राष्ट्रिय
-
२०७७ भाद्र ८, सोमबार
उपत्यकामा २२४ जना नयाँ संक्रमित थपिए, साेमबारमात्र ७४३ मा संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २२४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १७७ जना, ललितपुरमा ३३ जना र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको मन्त्रालयले जाएकाे छ। यो सहित संक्रमितको संख्या ३२ हजार ६ सय ७८ पुगेको प्रवक्ता डा. जागेश्वर...
-
२०७७ भाद्र ७, आइतबार
ऋषिपञ्चमीमा कोरोना प्रभाव : नदी किनारमा स्नान गर्न प्रतिबन्ध
काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र...
-
२०७७ भाद्र ७, आइतबार
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
काठमाडौँ – भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली नारीहरुले अरुन्धती सहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्दछन् । हरितालिका (तीज) को व्रत एवं पूजा आराधना महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहेपनि ऋषि पञ्चमी कर्म भने महिलाका लागि मात्र...
-
२०७७ भाद्र ७, आइतबार
अस्पताल पनि कोरोना जाेखिमबाट असुरक्षित
चितवन – चिकित्सक र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलन थालेपछि अस्पताल असुरक्षित बन्दै गएका छन् । जिल्लाका अस्पतालहरुमा ५० भन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । अस्पतालहरुमा सङ्क्रमण फैलदै जाँदा अवस्था जटिल बन्दै गएको छ । हालसम्म जिल्लामा ३५२ जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ५० भन्दा बढी त चिकित्सक र स्वास्थ्यकर्मी नै छन् । स्वास्थ्य कार्यालय चितवनका गीताञ्जलि ढकालका अनुसार यसै...
-
२०७७ भाद्र ७, आइतबार
बन्दाबन्दी हटेको एक महिना : सङ्क्रमण र मृत्युदर अति उच्च
काठमाडौँ – विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको छ, त्यसको तुलनामा निको हुने दर भने निकै न्यून छ । एक महिनाअघि निको हुने दर कुल सङ्क्रमितको ६९ दशमलव ३४ प्रतिशत थियो । एक महिनापछि निको हुने दर ५९ प्रतिशतमा झरेको छ । सरकारका प्रवक्ता डा युवराज खतिवडाले गत साउन ५ को...
-
२०७७ भाद्र ७, आइतबार
उपत्यकामा १६६ सहित देशभर ८१८ नयाँ संक्रमित थपिए, थप ३ को मृत्यु
काठमाडौं – उपत्यकामा १६६ सहित आइतबार देशभर कोरोनाका ८ सय १८ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ। गौतमले जनाएअनुसार काठमाडौंमा सबैभन्दा बढी १२६ जना संक्रमित थपिएको छ । भक्तपुरमा २८ र ललितपुरमा १२ जना गरी उपत्यकामा १६६ जना नयाँ संक्रमित थपिएको हो । त्यस्तै विगत २४ घण्टामा २ सय...
-
२०७७ भाद्र ६, शनिबार
सेनाका लागि ब्यारेकभित्रै आइसोलेसन
काठमाडौँ – कोभिड–१९ को संक्रमण बढेर आइसोलेशनको क्षमता कम हुने देखेपछि नेपाली सेनाले संगठनभित्रका संक्रमित जनशक्तिलाई ब्यारेकभित्रै आइसोलेसन बनाएर राख्न शुरु गरेको छ । नेपाली सेनाका २८४ जनामा कोभिड– १९ संक्रमण देखिएकामा हालसम्म ९४ जना निको भई ब्यारेक फर्किसकेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो । कोभिड–१९ बाट संक्रमित सेनाका १९० सकल दर्जा अहिले मुलुकका विभिन्न अस्पतालमा उपचारमा...
-
२०७७ भाद्र ६, शनिबार
काेराेना संक्रमणबाट वीरगन्जमा थप दुईकाे मृत्यु
वीरगन्ज – कोरोना संक्रमणबाट वीरगन्जमा थप २ जनाको मृत्यु मृत्यु भएको छ। पर्साको बहुदरमाइ नगरपालिकाको डकैला बहुअरीका ६१ वर्षीय पुरुष र वीरगन्ज महानगरपालिका– २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । डकैला बहुअरीका पुरुषको वीरगन्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ७ बजेर १० मिनेटमा मृत्यु भएको चिकित्सक डा.दिपक कुशवाहाले जानकारी दिए। मुटु, दम र...
-
२०७७ भाद्र ६, शनिबार
मिथिलामा चौरचन पर्व मनाइँदै
महोत्तरी – महोत्तरीसहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई छल्न जारी गरिएको निषेधाज्ञाभित्रै मैथिल (...
-
२०७७ भाद्र ६, शनिबार
चितवनमा मृत्यु भएका वृद्धमा कोरोना पुष्टि
चितवन – पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएका हेटौँडा उपमहानगरपालिकाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ३ गते उपचारका क्रममा अस्पताल आएर भर्ना भएका ७५ वर्षीय वृद्धको बिहीबार राति मृत्यु भएको थियो । उपचारका लागि आएलगत्तै उहाँको स्वाब सङ्कलन गरी चितवन मेडिकल कलेजमा परीक्षणका लागि पठाइएको थियो । स्वाब परीक्षण गर्दा उहाँमा पोजेटिभ देखिएको छ । चितवन मेडिकल कलेजको प्रयोगशाला...
-
२०७७ भाद्र ६, शनिबार
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता
काठमाडौँ – नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका तर्फबाट इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्य र इजरायल सरकारका तर्फबाट इजरायली परराष्ट्रमन्त्रीले सोसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको सो दूतावासले जानकारी दिएको छ । राजदूत...
-
२०७७ भाद्र ६, शनिबार
उपत्यकामा २१६ सहित थप ६३४ जना संक्रमित, मृतकको संख्या १४६ पुग्यो
काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा २१६ सहित देशभर ६३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३१ हजार ११७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबार जनाएअनुसार काठमाडौंमा १६०, ललितपुरमा ६ र भक्तपुरमा ५० जना संक्रमित थपिएका हुन् । यसैगरी हालसम्म पछिल्लाे २४ घण्टामा ९ जनाकाे संक्रमणबाट मृत्यु भएकाे छ । सुनसरीका २ जना...


