राष्ट्रिय
-
२०७७ कार्तिक २४, सोमबार
भाइटीका मनाउन मंसिर २ गते सार्वजनिक बिदा माग
काठमाडौं – नेवार समुदायले यही मंसिर २ गते भाइटीका मनाउने भएकाले सो दिन सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले गरेको छ । समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा पुगेको टोलीले सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठसँगको भेटघाटमा महर्जनले सो माग राखेका थिए । प्रतिउत्तरमा मन्त्री श्रेष्ठले मंसिर २ गते नेवारहरुको भाइटीका परेकोले सो दिन सार्वजनि...
-
२०७७ कार्तिक २३, आइतबार
शंखधरको प्रतिमामा माल्यार्पण कार्यक्रम भीडभाडरहित हुने
आगामी मङ्सिर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्यार्पण कार्यक्रम यस वर्ष औपचारिकतामा मात्रै सीमित गरिने भएको छ । राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोभिड–१९ का कारण विगतका वर्षमा झै भव्यरुपमा कार्यक्रम नगरी...
-
२०७७ कार्तिक २३, आइतबार
थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप २ हजार ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ । आज आइतबार कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएको मन्त्रालयको आधिकारीक वेभसाइटमा उल्लेख गरिएको छ । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६...
-
२०७७ कार्तिक २२, शनिबार
देशभर २७५३ संक्रमित थपिए, उपत्यकामा मात्र १५१२
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय ५३ जना कोरोना संक्रमित थपिएका छन् । शनिबार थपिएका संक्रमितसँगै देशभर कोरोना संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्र १ हजार ५ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार ८८७ पुरुष र ६२५ महिला संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र सक्रमितको...
-
२०७७ कार्तिक २१, शुक्रबार
काष्ठमण्डप पुनःनिर्माण ७५ प्रतिशतः वैशाख १२ मा उद्घाटन
परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवालीले ऐतिहासिक सम्पदा काष्ठमण्डप पुनःनिर्माणको काम उत्साहजनक रहेको बताउनुभएको छ । निर्माणाधीन सम्पदाको आज अपराह्न अवलोकन गर्ने क्रममा मन्त्री ज्ञवालीले काष्ठमण्डप पुनः निर्माणले सम्पदा निर्माण गर्दा समुदायको सहभागिता अपरिहार्य रहेको कुरालाई स्थापित गरेको बताउँदै निर्धारित समयमा नै सम्पन्न गर्ने गरी काम भएकाले निर्माण समितिलाई धन्यवाद दिनुभयो । अवलोकनकै क्रममा...
-
२०७७ कार्तिक २१, शुक्रबार
धुलिखेल–नगरकोट पर्यटकीय सडक कालोपत्रे गरिँदै
बनेपा – काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेल र नगरकोट जोड्ने सडक निर्माण कार्य अगाडि बढाएसँगै सो सडकखण्ड कालोपत्रे गर्ने काम अगाडि बढेको छ । वाग्मती प्रदेश सरकारले धुलिखेल–नगरकोटलाई जोड्ने पर्यटकीय सडक मार्गलाई पहिलो प्राथमिकतामा राखेर निर्माणको कामलाई अगाडि बढाएको हो । वाग्मती प्रदेश भौतिक पूर्वधार विकास मन्त्रालयको आर्थिक सहयोगमा अहिले सो सडकको धुलिखेल नगरपालिका–३ को बाँसघारी हुँदै...
-
२०७७ कार्तिक २१, शुक्रबार
थप ३० जना संक्रमितको मृत्यु, थपिए ३,३०९ संक्रमित
काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ । याेसँगै १ हजार ३४ संक्रमितको मृत्यु भएको छ । यसैगरी २४ घन्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना डिस्चार्ज भएको मन्त्रालयको...
-
२०७७ कार्तिक २१, शुक्रबार
नेपाल संवत् नेपालकै परिचय बोक्ने संवत् : काठमाडौं मेयर
काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नेपाल संवत् नेपालकै परिचय बोक्ने संवत् भएकोले नेपाल संवत्को न्हूदँ (नववर्ष) मनाउन आवश्यक सहयोग गर्ने वचन दिनुभएको छ । नेपाल संवत् ११४१ को नववर्ष मनाउन गठित ‘नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’का सदस्यहरुसँगको भेटमा बिहीबार मेयर शाक्यले सो वचन दिनुभएको हो । समारोह समितिका अध्यक्ष रमेश महर्जनको नेतृत्वमा सचिवालय सदस्यहरुको...
-
२०७७ कार्तिक १९, बुधबार
पर्वतमा लकडाउन
कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएपछि यहाँका चार स्थानीय तहमा लकडाउन घोषणा गरिएको छ । कुश्मा नगरपालिका तथा जलजला, मोदी र महाशिला गाउँपालिकामा लकडाउन घोषणा गरिएको हो । कुश्मामा यही कात्तिक १५ गतेदेखि नै लकडाउन जारी रहेको छ भने मोदी गाउँपालिमा सोमबार रातिदेखि लकडाउन जारी रहेको छ । त्यसैगरी जलजला गाउँपालिकामा मङ्गलबार रातिदेखि लागू हुने गरी यही कात्तिक २५ गतेसम्म लकडाउन जारी रहेको छ । उता...
-
२०७७ कार्तिक १९, बुधबार
थपिए ३,३०९ संक्रमित, २४ घण्टामा ३० संक्रमितको मृत्यु
काठमाडाैं – पछिल्लाे २४ घन्टामा नेपालमा थप ३ हजार ३ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ । याेसँगै हालसम्म १ हजार ३४ संक्रमितको मृत्यु भएको छ । आज बुधबार कोरोनामुक्त भएर ३ हजार ८ सय ४४ जना...
-
२०७७ कार्तिक १९, बुधबार
भारतीय सेनाध्यक्ष नरवणे काठमाडौं आइपुगे
काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे नेपालको तीन दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा उनी नेपाल आएका हुन्। नरवणे आज बिहान साढे ११ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गरेको नेपाली सेनाले जनाएको छ। उनी विमानस्थलबाट सिधै सोल्टी होटल पुगेका छन्। नरवणेलाई भोलि अपराह्न सेनाको मानार्थ महारथी दर्जा राष्ट्रपति...
-
२०७७ कार्तिक १८, मंगलबार
प्रमबाट ‘फर्किन् मेरी आमा’ लोकार्पित
प्रधानमन्त्री केपी शर्मा ओलीले स्रष्टा प्रेमनाथ अधिकारीको गीति एल्बमको ‘फर्किन् मेरी आमा’ को आज लोकार्पण गर्नुभएको छ । सो गीति एल्बमको प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र नेपाल एकीकरणका क्रममा पनि गीतका माध्यमले जनतालाई एक सूत्रमा बाँध्ने काम गर्न थालिएकामा खुशी व्यक्त गर्दै यसका पक्षमा जनतालाई निरन्तर जागरुक र सचेत गराउन आग्रह...


