राष्ट्रिय
-
२०७७ श्रावण २६, सोमबार
धनगढी ‘लकडाउन’
लहान – सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ । छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो । भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक...
-
२०७७ श्रावण २६, सोमबार
उपत्यकामा थप ४३ जनामा संक्रमण, थप ४ काे संक्रमणबाट मृत्यु
काठमाडौं – पछिल्लाे २४ घन्टामा काठमाडाैं उपत्यकामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारै ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । योसंगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार...
-
२०७७ श्रावण २५, आइतबार
मङ्गलबारसम्म वर्षा हुने पूर्वानुमान
काठमाडौँ – मनसुन न्यूनचापीय रेखा तराई भूभाग नजीक रेखा रहेकाले सोमबारसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने भएको छ । मङ्गलबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनु्भयो । यही साउन २७ गतेसम्म देशभर मनसुनी गतिविधि बढ्ने जनाइएको छ । जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दैै...
-
२०७७ श्रावण २५, आइतबार
काठमाडौं उपत्यकामा थप ९२ जनामा संक्रमण पुष्टि
काठमाडौं – गएकाे पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौंका ९० र ललितपुरका २ गरी उपत्यकामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक हजार १ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार काठमाडौं, भक्तपुर र ललितपुरमा संक्रमितको कुल संख्या ११ सय ३६...
-
२०७७ श्रावण २५, आइतबार
दोहोराे भाडा लिनेले सिट क्षमताको ५० प्रतिशतमात्र यात्रु राखेकाे खै ?
काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न यातायातमा जोरबिजोर प्रणाली लागू गरिएपछि सार्वजनिक सवारीमा यात्रु उभिएर यात्रा गर्न बाध्य भएका छन् । यात्रुको यो बाध्यताबीच कोरोना सर्ने जोखिम उच्च रहेको छ । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा जाने भएकाले भीडभाड हुने जुनसुकै स्थानमा रोग सर्ने जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की बताउनुहुन्छ । यातायात पूर्वाधारको राम्रो...
-
२०७७ श्रावण २४, शनिबार
उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिए
काठमाडौं – काेराेना संक्रमित दिनानु बढ्ने क्रममा पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ६२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा थप ६२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। भक्तपुरका ३ जना , काठमाडौंका ५६ जना, ललितपुरका ३ जना गरी कुल ६२ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले...
-
२०७७ श्रावण २३, शुक्रबार
उपत्यकामा १०६ जनासहित थप ४६४ जनामा संक्रमण • मृत्यु हुनेकाे संख्या ७० पुग्याे
काठमाडाैं – लकडाउन खुलेसँगै काेराेना संक्रमणकाे दर पनि बढ्दाे छ । पछिल्लाे २४ घन्टामा देशभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्र १०६ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जनाएका छन् । यस्तै, आज ४ सय २५ जना डिस्चार्ज भएसँगै कोरोना मुक्त हुनेको...
-
२०७७ श्रावण २३, शुक्रबार
बर्दियामा पाँच दिन निषेधाज्ञा
राजापुर – छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले यही साउन २५ गते बिहान ६ देखि साउन २९ गते राति १२ बजेसम्म निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । निषेधाज्ञा अवधिमा एम्बुलेन्स, शवबाहन, दमकल, झण्डावाला र...
-
२०७७ श्रावण २३, शुक्रबार
संक्रमित बढेसँगै उपत्यकामा कडिकडाउको निर्णय • टेकु र महाबाैद्ध सिल गरिने
काठमाडाैं – कोरोना भाइरसको महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यका जोखिम कम गर्न मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिने भएको छ । शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले कडिकडाउकाे निर्णय गरेको हो । यसका साथै संक्रमण देखिएका स्थानहरु सिल गर्ने निर्णय पनि बैठकमा भएकाे छ । यसै निर्णयअनुसार...
-
२०७७ श्रावण २३, शुक्रबार
विराटनगर र पाटन अस्पतालमा कोराेना संक्रमितकाे मृत्यु
काठमाडाैं – विराटनगरमा एकजना र पाटन अस्पताल ललितपुरमा दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगर महानगरपालिका ९ गुद्रीका ५८ वर्षीय पुरुषको शुक्रबार विहान कोसी अस्पतालमा मृत्यु भएको हो । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि विहान ९ः४० बजे अस्पताल लगिएका उनको अस्पताल पुग्नसाथ मृत्यु भएको थियो । चिकित्सकले मृत घोषणा गरेका पुरुषमा कोरोनासँग मिल्ने लक्षण रहेकोले स्वाब संकलन गरी प्रदेश...
-
२०७७ श्रावण २३, शुक्रबार
नुवाकोट आजदेखि ‘लकडाउन’
त्रिशूली – नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक...
-
२०७७ श्रावण २३, शुक्रबार
'जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु'
काठमाडौँ– जातीय भेदभाव तथा छुवाछूत (कसुर सजाय) ऐन, २०६८ लागू भएको नौ वर्ष बितिसक्दा पनि प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । ऐन लागू भएपछि जातीय भेदभाव तथा छुवाछूतकै कारण १७ जनाको मृत्यु भएको जागरण मिडिया सेन्टरले जनाएको छ । सेन्टरका अनुसार अन्तरजातीय प्रेम सम्बन्धका कारण नवराज विकको अकालमा मृत्यु भयो । त्यसैगरी रुपन्देहीकी अङ्गिरा पासीको बलात्कारपछि हत्या, टीकाराम नेपाली (रुकुम) अन्तरजातीय...


