STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र १२, शुक्रबार

    लकडाउनमा डाटासेवाको प्रयोगमा ठूलो वृद्धि : प्रबन्ध निर्देशक, नेपाल टेलिकम

    नेपाली टेलिकमका क्षेत्रमा ५० प्रतिशतभन्दा बढी बजार हिस्सा भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उक्त संस्थामा १७ वर्षभन्दा बढी अनुभव सँगाल्नुभएको छ । विसं २०५९ फागुन २२ गते सातौँ तहको इञ्जिनीयरका रुपमा प्रवेश गर्नुभएका अधिकारीले प्रबन्ध निर्देशममा नियुक्त भई जिम्मेवारी सम्हालेको डेढ वर्षका बीचमा संस्थाको सेवा प्रवाह, सुशासन र प्राथमिकताप्राप्त आयोजनाका क्षेत्रमा केही प्रगति...

  • २०७७ भाद्र १२, शुक्रबार

    एकैदिन १२ जनाको काेराेनाबाट मृत्यु

    काठमाडौं – कोरोना संक्रमित बढेसँगै काेराेनाबाट मृत्यु हुनेकाे स‌ंख्या पनि वृद्धि भएकाे छ । पछिल्लाे २४ घण्टामा काेराेनाकाे कारण १२ जनाकाे मृत्यु भएकाे  छ । याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा चार महिला र आठ पुरुष गरेर १२ जनाको मृत्यु भएको हो ।  

  • २०७७ भाद्र ११, बिहिबार

    भान्छामै पाइन्छ कोरोनाको औषधि

    काठमाडौँ – आम नेपालीको भान्छामा दैनिक प्रयोग हुँदै आएका मसला कोरोना–१९ सँग लड्ने औषधिका रूपमा काम सकिने आयुर्वेद उपचार पद्धतिले देखाएको छ । भान्छामा दैनिक प्रयोगमा आउने सुठो, मरिच, पिप्ला, दालचिनी, अलैंची, असुरो, जेठी मधु, पुदिना, तुलसी, गुर्जोलगायत नियमित सेवनले कोरोना–१९ सँग लड्ने क्षमता वृद्धि गर्न आयुर्वेद उपचार पद्धतिले देखाएको हो । राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका...

  • २०७७ भाद्र ११, बिहिबार

    कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको असर अध्ययन गर्न उच्चस्तरीय समिति

    काठमाडौँ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कोभिड १९ ले सञ्चार क्षेत्रमा पारेको समग्र प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउन न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालको संयोजकत्वमा नौ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । गत साउन २६ को सञ्चार मन्त्रीस्तरीय निर्णयानुसार गठित सो समितिमा त्रिभुवन विश्वविद्यालय, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख चिरञ्जीवी खनाल...

  • २०७७ भाद्र ११, बिहिबार

    हलेसीमा किराँत संस्कारमाआधारित होमस्टे

    खोटाङ – हिन्दु, बौद्ध र किराँत धर्मालम्बीको सङ्गमस्थल खोटाङको हलेसीमा तीनवटा होमस्टे (घरबास) सञ्चालन गर्ने तयारी गरिएको छ । नेपाल सरकारद्वारा गठित हलेसी विकास समितिको पहलमा स्वदेश तथा विदेशबाट हलेसी घुम्न आउने पर्यटकलाई लक्षित गर्दै हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा तीनवटा होमस्टे सञ्चालन गर्ने तयारी गरिएको हो । महादेविस्थानस्थित तल्लो माल्खुमा किराँत र माथिल्लो माल्खुमा हिन्दु तथा...

  • २०७७ भाद्र ११, बिहिबार

    थारू समुदायका महिला फुर्सदमा ढकिया बुन्दै

    टीकापुर –  कैलालीको जोशीपुरकी रामप्यारी चौधरी आजभोलि निकै व्यस्त हुनुहुन्छ । रामप्यारीको दैनिकी आजभोलि ढकिया, ढकली, फेरुवा, भौकाभौकी, डेलुवा, डेलै, पनछोप्नी, पैन बनाउनमा व्यस्त छ । फुर्सदको समयमा रामप्यारीले वर्षेनी यी सामग्री बुन्ने काम गर्नुहुन्छ । रामप्यारीले यसरी बुनेका सामान धनगढीमा रहेको दिदीको पसलमा बिक्रीका लागि पठाउनुहुन्छ । “खेतीपाती सकेपछि जानेको सीप प्रयोग गरी घरमै विभिन्न घर सजावटका...

  • २०७७ भाद्र ११, बिहिबार

    'अध्ययन पछिमात्र नेपालीमा काेराेना खाेपको परीक्षणकाे लागि अनुमति'

    काठमाडौँ – सरकारले विभिन्न देशमा कोभिड– १९ को विरुद्ध बनेका विभिन्न औषधि र खोपमाथि परीक्षण क्लिनिकल ट्रायल गर्न सम्भाव्यता छलफल शुरु गरेकोे छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले रुस, चीन, भारत र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले कोभिड १९ विरुद्ध उत्पादन गरेका औषधि र खोपको प्रयोगबारे अनुसन्धानलाई अगाडि बढाएको हो । आफ्नो र अन्य देशमा प्रयोग गरिरहेका औषधि र खोप नेपालमा तेस्रो चरणको परीक्षण (...

  • २०७७ भाद्र ११, बिहिबार

    नेपालमा कोरोना निको हुने दर सार्क राष्ट्रमध्ये सबैभन्दा कम

    काठमाडौँ – सार्क राष्ट्रहरुमध्ये नेपालमा कोरोना लागेर निको हुने दर सबैभन्दा कम देखिएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार कोरोना संक्रमित निको हुने दर ५६ दशमलव ६६ प्रतिशत छ । विज्ञहरूले यसलाई नराम्रो संकेतका रूपमा विश्लेषण गरेका छन् । निको हुने दर कम भएको र गम्भीर बिरामी थपिँदै गएकाले मृत्यु संख्या बढिरहेको छ । सार्क राष्ट्रमा श्रीलंकामा कोरोना निको हुने दर सबैभन्दा राम्रो ९४.८८...

  • २०७७ भाद्र ११, बिहिबार

    एकैदिन ११ सय ११ जनामा कोरोना संक्रमण, उपत्यकामामात्र ३७७ जना

    काठमाडौं – पछिल्लो २४ घण्टामा ११ सय ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। काठमाडाैं उपत्यकामा मात्र ३७७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।  आज...

  • २०७७ भाद्र ११, बिहिबार

    एक हजार १११ कोरोना सङ्क्रमित थपिए, थप आठ जनाको मृत्यु

    पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार १११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएका १२ हजार ६२९ नमुना परीक्षणमा ३३४ महिला र ७७७ पुरुषमा सङ्क्रमण पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसहित नेपालमा कोरोना सङ्क्रमित हुनेको संख्या ३५ हजार ५२९ पुगेको छ ।  त्यसैगरी पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा ३७७...

  • २०७७ भाद्र १०, बुधबार

    २४ घण्टामा काेराेना संक्रमणबाट ११ जनाकाे मृत्यु, उपत्यकामा थप ३०१ जनामा संक्रमण पुष्टि

    काठमाडौँ – नेपालमा आज कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ महिला र ९ जना पुरुष गरी ११ जनाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा ४६ र भक्तपुरमा ५३ वर्षीया महिलाको मृत्यु भएको बताए । यस्तै कैलालीमा ४५ र ५० वर्षीय पुरुष, मोहत्तरीमा ६०, ७२ र ७५ वर्षीय पुरुषको मृत्यु भएको उनले बताए । यस्तै बाँकेमा ३७ वर्षीय...

  • २०७७ भाद्र १०, बुधबार

    काभ्रेपलाञ्चोकमा एकै दिन थप १७ जनामा सङ्क्रमण

    बनेपा – काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा गरी मङ्गलबार एकै दिन थप १७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार धुलिखेल अस्पताल, बनेपा, पनौती नगरपालिका र भुम्लु गाउँपालिकामा गरी १७ जनामा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा धुलिखेल अस्पतालमा कार्यरत वर्ष २५ र ३७ का दुई महिला र वर्ष २६ का एक पुरुष गरी तीन, पनौती नगरपालिकाका...

Pages