राष्ट्रिय
-
२०७७ आश्विन २६, सोमबार
उपत्यकामा २२८३ सहित देशभर ४०४७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार २८३ जना सहित देशभर ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसंगै हालसम्म संक्रमित हुनेहरुको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ । काठमाडौंमा १ हजार ८८८, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जनामा संक्रमण पुष्टि भएको सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । कोरोनाबाट ज्यान...
-
२०७७ आश्विन २६, सोमबार
चित्लाङको ऐतिहासिक अम्बे जात्रा स्थगित
टिस्टुङ – मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १० चित्लाङ बिसिङ्खेलमा हरेक वर्ष कात्तिक १ गते लाग्ने अम्बेजात्रा यस वर्ष स्थगन गरिएको छ । कोरोना भाइरसको जोखिम कायमै रहेकाले जात्रा स्थगन गरिएको हो । थाहा नगरपालिका १० नम्बर वडा अध्यक्ष हिराबहादुर गमालले हिन्दू धर्मअनुसार ६४ शिवलिङ्गमध्ये एक मानिने चम्पाकेश्वर मन्दिर परिसरमा लाग्ने अम्बेजात्रामा यस वर्ष नित्यपूजा र क्षमापूजा मात्र हुने बताउनुभयो । ‘...
-
२०७७ आश्विन २५, आइतबार
शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि
काठमाडौं – शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्यमा समस्या आएपछि स्वाब दिएका मन्त्री पोखरेलको रिपोर्ट आइतबार पोजिटिभ आएको हो । लक्षणसहितको संक्रमण देखिएकाले मन्त्री पोखरेल अहिले पाटन अस्पतालको आइसोलेसनमा रहेक छन् । यसअघि पर्यटनमन्त्री योगेश भट्टराईको शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
-
२०७७ आश्विन २५, आइतबार
उपत्यकाका १४१६ सहित देशभर २०७१ जनामा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २०७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएकोमा सो संख्यामा संक्रमण पुष्टि भएको बताए । याेसँगै संक्रमितको संख्या एक लाख सात हजार ७ सय ५५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा...
-
२०७७ आश्विन २५, आइतबार
कोरोनाबाट चितवनमा वडाध्यक्षको मृत्यु
चितवन– भरतपुर महानगरपालिका –२० का वडाध्यक्ष मणिलाल तामाङको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । उहाँ गत स्थानीय निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट सो पदमा निर्वाचित हुनुभएको थियो । उहाँकोे भरतपुर अस्पतालमा उपचारको क्रममा बिहान ११ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ क्लिनिकका संयोजक डा प्रमोद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार ६९ वर्षीय तामाङलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या...
-
२०७७ आश्विन २४, शनिबार
उपत्यकामा मात्र २६ सय ७२ जनामा संक्रमण पुष्टि, देशभर थपिए पाँच हजार ८ जना संक्रमित
काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २१ सय, ललितपुरमा ३६९ र भक्तपुरमा २०३ गरेर उपत्यकामा २६ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो। यसैगरी देशभर पाँच हजार ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए । योसँगै नेपालमा संक्रमितको संख्या...
-
२०७७ आश्विन २४, शनिबार
यस वर्षको फूलपाती बढाइँ साङ्केतिक मात्र
काठमाडौँ – यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन साङ्केतिकरूपमा मात्र आयोजना गरिने भएको छ । नेपाली सेनाले सैनिक मञ्च टु्ँडिखेलामा भव्य समारोहको आयोजना गरी फूलपाती बढाइँ हरेक वर्ष हर्षोल्लासका साथ मनाउँदै आएको छ । कोभिड–१९ को सङ्क्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक...
-
२०७७ आश्विन २३, शुक्रबार
संक्रमित बाहिर निस्किए ६ महिना जेलसजायँ • दशैंमा बूढापाकाबाट टीका नथाप्न सरकारको आग्रह
काठमाडाैँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पोजेटिभ भएका व्यक्तिहरु बाहिर हिडडुल गरेको पाइए ६ महिनासम्म जेल सजाय हुने बताएको छ । संक्रामक रोग ऐन अनुसार पोजेटिभ देखिएमा ६ महिनाको जेल सजाय हुने प्रवक्ता डा. जागेश्वर गौतमले बताए । यसका लागि अनुगमनमा सहयोग गर्न घर परिवार र छिमेकीलाई मन्त्रालयले अनुरोध गरेको छ । कारवाहीका लागि गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई सूचना दिइएको उनले...
-
२०७७ आश्विन २३, शुक्रबार
कूल कोरोना संक्रमितको संख्या लाख नाघ्याे, एकैदिन २ हजार ५९ जनामा संक्रमण पुष्टि
काठमाडाैं – एकैदिन २ हजार ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितकाे संख्या एक लाख नाघेको छ। नेपालमा हालसम्म १ लाख ६७६ जनामा संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १४०९जना रहेका छन् । काठमाडौँमा १ हजार ११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जना सक्रमित थपिएका हुन् । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा...
-
२०७७ आश्विन २३, शुक्रबार
गैँडाको प्राकृतिक मृत्युदर बढेपछि अध्ययन गरिँदै
चितवन– चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्न थालेपछि यसको अध्ययन गरिने भएको छ । प्राकृतिक मृत्युदर उच्च हुँदै गएपछि मुत्युदर घटाउन निकुञ्जले अध्ययन गर्न लागेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक प्रेमनारायण कँडेलको निर्देशनपछि राष्ट्रिय प्रकृति संरक्षण कोषसँग समन्वय गरेर अध्ययन गर्न लागिएको हो ।...
-
२०७७ आश्विन २३, शुक्रबार
विश्व स्वास्थ्य संगठनको नेपालकालागि नव नियुक्त प्रतिनिधि
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा हालै नव नियुक्त हुनुभएका डा. राजेश समबाजीराव पाण्डवले परराष्ट्रमन्त्री माननीय श्री प्रदीप ज्ञवाली समक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो । डा राजेश काठमाडौं २०७७ असोज २ गतेका दिन नेपालस्थित विश्व स्वास्थ्य संगठनको प्रतिनिधिको रूपमा आफ्नो कार्यभार सम्हाल्न काठमाडौं आइपुग्नुभएको थियोे । नव नियुक्त प्रतिनिधि ...
-
२०७७ आश्विन २२, बिहिबार
दशैंमा सार्वजनिक स्थानमा पिङ नहालौं : स्वास्थ्य मन्त्रालय
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको छ । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने भएकाले सार्वजनिक स्थलमा पिङ नहाल्न मन्त्रालयले आग्रह गरेको हो । मन्त्रालयकाे नयमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह...


