राष्ट्रिय
-
२०७७ भाद्र ५, शुक्रबार
थप ८३८ जनामा कोरोना पुष्टि, उपत्यकामा थपिए १८२ संक्रमित
काठमाडौं – पछिल्लो २४ जनामा थप ८३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतम ८३८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । योसँगै शुक्रबार संक्रमितको संख्या ३० हजार नाघेको छ । हालसम्म देशभर कुल संक्रमितको संख्या ३० हजार ४८३ पुगेको छ । यसैगरी काठमाडौं उपत्यकामा आज मात्रै थप १८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ...
-
२०७७ भाद्र ५, शुक्रबार
लक्षण भएका संक्रमितलाई मात्र अस्पताल भर्ना गर्ने सरकारकाे निर्णय
काठमाडौं – अब लक्षण भएका कोरोना भाइरस संक्रमितलाई मात्र उपचारका लागि तोकिएको अस्पतालहरुमा राखिने भएको छ । संक्रमण बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । लक्षण नभएका संक्रमितलाई भने आइसोलेसन सेन्टरमा राख्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले यसका लागि काठमाडौं उपत्यकामा ६ हजार बेडको आइसोलेसन सेन्टर बनाउने निर्णय गरेकाे सरकारका प्रवक्ता...
-
२०७७ भाद्र ५, शुक्रबार
स्वास्थ्यसम्बन्धी नियमको पालना गरेर तीज मनाउन राष्ट्रपतिकाे आग्रह
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको महामारीबाट जोगिन सरकारले लागू गरेका स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै नेपाली महिलाको महान् पर्व हरितालिका मनाउन आग्रह गरेकी छिन् । राष्ट्रपति भण्डारीले तीजका अवसरमा स्वदेश तथा विदेशका नेपाली दिदीबहिनीमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै मौलिक संस्कृति र परम्परालाई संरक्षण तथा...
-
२०७७ भाद्र ५, शुक्रबार
हरितालिका तीज र व्रतबारे जानिराखाैं
काठमाडौं – आज हरितालिका (तीज) । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका(तीज)मा देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । आजको दिन देशभरका महादेव...
-
२०७७ भाद्र ५, शुक्रबार
नियमित उडानबाट विदेशका नेपालीकाे उद्धार गरिने
काठमाडौं – सरकारले नियमित उडानमार्फत खाडीसहित विभिन्न तेस्रो मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले कतै नियमित उडानमार्फत कतै चाटर्ड उडानबाट विभिन्न मुलुकमा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय भएको हो । मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्यान्ड, जापान, चीन, हङकङ, अस्ट्रेलिया, अमेरिका, युरोपलगायत देशमा रहेका नेपालीलाई नियमित उडानमार्फत स्वदेश आउन पाउने...
-
२०७७ भाद्र ५, शुक्रबार
कोभिड–१९ नियन्त्रण गर्न उच्चस्तरीय समिति
काठमाडौँ – सरकारले कोरोना भाइरसको रोकथाम र नियन्त्रण कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय समिति गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पतालसँग समन्वय गरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्नका लागि समिति गठन गर्नुभएको हो । मन्त्रालय वा विभागको ११ औं तहका कर्मचारीको संयोकत्वमा राष्ट्रिय स्वस्थ्य तालिम केन्द्रका शाखा अधिकृत र मन्त्रालयकै...
-
२०७७ भाद्र ५, शुक्रबार
कालिमाटी तरकारी बजार राति १२ देखि बिहान ९ बजेसम्म खुल्ने
काठमाडौं – तरकारी बिक्न छाडेपछि बजार खुल्ने समय बढाउन व्यवसायीले जिल्ला प्रशासन कार्यालयलाई गरेकाेआग्रह बमोजिम अब कालिमाटी तरकारी बजार राती १२ बजेदेखि बिहान ९ बजेसम्म खुल्ने भएको छ । निषेधाज्ञाको पहिलो दिन बिहीबार ती बजार राती १२ बजेदेखि बिहान ७ बजेसम्म मात्रै सञ्चालनमा आएको थियो । यसैगरी काठमाडौं उपत्याकामा निषेधाज्ञा सुरु भएपछि कालीमाटी तरकारी बजारमा तरकारी लगायतको वस्तु आयातमा ह्रास आएको छ ।...
-
२०७७ भाद्र ४, बिहिबार
बनेपामा आइसोलेशन कक्ष व्यवस्थित गरियाे
काभ्रेपलाञ्चोक – बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताउनुभयो । “पूर्व तयारीस्वरुप...
-
२०७७ भाद्र ४, बिहिबार
निषेधाज्ञाबीच तीजकाे दर खाने पर्व
काठमाडौँ – हरितालिका व्रतको तयारीस्वरुप आज दर खाने तयारीमा महिला छन् । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि शुरु हुँदैछ । विशेषगरी तीजको पहिलो दिन दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण धेरै महिला घरमै छन् । बुधबार मध्यरातदेखि काठमाडौँ उपत्यकामा निषेधाज्ञा एवं देशका मुख्यमुख्य शहरमा कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले धेरैले...
-
२०७७ भाद्र ४, बिहिबार
बैंक कर्मचारीलाई रोकेपछि आज बैंकसेवा बन्द
काठमाडौं – निषेधाज्ञामा प्रहरीले बैंकका कर्मचारीहरुलाई समेत रोकेपछि नेपाल बैंकर्स संघले आज बैंकका शाखा नखोल्न निर्देशन दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले आज बैंक नखोल्न भनिएको बताए । काठमाडौं उपत्यकामा गएराति १२ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा पालना गराउन सडकमा खटिएका नेपाल प्रहरी र ट्राफिक प्रहरीले ठाउँठाउँमा बैंकका कर्मचारीहरुलाई रोकेका छन् । बैंकका सीईओलाई...
-
२०७७ भाद्र ४, बिहिबार
बग्गीखानाका थप १७ प्रहरीमा संक्रमण
महानगरीय ट्राफिक प्रहरी कार्यालय काठमाडौंका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको महाशाखाले जनाएको छ । घर बिदाबाट फर्किएका उनीहरु महाशाखाकै क्वारेन्टाइनमा रहेका थिए । दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो ।
-
२०७७ भाद्र ४, बिहिबार
काठमाडाैं भीमसेनस्थानकी एक महिलासहित एकैदिन ६ जनाकाे मृत्यु, उपत्यकामा थपिए २०० संक्रमित
काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सयजना संक्रमित पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा १ सय ७४ ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । कोभिड १९ संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतले नेपालमा थप ६ जनाको मृत्यु भएको बताएका हुन्...


