राष्ट्रिय
-
२०७७ जेठ १५, बिहिबार
‘बन्दाबन्दीको अवधिलाई शून्य अवधिको मान्यता’
सर्वोच्च अदालतले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि सरकारको गरेको बन्दाबन्दीको अवधिभरलाई शून्य समयको मान्यता दिने र सो अवधि न्यायिक कार्यमा गणना नगर्ने फैसला गरेको छ । नेपालको न्यायिक इतिहासमै पहिलो पटक प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका सबै १९ न्यायाधीशको उपस्थिति भएर बृहत् पूर्ण इजलासले बन्दाबन्दी अवधिलाई शून्य समयको मान्यता दिने र बन्दाबन्दी खुलेको ३० दिनभित्र अदालतमा उपस्थित हुने...
-
२०७७ जेठ १५, बिहिबार
‘आदिवासी जनजातिको संख्या थपिनु समुदाय फुटाउने खेल’
काठमाडौं – नेपालमा रहेको आदिवासी जनजाति समुदायअन्तर्गत सरकारले राना थारु समुदाय थप गरिएकोमा नेपाल आदिवासी जनजाति महासंघ, महासंघसँग आवद्घ विभिन्न ५६ वटा सदस्य संगठनहरु र महासंघकै १२ वटा सम्बन्धन गठनहरुले ध्यानाकर्षण जनाएको छ । सरकारले गत जेठ ४ गते राजपत्रमा राना थारु समुदायलाई आदिवासी जनजाति समुदायअन्तर्गत राखेर नेपालमा आदिवासी जनजातिको संख्या ६० बनाएको थियो । महासंघसम्बद्ध ६९ वटा संगठनहरुद्वारा...
-
२०७७ जेठ १५, बिहिबार
महिला सफाइ मजदुरहरुलाई महिनावारी स्वच्छता सामग्री वितरण
काठमाडौं – गैर सरकारी संस्था गुथि र एरोशान नेपालको पहलमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका अन्तर्गत अनौपचारिक क्षेत्रमा काम गर्ने ३ सय सफाइ मजदुरलाई महिनावारी स्वच्बछता सामग्री वितरण गरियो । उक्त अवसरमा महिला पत्रकारहरुलाई पनि महिनावारी स्वच्छता सामग्री उपलब्ध गराइएको थियो । समारोहमा बोल्दै काठमाडौ महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गीले महिनवारी आफैमा महिलाहरुको एक मात्र पहिचान भएको...
-
२०७७ जेठ १५, बिहिबार
बिहीबार एकैदिन १७१ जनामा संक्रमण पुष्टि
काठमाडौं – नेपालमा एकैदिन बिहीबार एकैदिन १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो एकैदिन भेटिएको अहिलेसम्मकै उच्च संख्या हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार १९८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा चार वर्षकी बालिका र ८ वर्षका बालक पनि छन् । अरु संक्रमित १४ देखि ७० वर्ष...
-
२०७७ जेठ १४, बुधबार
क्वारेन्टाइनमा रहेका एक पुरुषको मृत्यु
काठमाडौं – बर्दियाको गुलरिया नगरपालिकास्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेका एकजना पुरुषको मृत्यु भएको छ । गुलरिया नगरपालिका ९ स्थित घर भएका ५५ वर्षीय पुरुष सूदुरपश्चिम प्रदेशको अछामबाट फर्किएपछि मंगलबार क्वारेन्टाइनमा राखिएको थियो । कामदारको रुपमा अछाम पुगेका उनी जेठ ८ गते अछाम डोटी अत्तरिया हुँदै १३ गते बर्दिया प्रवेश गरेको थियो । बुधबार बिहान ६ः२० बजे उनको क्वारेन्टाइनमै मृत्यु भएको...
-
२०७७ जेठ १४, बुधबार
गरिबको आरडिटी परीक्षण निःशुल्क गर्नू : सर्वोच्च अदालत
काठमाडौं – सर्वोच्च अदालतले गरिब र विदेशबाट फर्केका नेपालीको आरडीटी विधिबाट गरिने कोरोना संक्रमणको परीक्षण निःशुल्क गर्न आदेश जारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जेठ २ गते अन्तरिम आदेश जारी गरी कोरोना परीक्षणको लागि शुल्क लिन पाइने व्यवस्था गरेको थियो । यसविरुद्ध न्यायाधीश तेजबहादुर केसीको मंगलबार बसेको इजलासले उक्त अन्तरिम निर्देशिका सामाजिक न्यायको दृष्टिले उपयोगी नदेखिएको भन्दै...
-
२०७७ जेठ १४, बुधबार
एकै दिन ११४ जनामा संक्रमण पुष्टि, कुल संक्रमित ८८६ पुग्यो
काठमाडौं – नेपालमा बुधबार एकै दिन ११४ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धरान, विराटनगर, पोखरा, हेटौंडा, दाङ र पोखरामा गरिएको परीक्षणमा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएका हुन् । योसँगै कुल संक्रमित संख्या ८८६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार बुधबार धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान...
-
२०७७ जेठ १४, बुधबार
दलित हत्याको घटनाप्रति नेवाः देय् दबूको भर्त्सना
काठमाडौं – नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूले रुकुम भएको दलित हत्याको घटनालाई लिएर घोर भर्त्सना गरेको छ । नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्राकारले सो घटनालाई अमानवीय घटनाको संज्ञा दिँदै त्यस्ता घटना दोहोरिन नदिन र समाजमा जातीय सद्भाव कायम राख्न रुकुम घटनाका सम्पूर्ण दोषीलाई कानुनी दायरमा ल्याएर कानुनी कारवाही गर्न नेपाल सरकारसँग माग पनि गरेका छन् । जाजरकोट भेरी नपा ४ रानागाउँका २१...
-
२०७७ जेठ १४, बुधबार
थप १५ जनामा संक्रमण पुष्टि, एकै दिन १२९ जनामा संक्रमण
काठमाडौं – कर्णालीमा थप १५ जनामा कोरोना पुष्टि भएसँगै बुधबार एकै दिन १२९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बुधबार ११४ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै कुल संक्रमितको संख्या पनि ९०१ पुगेको छ । वीरेन्द्रनगरको प्रयोगशालामा भएको परीक्षणबाट १५ जनामा पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । नयाँ संक्रमितमध्ये वीरेन्द्रनगर...
-
२०७७ जेठ १३, मंगलबार
भारतीय नाकाबाट दुई घन्टामा ४८ सय नेपाली भित्रिए
काठमाडौं – दुई घन्टामा ४८ सय नेपाली भारतीय नाकाबाट भित्रिएका छन् । कैलालीसँग सीमाना जोडिएको गौरीफन्टा नाकालाई बिहान १० बजेदेखि दुई घण्टाका लागि खोलिएको थियो । त्यो समय यति धेरै मानिस नेपाल प्रवेश गरेका हुन् । यो संख्या लकडाउन पछिको सबैभन्दा बढी हो । भारतबाट आउनेको संख्या बढेपछि दिउँसोको १ः३० बजेसम्म पनि आउन दिइएको थियो । कोरोना महामारीको कारण भारतमा लकडाउन लम्बिँदै गएपछि त्यहाँ रहेका नेपालीहरु...
-
२०७७ जेठ १३, मंगलबार
एकै दिन ९० जना कोरोना संक्रमित थपिए, कुल संक्रमित ७७२ पुग्यो
काठमाडौं – मंगलबार एकै दिन थप ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै नेपालमा संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशका विभिन्न प्रयोगशालामा भएको परीक्षणमा ९० जनाको रिपोर्ट पोजेटिभ आएको हो । २ वर्षीया बालिकामा समेत संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा गरिएको पीसीआर परीक्षणमा...
-
२०७७ जेठ १३, मंगलबार
वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले सफलताको बाटो पहिल्याउने
विजयरत्न असंबरे वल्र्ड नेवाः अर्गनाइजेशन अमेरिका च्याप्टरले वर्तमान युवा पुस्तालाई लक्ष्यित गरेर स्टेप टु सक्सेस नामक एउटा कार्यक्रम गर्ने भएको छ । [caption id="attachment_34690" align="alignleft" width="200"] सुनिल माथेमा प्रधान[/caption] उक्त संस्थाको युथ डिभिजनको तत्वावधानमा सम्पन्न हुने सो कार्यक्रम अहिले भईरहेको लकडाउनको कारण डिजिटल प्लेटफर्मको प्रयोग गरेर गरिन लागेकोे हो । यो कार्यक्रम...


