STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ भाद्र २३, मंगलबार

    दशैंमा मेलम्चीको पानी नआउने, थप तीन महिना कुर्नैपर्ने

    काठमाडौँ – बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ । आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम परिवर्तन गर्न समय लाग्ने हुँदा तत्काल उपत्यकामा पानी आउने सम्भावना नभएको बताइएको छ । खानेपानी मन्त्रालयले गत आर्थिक वर्षमा असार मसान्तसम्म उपत्यकामा पानी झार्ने र...

  • २०७७ भाद्र २३, मंगलबार

    ९सय २ जना संक्रमित थपिँदा २२ सय ८७ डिस्चार्ज, उपत्यकामा नयाँ संक्रमित ३९६ जना

    काठमाडौं – पछिल्लाे २४ घण्टामा नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण जित्नेको संख्या संक्रमितकाे संख्याको दुईगुणाभन्दा बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् भने ९०२ जनामा संक्रमण पुष्टि भएकाे छ । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या ४८ हजार १३८ पुग्दा डिस्चार्ज हुनेको संख्या ३२ हजार ९६४...

  • २०७७ भाद्र २३, मंगलबार

    सेना खटाएर भए पनि नाकामा कडाई गर्न मेयरहरुको माग

    विजयरत्न असंबरे काठमाण्डौं उपत्यकाका दुई महानगरसहित १८ वटा पालिकाहरुको साझा संगठनको रुपमा रहेको उपत्यका नगरपालिका फोरमले उपत्यका छिर्ने सबै नाकामा सेना खटाएर भए पनि प्रवेशमा कडाई गर्न माग गरेको छ । आज मङ्गलबार बसेको फोरमको बैठकले यस्तो माग गरेको हो । फोरमका अध्यक्ष काठमाण्डौं महानगरपालिका का मेयर विद्या सुन्दर शाक्य कोरोना संक्रमणका कारण होम आइसोलेसनमै रहेको र अस्वस्थताको कारण अनुपस्थित भएको...

  • २०७७ भाद्र २२, सोमबार

    पाल्पा अस्पताल सिल

    रामपुर – पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताउनुभयो । गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आउनुभएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उहाँ...

  • २०७७ भाद्र २२, सोमबार

    उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना पुष्टि, मृत्यु हुने ३०० पुग्याे

    काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३२६ सहित ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। याेसँगै संक्रमितको कुल संख्या ४७ हजार २३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार काठमाडौंका २९३ जना, भक्तपुरका १३ जना र ललितपुरका २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि...

  • २०७७ भाद्र २१, आइतबार

    नेवाः अर्गनाइजेशन अफ अमेरिकाको भर्चुअल सम्मेलन आज

    काठमाडौं – अमेरिकामा बसोबास गर्दै आएका नेवारहरुको साझा संस्था नेवाः अर्गनाइजेशन अफ अमेरिकाले आज (आइतबार) राति भर्चुअल सम्मेलन गर्दैछ । संस्थाको १९ औं वार्षिक अधिवेशन मनाउन उक्त भर्चुअल सम्मेलन हुन लागेको संस्थाको नेपाल संयोजक किरणकेण रंजितले जानकारी दिनुभएको छ । नेपाली समयअनुसार राति १०ः४५ बजे हुने उक्त भर्अुचल सम्मेलन जुम एपमा हुने जानकारी पनि रंजितले दिनुभएको छ ।

  • २०७७ भाद्र २१, आइतबार

    काठमाडौं उपत्यकामा ३५४ सहित ९८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं – विगत २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ सहित देशभर ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा २९०, ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा संक्तमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४६ हजार २५७ पुगेको छ । मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ३८२ नमुना परीक्षण गर्दा २९० महिला र ६९० पुरुषमा संक्रमण पुष्टि भएको हो ।...

  • २०७७ भाद्र २१, आइतबार

    विदेशमा रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नपाउने व्यवस्थाकाे तयारी

    टेक्सस – कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले देशबाहिर रहेका मतदान गर्न योग्य नेपालीले विदेशबाटै नेपालको मतदान प्रक्रियामा भाग लिन पाउने व्यवस्था मिलाउन लागिएको बताउनुभएको छ । उहाँले अब आउने चुनावमा देशबाहिर रहेका नेपालीले सम्बन्धित मुलुकबाटै मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी सरकारले काम गर्ने बताउनुभएको हो । गैरआवासीय नेपाली सङ्घ, अमेरिकाज क्षेत्रको जारी क्षेत्रीय बैठक तथा दोस्रो...

  • २०७७ भाद्र २१, आइतबार

    चाडपर्व मनाउन थारु समुदायको कार्यविधि

    भरतपुर – थारु समुदायका महिलाहरुले मनाउने जितिया पर्व नजिकिँदै छ । जितिया आउनुअघि नै चितवनका थारु समुदायमा चहलपहल र रमझम शुरु हुन्छ तर यस वर्ष कोरोनाको प्रकोपले जितियाको चहलपहल छैन । चाडपर्व कसरी मनाउने भन्ने अन्योल थारु समुदायमा छ । जितियासँगै अन्य चाडपर्व पनि क्रमशः आउने भएकाले उनीहरुलाई यस वर्षका चाडपर्व के हुने भन्ने चिन्ता पनि छ । यसै चिन्ताका बीच थारु समुदायले सामूहिक भेला नगरी चाडपर्व...

  • २०७७ भाद्र २०, शनिबार

    उपत्यकामा मात्र ४०८ सहित १०४१ जनामा संक्रमण पुष्टि

    काठमाडौं – पछिल्लो २४ घण्टामा उपत्यकामा ४०८ सहित १०४१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र ४०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरका ३७ जना छन् । देशभरको प्रयोगशालामा १२ हजार ४७५ नमुना परीक्षण गर्दा ३४९ महिला र ६९२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४५ हजार २७७ पुगेको छ...

  • २०७७ भाद्र १९, शुक्रबार

    देशभर १३ सय ५९ जना संक्रमित थपिए, थप १४ जनाकाे मृत्यु

    काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। याेसँगै  संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ। याे अहिलेसम्मकै धेरै संख्यामा संक्रमित भेटिएकाे तथ्या‌ंक हाे । यसअघि बिहीबार एकैदिन १२२८ जना कोरोना संक्रमित भेटिएका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएअनुसार पछिल्लो २४ घण्टामा थप १४ जना कोरोना संक्रमितको मृत्यु...

  • २०७७ भाद्र १८, बिहिबार

    चितवनमा कोरोना संक्रमित महिलाकाे मृत्यु

    चितवन – चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको...

Pages