STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ कार्तिक ४, मंगलबार

    निःशुल्क परीक्षण तथा उपचारका लागि इन्सेकको आग्रह

    काठमाडौँ – अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले संविधानप्रदत्त स्वास्थ्य अधिकारको सम्मान गर्दै जनताप्रति जवाफदेही तथा उत्तरदायी भएर कोभिड–१९ का सङ्क्रमितको परीक्षण तथा उपचारबारे निर्णय लिन सरकारसँग आग्रह गरेको छ । इन्सेकका अध्यक्ष डा इन्दिरा श्रेष्ठले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले गत असोज १९ गते आर्थिक स्थिति भएका बिरामीको उपचार तथा परीक्षण शुल्क यही कात्तिक २ गतेदेखि बिरामी...

  • २०७७ कार्तिक ४, मंगलबार

    ३ हजार ९३ जनामा संक्रमण पुष्टि, उपत्यकामा १ हजार ७ सय २ जना संक्रमित थपिए

    काठमाडाैँ – नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ९३ जना व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ९३ जनामा संक्रमण पुष्टि भएको बताएका छन् । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कुल १ हजार ७ सय २ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये...

  • २०७७ कार्तिक ४, मंगलबार

    सप्तरीमा थारू सङ्ग्रहालय बन्दै

    सप्तरी - सप्तरीको कञ्चनरुप नगरपालिका–६ जमुवामा थारू सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण भएको छ ।  थारु समुदायको ऐतिहासिक रहन सहन, संस्कृति र जनजीवनलाई जीवन्त राख्न तथा यसलाई पर्यटकीय केन्द्र बनाउने उद्देश्यले स्थापना गर्न लागिएको सो सङग्रालय भवनको कोशीटप्पु वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत रामदेव चौधरीले सोमबार उद्घाटन गर्नुभयो । एक कठ्ठा क्षेत्रफलमा रु ६८ लाख ७५ हजारको लागतमा दुई तलाको...

  • २०७७ कार्तिक ४, मंगलबार

    चाडबाडमा सचेत हुन गृहको निर्देशन

    काठमाडौं -  गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा फैलिरहेकाले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौती थपिँदै गएको अवस्थामा चाडबाडमा यसले थप जोखिम निम्त्याउन सक्नेतर्फ मातहतका निकायको ध्यानाकर्षण गराएको हो । निकट रहेको बडादशैँ, तिहार...

  • २०७७ कार्तिक ४, मंगलबार

    आज दसैंको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

    काठमाडौं - नेपाली समाजमा मनाइने महान पर्व बडा दशैंको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी कुष्माण्डा माताको पूजा आराधना गरिंदै छ । कुष्माण्डा मातालाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ । उष्णता तथा शीतलातालाई सम तुल्याई सिर्जना गर्ने...

  • २०७७ कार्तिक ३, सोमबार

    आज दशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा गरिँदै

    काठमाडौं – दसैंको तेस्रो दिन मंगलबार नवदुर्गाका नौवटा रूपमध्ये ‘चन्द्रघण्टा’ नाम गरेकी दुर्गा भवानीको पूजापाठ तथा दर्शन गरेर दसैं मनाइँदै छ। यस दिन पनि पहिलो दिनजस्तै नित्य पूजा गरेर विशेष रूपमा चन्द्रघण्टाको पूजाआराधना गरी चण्डीपाठ, कुमारी पूजा तथा हवन गर्नुपर्ने शास्त्रमा उल्लेख छ। उनलाई खुसी पारी कार्यसिद्ध गर्न ‘ॐ ऐं ह्रीं क्लीं चन्द्रघण्टायै नमः’ मन्त्र १०८ पटक जप्नुपर्ने मान्यता रहेको छ।...

  • २०७७ कार्तिक २, आइतबार

    उपत्यकाका १६ सय ९८ सहित २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकाका १६ सय ९८ जनासहित नेपालमा २९ सय ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख १२ लाख ८३ हजार ३५४ पुगेको छ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका मात्र १४ सय ६९, भक्तपुरमा ९९ र ललितपुरका १३०  संक्रमित थपिएका हुन् ।  मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।...

  • २०७७ कार्तिक २, आइतबार

    दसैँका लागि अग्रिम टिकट बुकिङ नखाेलिने

    काठमाडौं – सरकारले यस वर्ष दसैँका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ नखोल्ने निर्णय गरेको छ । यातायात व्यवसायीले पर्याप्त यात्रु नभएको भन्दै अडान लिएपछि सरकारले पनि अहिलेकै अवस्थामा अग्रिम टिकट बुकिङ खोल्न नपर्ने निष्कर्ष निकालेको हो । यातायात व्यवस्था विभागका निर्देशक तथा प्रवक्ता लोकनाथ भुसालका अनुसार यो वर्ष उपत्यकाबाट बाहिरिने सवारीमा यात्रु चाप न्युन छ । यात्रु आउने र जाने क्रम नै...

  • २०७७ कार्तिक २, आइतबार

    सार्वजनिक गाडी चढ्नेले फेस सिल्ड लगाउनैपर्ने

    काठमाडौं – अब सार्वजनिक गाडीमा चढ्ने यात्रुले पनि फेस सिल्ड (भाइजर) लगाउनुपर्ने भएको छ । यातायात व्यवस्था विभागले बस चढ्नुअघि फेस सिल्डको व्यवस्था यात्रु आफैंले गर्नुपर्ने बताएको छ । सरकारले गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय गरेको थियो । त्यसपछि बसमा यात्रुहरु सबै सिटमा बस्न थालेका छन् । यसले गर्दा भौतिक दूरी कायम हुन नसक्ने भएकाले फेस सिल्ड अनिवार्य...

  • २०७७ कार्तिक २, आइतबार

    होम आइसोलेसनमा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

    होम आइसोलेसनमा काेराेना संक्रमितकाे मृत्यु भएमा परिवारले नै शव व्यवस्थापन गरी अन्तिम संस्कार गर्नुपर्ने भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो ।  कार्यविधिमा भनिएको छ, ‘कुनै व्यक्तिको घर वा आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधि वा प्रहरीलाई खबर...

  • २०७७ कार्तिक २, आइतबार

    दशैंको दोस्रो दिन : भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै

    काठमाडौं – नेपालीको महान पर्व बडादशैंको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिंदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पूजाअर्चना गर्ने प्रचलन छ। ​ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ। ब्रहमचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रहम अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख भएको...

  • २०७७ कार्तिक २, आइतबार

    अहिलेसम्म नेपालमा काेराेनाबाट ७ सय २७ जनाकाे मृत्यु, निको हुने ८९,८४० पुग्यो

    काठमाडाैँ – पछिल्लो २४ घण्टामा १२ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएसँगै नेपालमा हालसम्म कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ सय २७ पुगेको छ । यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा...

Pages