राष्ट्रिय
-
२०७७ श्रावण २२, बिहिबार
बेरुत विस्फोटमा नेपाली सकुशल
काठमाडौँ – लेबनानको राजधानी बेरुतको प्रमुख बन्दरगाहमा भएको विस्फोटबाट कुनै पनि नेपाली नागरिक प्रभावित नभएको सरकारले बताएको छ । “बेरुतमा रहेका नेपाली नागरिक सकुशल छन्, त्यहाँस्थित नेपालका अवैतनिक वाणिज्यदूत र गैरआवासीय नेपाली सङ्घसँग कायरोस्थित नेपाली राजदूतावास निरन्तर सम्पर्कमा छ”, बेरुतमा नेपाली सुरक्षित रहेका जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताएका छन् । यसैबीच...
-
२०७७ श्रावण २२, बिहिबार
थपिए ३६० संक्रमित, कुल संक्रमित २१ हजार ७५० पुग्यो
काठमाडौं – पछिल्लाे २४ घन्टामा ३ सय ६० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै हालसम्म नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । कुल संक्रमितमध्ये आज ६ हजार २ सय ९६ वटा सक्रिय केशहरु छन् । पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएका छन् । यो संगै हालसम्म १५ हजार ३ सय ८९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
-
२०७७ श्रावण २२, बिहिबार
उपत्यकामा संक्रमित बढ्दाे, थप ८७ जनामा संक्रमण पुष्टि
काठमाडाैं – काठमाडौं उपत्यकामा कोराेना संक्रमण बढिरहेकाे छ । बिहीबार मात्र थप ८७ जना नयांँ कोरोना संक्रमित थपिएका छन् । काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।
-
२०७७ श्रावण २१, बुधबार
साँगामा सवारी चाप कम गर्न प्रजिअबीच छलफल
बनेपा – कोरोना भाइरसको सङ्क्रमण जोखिम बढ्दै गएको अवस्थामा उपत्यका प्रवेश गर्ने नाका अरनिको राजमार्गस्थित काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमाना साँगामा हुने सवारी चाप कम गर्न दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी र उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुखबीचमा छलफल भएको छ । काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय...
-
२०७७ श्रावण २१, बुधबार
लुम्बिनीका भिक्षुहरु वर्षावासमा
रुपन्देही – बौद्ध धर्मावलम्बीको पर्व वर्षावास शुरु भएसँगै लुम्बिनीमा भिक्षुहरु वर्षावासमा बस्नुभएको छ । प्रत्येक असार महिनाको पूर्णिमादेखि असोज पूर्णिमा तीन महिनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा भए पनि यो वर्ष भने मलमासका कारण वर्षावास एक महिनापछि सरेको हो । थाइल्याण्डका केही भिक्षुहरु भने असार पूर्णिमादेखि नै वर्षावासमा बस्नुभएको अखिल नेपाल भिक्षु महासङ्घका अध्यक्ष भिक्षु मैत्री...
-
२०७७ श्रावण २१, बुधबार
कोरोना संक्रमणबाट वीरगञ्जमा थप एकको मृत्यु
वीरगञ्ज । वीरगञ्जमा थप एक जना ४६ वर्षीय पुरूषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचाररत उनको बुधबार बिहान ६ बजे मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए। वीरगञ्ज-१५ निवासी ती पुरूषलाई ज्वरो र खोकीको समस्या देखिएको थियो। त्यसपछि परीक्षण गराउँदा सोमबार उनलाई कोरोना पोजेटिभ देखियो। लगत्तै उनी वीरगञ्ज हेल्थ...
-
२०७७ श्रावण २१, बुधबार
ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर भूकम्प गयाे
काठमाडौं– काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो ४ः३० बजे भूकम्पको धक्का महसुस गरिएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्र तथा अनुसन्नधान केन्द्रले जनाए अनुसार ३.५ म्याग्नेच्युडकाे साे भूकम्प ललितपुरकाे बगलामुखी मन्दिरलाई केन्द्रविन्दु बनाएर गएकाे हाे ।
-
२०७७ श्रावण २१, बुधबार
काठमाडौंमा ५७ सहित थप ३८१ जना नयाँ संक्रमित थपिए
काठमाडौं । पछिल्लाे २४ घन्टामा काठमाडौं उपत्यकामा ६१ जनासहित थप ३ सय ८१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । योसंगै नेपालमा हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन । कुल संक्रमितमध्ये ६ हजार १ सय ७४ वटा सक्रिय केशहरु...
-
२०७७ श्रावण २१, बुधबार
आजबाट फेरि जाेर-विजाेर लागू, रातमा हिँडडुल गर्न नपाइने
काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढेसँगै सरकारले आज बिहीबारदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले एक विज्ञप्तिमार्फत यसबारे जानकारी दिएका छन् । विज्ञप्तिमा उल्लेख छ- काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र उपत्यकाबाहिर २०० जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा जोर विजोर लागू हुनेछ । जोर गतेका दिन जोर नम्बर...
-
२०७७ श्रावण २०, मंगलबार
साँगाबाट उपत्यका प्रवेश गर्ने १३ मा कोरोना पोजिटिभ
काभ्रेपलाञ्चोक – एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो । लकडाउनको अन्त्यपछि...
-
२०७७ श्रावण २०, मंगलबार
बाँकेमा निषेधाज्ञा चार दिन थप
कोहलपुर – नेपाल भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै गएपछि आइतबारदेखि लागु निषेधाज्ञा शनिबार राति १२ बजेसम्म थप बढाइएको जिप्रकाले जनाएको छ । बाँके जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आजको बैठकले यही साउन २४ गतेसम्मका लागि निषेधाज्ञा...
-
२०७७ श्रावण २०, मंगलबार
उपत्यकाका ६२ जनासहित थप २५९ जनामा संक्रमण • कुल संक्रमितको २१ हजार नाघ्याे
काठमाडाैं – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनासहित नेपालमा थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...


