STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ १७, शनिबार

    विद्यार्थी भर्ना गर्न र भर्चुअल कक्षालाई मान्यता दिन निजी विद्यालयहरूकाेे माग

    काठमाडौं - निजी विद्यालय सञ्चालक लगायतका सरोकारवालाहरूले २१ जेठबाट विद्यार्थी भर्ना गर्न पाउनुपर्ने माग राखेका छन् । उनीहरूले विज्ञप्तीमार्फत भर्ना प्रक्रिया अगाडि बढाउने वातावरण बनाउन सरकारसँग अनुरोध गर्ने निर्णय गरेका हुन् । भर्चुअल कक्षालाई औपचारिकता दिनुपर्ने, निजी विद्यालयका पाठ्यपुस्तक पनि निर्वाध बिक्री, वितरण गर्न पाउनुपर्ने लगायतका माग राखेका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल...

  • २०७७ जेठ १७, शनिबार

    क्वारेन्टाइनमा रहेका एक युवकको मृत्यु

    काठमाडाैं - भारतबाट फर्किएर क्वारेन्टाइनमा रहेका एक युवकको दैलेखमा मृत्यु भएको छ । १० दिनअघि भारतको गुजरातबाट फर्केका दैलेखको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवकको शनिबार विहान मृत्यु भएको हो । युवक दुल्लु नगरपालिका–७ मा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका थिए ।   मृतक युवासहित ७९ जनाको टोलीलाई नेपाल विद्युत प्राधिकरणको भवनमा निर्माण गरिएको क्वारेन्टाइनमा...

  • २०७७ जेठ १७, शनिबार

    नेपालमा कोरोनाको संक्रमण बढ्दो, एकैदिन १८९ संक्रमण पुष्टि

    काठमाडौं – शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अहिलेसम्म पीसीआर विधिबाट ६६ हजार सात सय २९ र आरडीटी विधिबाट एक लाख ७ हजार ५५ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट २ हजार पाँच सय ७५ र...

  • २०७७ जेठ १७, शनिबार

    कोरोनाका कारण साताैं व्यक्तिकाे मृत्यु पुष्टि

    काठमाडाैं - कोरोना भाइरस कोभिड–१९ कारण दैलेखमा एक जनाको मृत्यु भएको पुष्टि भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकको रिपोर्ट पोजेटिभ आएको हो । दुल्लु–११ का ३५ वर्षीय पुरुषको विहान निधन भएको थियो । दिउँसो उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको परीक्षणमा युवकको नतिजा पोजेटिभ आएको...

  • २०७७ जेठ १७, शनिबार

    धादिङ केन्द्रविन्दु् भएर भूकम्प

    काठमाडौं – धादिङ केन्द्रविन्दु भएर शनिबार बेलुका भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले ४.८ रिक्टरस्केलको भुइँचालो गएको पुष्टि गरेका छन् । बेलुका ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रविन्दु बनाएर भुइँचालो गएको हो । यो भुइँचालो नयाँ भुइँचालो नभई २०७२ सालको महाभूकम्पको पराकम्पन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

  • २०७७ जेठ १७, शनिबार

    जेठ ३२ सम्म लकडाउन लम्बियो, अब मोडालिटी फरक हुने

    काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गत चैत ११ गतेदेखि लागु गरिएको लकडाउन अब जेठ ३२ गतेसम्म रहनेभएको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटीबारे कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिमा छलफल गरी मन्त्रिपरिषद्लाई...

  • २०७७ जेठ १६, शुक्रबार

    एकैदिन १७० जनामा काेराेना संक्रमण पुष्टि

    काठमाडाैं - नेपालमा एकैदिन १७० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । यसपछि शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।   स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए । बिहीबारसम्म १०४२ जनामा कोरोना पुष्टि भएको थियो । यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै...

  • २०७७ जेठ १६, शुक्रबार

    नवलपरासीका थप दुईजनामा कोरोना संक्रमण

    काठमाडौं – चितवनको भरतपुरस्थित कोरोना भाइरस (कोभिड–१९) प्रयोगशालामा गरिएको परीक्षणमा पूर्वी नवलपरासीको देवचुली नगरपालिकाका थप दुईजनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमले जनाएअनुसार देवचुलीका दुई जनामा कोरोना पुष्टि भएपछि गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको छ । कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै...

  • २०७७ जेठ १६, शुक्रबार

    रौटहटमा तनाव, १२ राउण्ड हवाइ फायर

    काठमाडौं – कोरोना भाइरस संक्रमितको विषयमा रौतहटमा तनाव सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ । कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजान पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि रौतहटको इशनाथ नगरपालिकामा तनाव भएको हो । इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ जनालाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि...

  • २०७७ जेठ १५, बिहिबार

    थप ७६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ९८२ पुग्यो

    काठमाडौं – बिहीबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको हो । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, महोत्तरीमा १७ जना, सप्तरीमा १४ जना, सर्लाहीमा ७ जना, सिरहामा ६ जना र रौतहटमा ३ जनाको रिपोर्ट पनि पोजेटिभ...

  • २०७७ जेठ १५, बिहिबार

    नेपाल र ईजरायलका चिकित्सकबीच राजदूतको पहलमा अनलाइन सम्वाद

    विजयरत्न असंबरे कोरोना भाइरसको संक्रमणबाट मुक्त हुँदै गएको ईजरायल र कोरोनाका संक्रमित बढ्दै गएको नेपालका चिकित्सकहरुबीच अनलाइन सम्वाद अर्थात वेभिनार सम्पन्न भएको छ । नेपालमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र न्युनिकरणका लागि कोरोना संक्रमणको कहरबाट तङ्ग्रदै गरेको इजरायलले प्राप्त गरेका अनुभव र सफलताका विषय आदन–प्रदानका लागि अनलाइन भर्चुअल सम्वाद गरेको इजरायलका लागि नेपाली राजदूत डा. अन्जान...

  • २०७७ जेठ १५, बिहिबार

    थप १५६ मा संक्रमण पुष्टि, नेपालमा कोरोना संक्रमित एक हजार नाघे

    काठमाडौं ः बिहीबार थप एक सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसहित नेपालमा संक्रमितको संख्या एक हजार ४२ पुगेको हो । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजिटिभ देखिएको हो । मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी...

Pages