राष्ट्रिय
-
२०७७ कार्तिक ८, शनिबार
आज २२ सय २५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – नेपालमा आज २ हजार २ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न स्थानमा रहेका प्रयोगशालामा परीक्षण गर्दा २ हजार २ सय २५ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा १ हजार ४ सय ४६ पुरुष र ७ सय ७९ महिला रहेका छन् । आज उपत्यकामा १ हजार १ सय १० जनामा कोरोना पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ । त्यस्तै, गत २४ घण्टामा २ हजार ८...
-
२०७७ कार्तिक ८, शनिबार
कुछी भ्वय् खाँदै नेवार समुदाय
कुछी अर्थात दुई माना, भ्वय् अर्थात भोज । नेवार समुदायले दशैँको महाअष्टमीको अवसरमा आज साँझ कुछी भ्वय् खाएर महाअष्टमी पर्व मनाउँदैछन । यसका लागि बिहान सबैले घरघरमा दशैँको मासु भित्र्याएका छन । नेवार समुदायमा टोल छिमेक मिलेर संयुक्त रुपमा राँगो काटेर भाग लगाउने र घरघरमा मासु भित्र्याउने प्रचलन अनुसार आज दशैँको मासु भित्र्याइएको हो । मासु भित्र्याउँदा घरको मूलढोकामा रगत छर्कने गरिन्छ भने मासुलाई...
-
२०७७ कार्तिक ८, शनिबार
आज महाअष्टमी, शक्तिपीठमा विधिपूजा मात्रै
काठमाडाैँ – आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादसैंका रुपमा दुर्गाभवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाउँदैछन्। बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गाभवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरुपमा दसैंघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई...
-
२०७७ कार्तिक ७, शुक्रबार
४४९९ नयाँ संक्रमित थपिए, शुक्रबारमात्र १७ जनाकाे मृत्यु
काठमाडौं – पछिल्लो २४ घण्टामा ४४ सय ९९ जनामा संक्रमण देखिएकाे छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या १ लाख ५३ हजार ८ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार मात्रै १७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। याेसँगै नेपालमा हलासम्म कोरोनाबाट ८२९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार ४६ हजार ६९१ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै...
-
२०७७ कार्तिक ७, शुक्रबार
गोरखाबाट फूलपाती पठाइयो, साँझ हनुमानढोका दरबार भित्र्याइने
गोरखा – गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ९ः१० बजेको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौँ पठाएका हुन् । फूलपातीको डोली बा २ झ ३२२१ नम्बरको सरकारी गाडीमा राखेर हनुमान ढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिनुभयो । गोरखाबाट पठाइएको फूलपाती...
-
२०७७ कार्तिक ७, शुक्रबार
आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै
काठमाडौं – आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैंघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैंघर अथवा पूजाकोठामा उखु, हलेदो, केराको बोट, धानको बाला...
-
२०७७ कार्तिक ७, शुक्रबार
नवरात्रको सातौँ दिन कालरात्रि देवीको पूजा आराधना गरिँदै
काठमाडौँ – नवरात्रको सातौँ दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन कात्तिक १ गते शनिबार दशैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन...
-
२०७७ कार्तिक ६, बिहिबार
उपत्यकामा १५ सय बढी संक्रमित थपिए, देशभर ३६ सयबढीमा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ सय ५२ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंमा १२८३ , ललितपुरमा ११२ र भक्तपुरमा १५७ गरी १५ सय ५२ जनामा संक्रमण देखिएको जनसंख्या तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। यसैगरी पछिल्लो २४ घण्टामा देशभर ३६ सय ३७ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेको मन्त्रालयले जनाएकाे...
-
२०७७ कार्तिक ६, बिहिबार
आज दसैंको छैटौं दिन, कात्यायनी देवीको पूजाआराधना गरिँदै
काठमाडौं - नेपाली समाजमा भव्यताका साथ मनाइने पर्व बडा दसैंको छैटौं दिन बिहीबार नवदुर्गाका नौवटा रूपमध्ये ‘कात्यायनी’ स्वरूपा दुर्गाको पूजाआराधना तथा दर्शन गरेर मनाइँदै छ। पहिलो दिन जस्तै दियो, कलश र गणेशको पूजा गरी ‘कात्यायनी’ स्वरूपा दुर्गा भवानीको विशेष पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभाग प्रमुख प्राडा देवमणि भट्टराई बताउँछन्। यस दिन पनि घटस्थापनाका दिन...
-
२०७७ कार्तिक ५, बुधबार
उपत्यकाका ३१०७ सहित देशभर ५७४३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडाैं उपत्यकाका ३ हजार १०७ जनासहित थप ५ हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित छन् । देशभरका प्रयोगशालामा २० हजार ७४२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । बुधबार २६ जना संक्रमितको मृत्यु भएको छ । योसहित मृतकको...
-
२०७७ कार्तिक ५, बुधबार
आज दसैंको पाँचौ दिन : स्कन्दमाताको पूजा गरिँदै
काठमाडौं- नवरात्रको पाँचौ दिन आज भगवती दुर्गाको पाँचौ रुप स्कन्दमाताको पूजाआराधना गरिँदै छ। स्कन्दन कुमारकी माता भएकीले यिनको नाम स्कन्दन माता भएको पुराणमा उल्लेख छ। गोरो वर्ण भएकी चार हात भएकी यिनको काखमा छ मुख भएका स्कन्द कुमार छन्। स्कन्द माताको यो रुपलाई मातृरुप मानिन्छ। स्कन्दमाताको वाहन सिंह हो। उनलाई भगवान शिवकी पत्नीका रुपमा लिइन्छ। कमलको आसनमा बसेकी हुनाले उनलाई पद्मासना देवी पनि भनिन्छ...
-
२०७७ कार्तिक ४, मंगलबार
बनेपा काभ्रेको कोरोना ‘हट–स्पट’ बन्दै
बनेपा – काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म एक हजार दुई सय ८४ मा कोरोना भाइरस् सङ्क्रमण देखिएकामध्ये बनेपाका ३९ प्रतिशत अर्थात् पाँच सयमा देखिएको हो । हालसम्म बनेपाका २९२ पुरुष र २०८ महिलामा सङक्रमण भएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । यसमध्ये १७६ पुरुष र १०६ महिला सङ्क्रमणमुक्त भएका छन् । नगरका अनुसार सङ्क्रमितमध्ये चारको मृत्यु भएको छ । हाल...


