राष्ट्रिय
-
२०७७ भाद्र १, सोमबार
आजदेखि पाँचौँ चरणको उद्धार उडान
काठमाडौँ – कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र नेपालीको उद्धारका लागि आजदेखि पाँचाैं चरणको उद्धार उडान हुँदैछ । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन भदौ १ अर्थात अगष्ट १७ देखि उद्धार चार्टर्ड उडान गर्न लागेका हुन् । नेपाल एयरलाइन्सले यही भदौ १५ सम्म उद्धार उडान गर्नेछ भने हिमालय एयरलाइन्सले भदौ १४ सम्मको...
-
२०७७ भाद्र १, सोमबार
उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि
काठमाडौं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंका १३९ जना, भक्तपुरका १४ जना र ललितपुरका १५ गरी कूल १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ५८१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। गौतमका अनुसार योसँगै कुल संक्रमिको संख्या २७ हजार...
-
२०७७ भाद्र १, सोमबार
एसईईको नतिजा सार्वजनिक, नतिजा यसरी हेर्नुहाेस्
काठमाडौँ – माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आजको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ । परीक्षा नियन्त्रण कार्यालयले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । कोरोनाको कारण बोर्डले यो पटक विद्यालयलाई विदुयार्थीको मुल्यांकन गरेर नतिजा पठाउन निर्देशन दिएको...
-
२०७७ श्रावण ३२, आइतबार
काभ्रेका ६ नगरपालिकामा उच्च सतर्कता
बनेपा – जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जिल्लाका छ वटा नगरपालिकाका बजार क्षेत्रमा भेला, जमघट र भीडभाड गर्न रोक लगाएसँगै ती नगरपालिकाले आफ्नो नगर क्षेत्रमा उच्च सतर्कता अपनाएका छन् । जिप्रकाले शुक्रबार सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण जिल्लामा समेत बढ्दै गइरहेको सन्दर्भमा मानिसको जमघट, भेला भीडभाडबाट उक्त रोगको सङ्क्रमण फैलिन सक्ने भएकाले धुलिखेल, बनेपा, पनौती, पाँचखाल, नमोबुद्ध र...
-
२०७७ श्रावण ३२, आइतबार
भरतपुर अस्पतालका प्रमुखसहित ५ स्वास्थ्यकर्मीमा सङ्क्रमण
चितवन – कोरोना रोग उपचारको ‘हब’ अस्पताल भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्टसहित चार चिकित्सक र एक स्वस्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । यससँगै अस्पतालमा नियमित उपचारमा समस्या देखिएको छ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारी र स्त्री तथा प्रसूतिरोग विभाग प्रमुख डा सुनिलमणि पोखरेललाई कोरोना सङ्क्रमण देखिएको छ ।...
-
२०७७ श्रावण ३२, आइतबार
नेपाल प्रहरीका दुई डीआईजीमा कोरोना पुष्टि
काठमाडौं – नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत दुई डीआईजीलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए । सङ्क्रमित डीआईजीको प्रहरी अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म देशभर तीन सय ८० जना प्रहरीलाई कोरोनाको सङ्क्रमण भएको छ भने दुई सय ४० जना उपचारपछि निको भएका छन् ।
-
२०७७ श्रावण ३२, आइतबार
बुटवल उपमहानगरपालिकामा अनिश्चितकालीन सेवा बन्द
बुटवल – बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ । उपमहानगरपालिकामा कार्यरत तीन अधिकृत र एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टिसँगै स्वास्थ्य, सरसफाइ र दमकल जस्ता अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आज जरुरी सूचना जारी गरेर तोकिएका बाहेक सबै सेवा बन्द गरिएको जनाउनुभएको...
-
२०७७ श्रावण ३२, आइतबार
मकवानपुरमा पुनः निषेधाज्ञा
मकवानपुर – जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटाँैडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९ सङ्क्रमण फैलिएको र सो सङ्क्रमणलाई नियन्त्रणमा ल्याउन पुनः भदौ १ गतेदेखि ९ गते राति १२ बजेसम्म निषेधाज्ञा पुनः जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि साउन २६ गते राति...
-
२०७७ श्रावण ३२, आइतबार
दमकमा आज रातिदेखि लकडाउन
दमक – समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता लकडाउन (बन्दाबन्दी) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको आज नगरपालिकामा बसेको बैठकले नगरमा समेत सङ्क्रमणको जोखिम बढेको भन्दै भदौ ६ गते राति १२ बजेसम्म पूर्ण बन्दाबन्दी गर्ने निर्णय गरेको हो । बन्दाबन्दी अवधिमा एम्बुलेन्स, प्रेस, दूधका गाडीबाहेक सबै यातायातका साधन बन्द रहने...
-
२०७७ श्रावण ३२, आइतबार
उपत्यकामा १७२ संक्रमित थपिए, कुल संक्रमित २६ हजार ६ सय ६०
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १७२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यसैगरी आइतबार मात्र ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा संक्रमित हुनेहरुको संख्या २६ हजार ६ सय ६० पुगेको छ । विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले...
-
२०७७ श्रावण ३१, शनिबार
वीरगन्जमा कोरोनाबाट थप एकको मृत्यु
काठमाडाैं – पर्साको वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको शुक्रबार बेलुकी ७ बजे मृत्यु भएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जनाएको छ । उनी कोरोना संक्रमण पुष्टि भएपछि गत साउन २४ गते वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट...
-
२०७७ श्रावण ३१, शनिबार
थप ४६८ मा संक्रमण, मृत्यु हुने १०० नाघ्याे
काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४७ को स्वाबको पीसीआर परीक्षण गर्दा ४६८ को रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाले तीन जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको कुल संख्या १०२...


