्मचारीबाट गम्भीर लापरबाही भएका कारण निगमको जहाजमार्फत काठमाडौं आएका एक यात्रुको कोरोना रिपोर्ट पाेजिटिभ पाइएपछि निगमले मलेसिया स्टेसनमा सधैँका लागि जान नपाउने गरी फिर्ता बोलाएको हो । गत ३० डिसेम्बरमा मलेसियाबाट काठमाडौं आएको निगमको उडान नं...
-
२०७७ पौष १९, आइतबार
विद्यालय, हल र जिमखाना खुल्ला गर्ने सिएमसीकाे निर्णय
काठमाडाैँ - कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आज (आइतबार) बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
-
२०७७ पौष १९, आइतबार
हुम्लामा दैनिक ११ घण्टा लोडसेडिङ
हुम्ला – हुम्लाको सदरमुकाम सिमीकोटमा दैनिक ११ घण्टा लोडसेडिङ हुँदा एसईई तयारी गरिरहेका विद्यार्थी समस्यामा परेका छन् । लोडसेडिङले आउने जेठमा एसईई तयारी गर्नका लागि सिमीकोटमा ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमीकोटवासीको दैनिकीमा समस्या भएको छ । कोरोना सङ्क्रमण त्रासले विद्यालय नखुलेर पढ्न नपाएका विद्यार्थीले हिउँदको समयमा सिमीकोटमा लामो समय लोडसेडिङ हुन थालेपछि एसईईमा नम्बर राम्रो नआउने...
-
२०७७ पौष १८, शनिबार
कारको ठक्करबाट बाघ मर्यो
पर्सा – पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत पथलैया–हेटौँडा खण्डमा गाडीको ठक्करबाट दुर्लभ मानिने पाटे माघको मृत्यु भएको छ । शनिबार बिहान साढे सात बजे हेटौँडाबाट निजगढतिर जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले ठक्कर दिँदा अन्दाजी १० वर्षको पोथि बाघ मरेको निकुञ्जका रेन्जर प्रकाश पुनले बताए । जितपुर सिमरा उपमहानगरपालिका– २१ (पथलैयाबाट २ किलोमिटर उत्तर) मा बाटो काट्ने क्रममा कारले ठक्कर दिएपछि बाघ सडकमा...
-
२०७७ पौष १७, शुक्रबार
माघ १५ –२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुुँदै
प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता नामावली अद्यावधिक गरिने छ । आगामी वैशाख १७ गते पहिलो र २७ गते दोस्रो चरणमा गर्ने गरी...


