STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ श्रावण २३, शुक्रबार

    विराटनगर र पाटन अस्पतालमा कोराेना संक्रमितकाे मृत्यु

    काठमाडाैं – विराटनगरमा एकजना र पाटन अस्पताल ललितपुरमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको शुक्रबार विहान कोसी अस्पतालमा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विहान ९ः४० बजे अस्पताल लगिएका उनको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । चिकित्सकले मृत घोषणा गरेका पुरुषमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरी प्रदेश...

  • २०७७ श्रावण २३, शुक्रबार

    नुवाकोट आजदेखि ‘लकडाउन’

    त्रिशूली – नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक...

  • २०७७ श्रावण २३, शुक्रबार

    'जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु'

    काठमाडौँ– जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृत्यु भयो । त्यसैगरी रुपन्देहीकी अङ्गिरा पासीको बलात्कारपछि हत्या, टीकाराम नेपाली (रुकुम) अन्तरजातीय...

  • २०७७ श्रावण २३, शुक्रबार

    मातृभाषालाई जीवन्त राख्न पाठशाला सञ्चालन

    तनहुँ – तनहुँको बन्दीपुर गाउँपालिकाले मातृभाषालाई जीवन्त राख्न संरक्षण शुरु गरेकोे छ । मातृभाषा बोल्न नजान्ने नयाँ युवापुस्तका लागि मातृभाषा पाठशाला सञ्चालन गर्न लागेको हो । भाषा संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले मातृभाषा पाठशाला सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । मातृ भाषा बोल्न नजान्न्नेलाई लक्षित गरी गाउँपालिकाले पहिलोपटक पाठशाला सञ्चालन गर्न...

  • २०७७ श्रावण २३, शुक्रबार

    लहानमा निषेधाज्ञा जारी

    लहान – सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ । नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने...

  • २०७७ श्रावण २२, बिहिबार

    बेरुत विस्फोटनबाट तीन लाख मानिस विस्थापित

    एजेन्सी – लेबनानको राजधानी बेरुतमा भएको विनाशकारी विस्फोटनपछि झण्डै तीन लाख मानिस विस्थापित भएका छन् । शक्तिशाली विस्फोटनका कारण उनीहरु घरबारविहीन भएकाले उनीहरु विस्थापित हुनु परेको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय गभर्नर ममार्वान अब्बौडले विस्थापित हुनेहरुको विवरण सङ्कलनकै क्रममा रहेको र अझै धेरै विस्थापित भएको हुनसक्ने बताउनुभयो । लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा मङ्गलबार अबेर...

  • २०७७ श्रावण २२, बिहिबार

    सिरहाको मिर्चैयामा लकडाउन

    लहान – सिरहाको मिर्चैया नगरपालिकामा कोरोना सङ्क्रमणको थप जोखिम हुन नदिन लकडाउन गरिएको छ । नगरपालिकाको वडा नम्बर ६ का ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबारदेखि यही साउन ३२ गतेसम्म लकडाउनको घोषणा गरिएको हो । नगरपालिकामा बसेको आपत्कालीन बैठकले १० दिनका लागि लकडाउन गर्ने निर्णय गरेको नगरप्रमुख प्रमुख श्रवण यादवले जानकारी दिनुभयो । नगरपालिकाले घरमै बसेर लकडाउनको पालना गर्न नगरवासीसंँग आग्रह...

  • २०७७ श्रावण २२, बिहिबार

    मालपोतमा अत्यधिक भीडले कोरोनाको जोखिम

    भक्तपुर – भक्तपुरको जिल्ला मालपोत कार्यालयको सेवा अस्तव्यस्त देखिएको छ । जिल्ला समन्वय समिति भक्तपुरले शुरु गरेको अनुगमन अभियानका क्रममा जिल्ला मालपोत कार्यालयमा पुग्दा यहाँको सेवा अस्तव्यस्त पाइएको हो । दैनिक एक हजारभन्दा बढीको भीड रहेको मालपोतमा अधिकांश सेवाग्राही र केही कर्मचारीको मुखमा मास्क देखिँदैनथ्यो । न त सेवाग्राहीको लागि हात धुने व्यवस्था नै थियो न त स्यानिटाइजरको व्यवस्था नै ।...

  • २०७७ श्रावण २२, बिहिबार

    अख्तियारका २० जनामा कोराेना संक्रमण

    काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका २० कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका मेडिकल टेक्नोलोजिस्ट धनप्रसाद पौडेलले मङ्गलबार गरिएको ८० जनाको परीक्षणमा २० जना कर्मचारीको सङ्क्रमण देखिएको जानकारी दिनुभयो । यसअघि आयोगमा १५ जना कर्मचारीमा सङ्क्रमण देखिएको थियो । ती सङ्क्रमण देखिएका अधिकांश अग्रपङ्क्तिमा काम गर्ने कर्मचारी र...

  • २०७७ श्रावण २२, बिहिबार

    बेरुत विस्फोटमा नेपाली सकुशल

    काठमाडौँ – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताएका छन् । यसैबीच...

  • २०७७ श्रावण २२, बिहिबार

    थपिए ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५० पुग्यो

    काठमाडौं – पछिल्लाे २४ घन्टामा ३ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । कुल संक्रमितमध्ये आज ६ हजार २ सय ९६ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म १५ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

  • २०७७ श्रावण २२, बिहिबार

    उपत्यकामा संक्रमित बढ्दाे, थप ८७ जनामा संक्रमण पुष्टि

    काठमाडाैं – काठमाडौं उपत्यकामा कोराेना संक्रमण बढिरहेकाे छ । बिहीबार मात्र थप ८७ जना नयांँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।

Pages