STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७७ जेठ ११, आइतबार

    नयाँ नक्साअनुसार संसदको लोगो परिमार्जन गर्ने निर्णय

    काठमाडौं । राष्ट्रियसभाले सरकारले जारी गरेको नयाँ नक्साअनुसार संघीय संसदको लोगो ९प्रतीक० र राष्ट्रियसभाका सांसदले प्रयोग गर्ने लोगो परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले नेपालको नक्सा अद्यावधिक भएपछि त्यसैअनुसार संघीय ससदको लोगो र राष्ट्रिय सभाका सांसदको लोगो परिमार्जन गर्ने निर्णय गरेको संघीय संसद सचिवालयले जनाएको छ । हाल नेपालको संघीय संसदको लोगोमा...

  • २०७७ जेठ ११, आइतबार

    थप १९ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित ६०० नाघ्याे

    काठमाडौं - आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो १९ जनामा कोरोना पुष्टि भएको हो।  योसँगै नेपालमा  संक्रमितको संख्या ६ सय ३ पुगेको छ । प्रवक्ता देवकोटाका अनुसार ४२ जिल्लाका ५ सय २४  पुरुष पुरुष र ७९ महिला गरेर संक्रमितको संख्या ६ सय ३ पुगेको हो । प्रवक्ता देवकोटाका अनुसार शनिबार पर्साको नारायणी...

  • २०७७ जेठ ११, आइतबार

    बाँकेको नरैनापुरमा सेना परिचालन गर्ने गरी निषेधाज्ञा जारी

    काठमाडौं - पछिल्लो समय कोरोनाभाइरसको संक्रमण धेरै देखिएको बाँकेको नरैनापुर गाउँपालिकामा आइतबार राति ८ बजेबाट निषेधाज्ञा जारी गरिएको छ। जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले पुरै गाउँपालिकामा सेना परिचालन गरेर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए। नरैनापुरमा मात्र १ सय १४ जना कोरोना संक्रमित छन्। जसमा एक जनाको मृत्यु भइसकेको छ। गाउँपालिकाको ५...

  • २०७७ जेठ ११, आइतबार

    काठमाडौं सोह्रखुट्टेका कोरोना संक्रमित अष्ट्रेलियाबाट फर्किएका

    काठमाडौं – आइतबार पुष्टि भएका काठमाडौंका एकजना कोरोना संक्रमित सोह्रखुट्टेका ६९ वर्षीय पुरुष भएको जनाइएको छ । ती संक्रमित पुरुष गत चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएको थाहा हुन आएको छ । काठमाडौं महानगरपालिका–१६ का वडा कार्यालयले जनाएअनुसार विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए । उनी घरमै बसिरहेका थिए । पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि...

  • २०७७ जेठ १०, शनिबार

    थप ३२ जनामा काेराेना संक्रमण, कुल संक्रमित ५४८ पुगे

    काठमाडौं । शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु, सर्लाही, रुपन्देही, काठमाडौंलगायतका जिल्लामा कोरोना संक्रमित भेटिएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सर्लाहीको गोडैता र कविलासी नगरपालिकामा १३ जना संक्रमित भेटिएका छन् । त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिकामा ८ जना संक्रमित भेटिएका छन् । रुपन्देहीमा ८...

  • २०७७ जेठ १०, शनिबार

    सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश रहेनन्

    काठमाडौं – सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीशको सुशीला सिंह शिलुको शुक्रबार निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा सिंहको निधन भएको हो । एक सातादेखि बिरामी परेकी ८१ वर्षीय सिंहको उपचारका क्रममा उनको निधन भएको हो । पेटमा समस्या देखिएपछि उनीलाई अस्पताल भर्ना गरिएको र पछि ब्रैनस्ट्रोक भएको जनाइएको छ । उनी महिलातर्फ पहिलो न्यायाधीश, वरिष्ठ अधिवक्ता र सर्वोच्च बारको संस्थापक...

  • २०७७ जेठ १०, शनिबार

    अन्जान शाक्य उत्कृष्ट राजदूत

    काठमाडौं– ​एम्बेसडर क्लब अफ इजरायलकले इजरायलको स्वतन्त्रता दिवसको अवसरमा तेल अबिब स्थित नेपाली राजदूत अञ्जान शाक्यलाई ‘एम्बेस्डर अफ इयर २०१९-२०२०’ सम्मान गरेको छ । इजरायलको स्वतन्त्रता दिवसको अवसरमा उनलाई बर्षको उत्कृष्ट राजदूतको रूपमा छनौट गरिएको हो । एम्बेसडर क्लब अफ इजरायलका निर्देशक समितिले इजरायलमा रहेका ९० कुटनितिक नियोगहरु मध्येबाट नेपाल र इजरायलको सम्बन्धलाई प्रगाढ बनाउन योगदान गरेकोले...

  • २०७७ जेठ १०, शनिबार

    एकै दिन ६८ जनामा कोरोना संक्रमण

    काठमाडौं – शनिबारमात्र नेपालमा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । शनिबार बिहान मात्र ३२ जनामा कोरोना पोजिटिभ पुष्टि भएको थियो भने दिउँसो थप ३६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार दिउँसो थप ३६ जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेमा सेती अस्पतालको...

  • २०७७ जेठ १०, शनिबार

    थप ७ जनामा संक्रमण, एकै दिन ७५ जनामा संक्रमण

    काठमाडौं – नेपालमा एकैदिन ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६८ जनामा देखिएको बताइसक्दा साँझ फेरि ७ जनामा कोरोना देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले शनिबार साँझ रुपन्देहीको गैडहवामा ३, कपिलवस्तुका ३ र गुल्मी मदाने...

  • २०७७ जेठ ९, शुक्रबार

    कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनमा झन्झट, जंगलमा शव गाड्नुपर्‌याे

    काठमाडौं – रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ । नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शब निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो । मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४...

  • २०७७ जेठ ९, शुक्रबार

    नेपालमा सङ्क्रमितको सङ्ख्या ५१६

    कोभिड– १९ को सङ्क्रमण आज फेरि नौ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडामा गरिएको परीक्षणमा नौ जनामा सङ्क्रमण देखिएको बताउनुभयो । नयाँ सङ्क्रमितमा मकवानपुर हेटौँडा उपमहानगरपालिका–३ का ५४ वर्षीया महिला,...

  • २०७७ जेठ ९, शुक्रबार

    भक्तपुरका सहित ९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । भक्तपुर जिल्लाका एकजनामा सहित थप ९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । शुक्रबार राति भक्तपुरको भक्तपुर नगरपालिका–९ मा ४२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी, बारा, सप्तरी, र मकवानपुरमा गरी ९ जना नयाँ संक्रमितको पहिचान भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाराको सिमरनगढ नगरपालिकामा २२, २७, ३०, ३४...

Pages