STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ कार्तिक १८, मंगलबार

    बागलुङमा देउसी भैलो खेल्न राेक

    गलकोट – नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।  प्रशासनले सक्रिय सङ्क्रमित बढी भएर समुदायमा फैलिएको केही वडामा बन्दाबन्दी गर्ने, तिहारका अवसरमा खेलिने देउसीभैलोमा...

  • २०७७ कार्तिक १६, आइतबार

    चित्लाङमा ऐतिहासिक कात्तिके नाच शुरु

      बलामी जातिमा प्रचलित ऐतिहासिक कात्तिके नाच मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा शुरु भएको छ । विभिन्न पौराणिक कथासँग जोडिएको नाच दशंैको कोजाग्रत पूर्णिमादेखि शुरु भएर ३ रातसम्म सञ्चालन हुने गरेको छ । पूर्णिमाको अघिल्लो दिन स्वच्छन्द भैरवको रथ भैरवस्थानमा लगेपछि नाचको चहलपहलका साथै चैत्य डबलीमा नाच शुरु हुने स्थानीयवासी निर्मल बलामीले बताउनुभयो । सो क्रममा गाउँका मुख्यगुरु रामकृष्ण...

  • २०७७ कार्तिक १६, आइतबार

    ‘न्हूदँया भिंतुना ! नववर्ष ११४१ कोरोनामुक्त नयाँ वर्ष होस् !!’

    काठमाडौं – नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिले यस वर्ष नेपाल संवत् ११४१ को न्हूदँ (नववर्ष) मनाउन नारा सार्वजनिक गरेको छ । नववर्ष मनाउन वर्षैभरि हुने सभा, समारोह एवं विविध कार्यक्रमको लागि न्हूदँ राष्ट्रिय समारोह समितिले आज सार्वजनिक गरेको संयुक्त नारा ‘न्हूदँया भिंतुना ! न्हूदँ ११४१ कोरोनामुक्त न्हूदँ दँ जुइमाः’ (नववर्षको शुभकामना ! नववर्ष ११४१ कोरोनामुक्त नयाँ वर्ष होस्) भन्ने रहेको छ ।...

  • २०७७ कार्तिक १६, आइतबार

    मंसिर १ गते नेपाल संवत्‌को न्हूदँ मनाइने

    काठमाडौं – नेपाल संवत् ११४१ को नववर्ष आउँदो मंसिर १ गते सोमबार मनाइने भएको छ । आज आइतबार दिउँसो बसेको नेपाल संवत् न्हूदँ समारोह समिति ११४१ को आयोजना र नेवाः देय् दबूको संयोजनमा नेपालभाषा मंकाः खलः काठमाडौं, नेपालभाषा मंकाः खलः ललितपुर, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठान नेपाल र न्हूदँ समारोह समिति ललितपुरको संंयुक्त बैठकले नववर्ष मंसिर १ गते मनाउन सम्पूर्ण नेपालीमा सार्वजनिक अपिलसमेत जारी...

  • २०७७ कार्तिक १६, आइतबार

    उपत्यकामा थप १६ सय २२ जना सहित २८ सय २४ जनामा कोरोना संक्रमण

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय २२सहित २८ सय २४ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले जानकारी दिए। देशभर पछिल्लाे २४ घण्टामा २८ सय २४ जनामा संक्रमण देखिएकाे हो । काठमाडौंका १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ गरी १६ सय २२ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।  नेपालमा कोरोना...

  • २०७७ कार्तिक १६, आइतबार

    नेपाली र अङ्ग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

    काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अङ्ग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ । मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अङ्ग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिनुभयो ।  मन्त्रिपरिषद् बैठकले...

  • २०७७ कार्तिक १५, शनिबार

    थपिए २५०८ नयाँ संक्रमित, उपत्यकामा मात्र १३५७

    काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५ सय आठ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । उपत्यकामा ७ सय ८८ पुरुष र ५ सय ६९ महिला गरेर १ हजार ३ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।  २४ घण्टामा २ हजार २ सय ६४ ले कोरोना जितेसँगै कुल डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ पुगेको छ...

  • २०७७ कार्तिक १५, शनिबार

    आज विश्व शहर दिवस मनाइँदै

    काठमाडौँ - समृद्धि र सुखी जीवनको आधारः हाम्रा समुदाय र शहर’ भन्ने नाराका साथ आज नेपालमा पनि विश्व शहर दिवस २०२० मनाइँदै छ । शहरी विकास मन्त्रालयले वर्षभरि विभिन्न कार्यक्रम आयोजना गरी यो दिवस मनाउँदै आएको छ ।  यस वर्ष कोभिड–१९ का कारण विश्व शहर दिवसको मूल समारोह प्रत्यक्षरुपमा आयोजना गर्न नसकिए पनि भर्चुअल माध्यमबाट सम्पन्न गरिँदै छ । यस अवसरमा शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आज सबैमा...

  • २०७७ कार्तिक १५, शनिबार

    सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ

    वालिङ - स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताउनुभयो । “पछिल्लो समय मगर समुदायका बालबालिकालाई यसबारे जानकारी नहुँदा मगर भाषा बोल्न जान्दैनन्”, प्रअ रानाले भन्नुभयो...

  • २०७७ कार्तिक १५, शनिबार

    सकियाे दसैं

    काठमाडाैं - धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेर नेपालीले महान् चाड बडा दशैँलाई बिदा गरेका छन् । नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन शुक्रबार आश्विन शुक्ल पूर्णिमाको राति धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन भएको छ । शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात्...

  • २०७७ कार्तिक १४, शुक्रबार

    थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडाैं – नेपालमा पछिल्लो २४ घन्टामा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा जम्मा १४ हजार ९ सय ८९ जनामा गरिएको पीसीआर परीक्षणमा ३ हजार ५ सय १७ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना भाइरस...

  • २०७७ कार्तिक १४, शुक्रबार

    नेपाल संवत्‌को नव वर्ष मनाउन समारोह समिति गठन

    काठमाडौं – नेपाल संवत्‌ ११४१ नव वर्ष वर्षैभरि विविध कार्यक्रम गरी मनाउन समारोह समिति गठन भएको छ । रमेश महर्जनको अध्यक्षतामा ‘नेपाल संवत्‌ न्हूदँ राष्ट्रिय समारोह समिति ११४१’ गठन भएको समितिले शुक्रबार एक विज्ञप्ति जारी गरी जनाएको छ । कोरोना संक्रमणको जोखिम रहेकाले भेला बोलाउने अवस्था नभएको जनाउँदै गत वर्षको न्हूदँ समारोह समितिकै सदस्य तथा प्रतिनिधिहरु समाविष्ट गरी सोही समितिलाई नै निरन्तरता दिइएको...

Pages