राष्ट्रिय
-
२०७७ श्रावण १९, सोमबार
१२ वटा अस्पतालले प्लाज्मा थेरापीबाट कोरोनाको उपचार गर्न पाउने
काठमाडौं – अब १२ वटा अस्पतालले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्न पाउने भएका छन् । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले देशभर यसलाई विस्तार गर्न ती अस्पताल ताेकेकाे हाे । यसका लागि सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको थाहा हुन आएकाे छ । सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन...
-
२०७७ श्रावण १९, सोमबार
उपत्यकामा ५१ जनासहित थप ४१८ जनामा संक्रमण पुष्टि
काठमाडौं – उपत्यकामा ५१ जनासहित पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ४३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३ र भक्तपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ भने १४ ९१६ जना निको भएका...
-
२०७७ श्रावण १९, सोमबार
मंगलबारदेखि सप्तरीमा निषेधाज्ञा
काठमाडाैं – जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबारदेखि लागु हुनेगरी सप्तरीमा निषेधाज्ञा जारी गरेकाे छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले मंगलबार बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा आगामी साउन २६ गते साँझ ५ बजेसम्म जारी रहने छ । कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या दिन बढ्दै गएपछि थप फैलन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी...
-
२०७७ श्रावण १९, सोमबार
मच्छिन्द्रनाथको रथ तान्ने कुरा टुङ्गो लागेन
‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ तानेर पुल्चोकबाट गाःबहाल लग्ने कुरा टुङ्गोे लागेको छैन । मुलुकमा दिनानुदिन कोरोना महामारी बढेसँगै उक्त रथ तान्ने कुराको यकिन जानकारी आउन नसकेको हो । विगतका वर्षमा मच्छिन्द्रनाथलाई रथारोहण गराएको चार दिनमा पुल्चोकबाट गाःबहालसम्म रथ तानेर लगिन्थ्यो । यस वर्ष कोरोना त्रासका साथै मानिसमा यसको लक्षण देखिन थालेकाले अब कुन दिन तानिन्छ भन्नेबारे कुनै...
-
२०७७ श्रावण १९, सोमबार
आज जनै पूर्णिमा (क्वाति पुन्हि) पर्व मनाइँदै
काठमाण्डौ – प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा...
-
२०७७ श्रावण १८, आइतबार
महानगरीय ट्राफिक प्रहरी महाशाखा बग्गीखाना सिल
काठमाडौं – दुई जना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) सिल गरिएकाे छ । गत शुक्रबार संक्रमण पुष्टि भएका प्रहरीलाई भने अस्पतालमा पठाइएको छ । यसका साथै एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । अहिले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न बन्देज लगाइएको छ । महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति...
-
२०७७ श्रावण १८, आइतबार
उपत्यकाका थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं – आज आइतबार उपत्यकामा थप ३१ जनासहित २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या हालसम्म २० हजार ३ सय ३२ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडौंका २२ , ललितपुरका ८ र भक्तपुरका १ जना गरी कुल ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले...
-
२०७७ श्रावण १७, शनिबार
विश्व स्तनपान सप्ताह २०७७ – हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विश्व स्तनपान सप्ताह २०७७ का अवसरमा शुभकामना सन्देश दिँदै स्तनपानलाई संरक्षण र सम्बद्र्धन गर्न हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जनाउनुभएको छ । आमाको दूध बच्चाका लागि अमृत समान मानिन्छ भने बच्चा जन्मने वित्तिकै स्तनपान गर्न पाउनु शिशुको नैसर्गिक अधिकार हो । “शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा रोगसँग...
-
२०७७ श्रावण १७, शनिबार
आज मुस्लिम धर्मावलम्बीकोे दोस्रो ठूलो पर्व बकर इद मनाइँदै
काठमाडौँ – आज मुस्लिम धर्मावलम्बीकोे दोस्रो ठूलो पर्व बकर इद मनाइँदैछ । एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई बकर इद मनाइन्छ । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम धर्मगुरुहरु बताउँछन् । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२औँ...
-
२०७७ श्रावण १७, शनिबार
सातै प्रदेशमा सूचना आयोग विस्तार आवश्यक ः सूचना आयोग
काठमाडौँ – राष्ट्रिय सूचना आयोग सातवटै प्रदेशमा विस्तार गर्नु आवश्यक रहेको आयोगका पदाधिकारीले बताएका छन् । आयोगद्वारा शुक्रबार केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगका पदाधिकारीले प्रदेशमा आयोग विस्तारका लागि यसको विद्यमान ऐनमा संशोधनको आवश्यकता रहेको औँल्याउनुभयो । आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले सूचना आयोग अब सबै प्रदेशमा विस्तार गर्न अतिआवश्यक भएको बताउनुभयो । केन्द्रले मात्र...
-
२०७७ श्रावण १७, शनिबार
उपत्यकाका ६ सहित थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। काठमाडाैंमा ५ र भक्तपुरमा १ जनागरी उपत्यकामा ६ जनामा संक्रमण देखिएकाे छ । सबैभन्दा धेरै कैलालीमा ९८ जना संक्रमित भेटिएका छन् । सिराहाका ५ जना, झापा, मोरङ, रामेछाप र रुपन्देहीका २/२ जना तथा सुनसरी, उदयपुर, बारा, रौतहट, काभ्रे, कास्की र सल्यानका...
-
२०७७ श्रावण १७, शनिबार
जोखिम बढ्दै गए फेरि देश लकडाउनतर्फ जान सक्ने
काठमाडौं – कोरोना भाइरसको जोखिम बढ्दै गएपछि देश फेरि लकडाउनतर्फ उन्मुख भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञ र जानकारहरुले पछिल्लो समय कोरोना भाइरस झन् खतरनाक बनेको र समुदायमा फैलन थालेको भन्दै केही समय लकडाउनको सुझाव दिएपछि सरकार गम्भीर भएको छ । स्वास्थ्य मन्त्रालयमा समेत लकडाउनबारे छलफल भएको छ । ७ साउनबाट लकडाउन अन्त गरिएपनि फेरि कडाई गर्नुपर्ने सुझावहरु दिइएको बुझिएको छ । त्यसबारे थप छलफलका लागि...


