राष्ट्रिय
-
२०७६ फाल्गुण १०, शनिबार
टेलिकम र निगम हाँकेका कंसाकार भन्नुहुन्छ, ‘अवसर पाए अझै काम गर्छु’
–रमेश लम्साल विगत २२ वर्षदेखि नियमित दैनिकी जस्तै छ, बाबा रामदेवको योग । त्यतिबेला रामदेव को हुन् भन्ने कुरा नेपालमा धेरैलाई थाहा थिएन । उनकै अनुशरण गरेकाले नै हुनुपर्छ स्वास्थ्य राम्रो छ । जीवनभर नेपाली जनताको सेवा गरेकाले पनि मलाई निजी क्षेत्रका कुनै पनि संस्थाले तान्न सक्दैनन् । पटकपटक निजी क्षेत्रको संस्थाको नेतृत्व लिइदिनुप¥यो भनेर प्रस्ताव पनि आए, आइरहेकै पनि छ । मलाई किनकिन निजी क्षेत्रमा...
-
२०७६ फाल्गुण १०, शनिबार
कोरोनाभाइरस प्रकोपले दरबार हाइस्कुल हस्तान्तरणमा ढिलाइ
चीनबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल ९भानु माध्यमिक विद्यालय० को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन गर्न आउनुपर्ने भएको हुँदा हस्तान्तरणमा ढिलाइ भएको हो । चीनको वुहानबाट शुरु भएको कोरोनाभाइरस प्रकोपका कारण अनुगमन टोली आउन समस्या भएको छ । माघको पहलो साता नै निर्माण...
-
२०७६ फाल्गुण १०, शनिबार
एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन एमसिसी परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन गर्न बनेको नेकपाको कार्यदलले प्रतिवेदन पेस गरेको बताउँदै यस विषयमा विस्तृत अध्ययन गरी परिमार्जनसहित...
-
२०७६ फाल्गुण १०, शनिबार
पश्चिमी न्यूनचापीय वायुको प्रभाव लम्बिने
दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यूनचापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान गरिएको छ । मौसमविद् शान्ति कँडेलको भनाइमा नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणाली प्रकृति हेर्दा अझै एक÷दुई दिन रहने सम्भावना छ । यसले मौसम पूर्णरुपमा सुधार आउन केही दिन लाग्ने देखिएको छ । तथापी नेपालमा नयाँ मौसमी प्रणालीका अलावा प्रिःमनसुनको मौसमको पूर्वअवस्था भएकाले आगामी दिनमा मौसमी गतिविधि...
-
२०७६ फाल्गुण १०, शनिबार
पशुपतिको फोहर सफाइ शुरु
महाविशरात्रिका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर सफाइ अभियान शुरु गरिएको छ । महाशिवरात्रि सकिएलगत्तै वाग्मती सफाइ महाअभियानको ३५४औँ हप्ताको सफाइका क्रममा पशुपतिनाथ मन्दिरअघिको राममन्दिर क्षेत्रमा सफाइ गरिएको थियो । सफाइमा पशुपति क्षेत्र विकास कोष, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १४ संस्थाका ३५० जनाभन्दा बढी अभियानकर्मीको...
-
२०७६ फाल्गुण १०, शनिबार
देशमा नीतिगत भ्रष्टाचार मौलाएको छ अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले देशमा नीतिगत भ्रष्टाचार मौलाएको आरोप लगाउनुभएको छ । शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले आमूल परिवर्तनको नारा भ्रष्टाचारमा मात्र सिमित भएको बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “लोकतन्त्रको आवरणमा अहिले देशमा भ्रष्टाचार व्याप्त छ, अहिलेको देशको ठूलो चुनौती नै भ्रष्टाचार हो ।” देशमा संस्थागत र नीतिगत रुपमै भ्रष्टाचार भइरहेकाले यसलाई रोक्न...
-
२०७६ फाल्गुण १०, शनिबार
गल्ती गर्ने छुट कसैलाई छैन ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको हो । “सञ्चारमन्त्रीको विषयमा आएको कुराका बारेमा प्रधानमन्त्रीले तत्काल पहल लिएर उहाँलाई राजीनामा दिने र बाँकी अनुसन्धान गर्नुपर्ने...
-
२०७६ फाल्गुण ९, शुक्रबार
महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ समारोहमा राष्ट्रपति सरिक
राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि...
-
२०७६ फाल्गुण ९, शुक्रबार
गोठमै आउँछन् दूध किन्ने ग्राहक
सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा हुनुहुन्छ । घर नजिकै...
-
२०७६ फाल्गुण ९, शुक्रबार
नेपालभाषामा राष्ट्रियगान गाएर मातृभाषा दिवस मनाइयो
काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) आज विविध कार्यक्रम गरी मनाइयो । यस अवसरमा काठमाडौंको असनमा पनि मातृभाषा दिवस मनाइएको छ । मातृभाषा दिवसको अवसरमा नेपालको राष्ट्रियगान ‘सयौं थुंगा’लाई नेपालभाषामा गाइएको थियो । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालमा बोलिने विभिन्न मातृभाषामै राष्ट्रियगान गाउन पाउनुपर्ने माग पनि उठाइएको थियो । कार्यक्रममा नेवाः...
-
२०७६ फाल्गुण ९, शुक्रबार
शिवालयमा भक्तजनको भीड ः डेढ लाखबाट पशुपतिको दर्शन
महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा देवादीदेव महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ । बिहान ७ बजेसम्म डेढ लाख बढी भक्तजनले पशुपतिनाथ मन्दिरभित्र प्रवेश गरी पूजा आराधना एवं दर्शन गरिसकेका छन् । लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शनको प्रतीक्षामा छन् । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने...
-
२०७६ फाल्गुण ९, शुक्रबार
गाँजा सेवन गर्न नपाउने भएपछि हराए भोलेबाबा
बागेश्वरी मन्दिरको पूर्वतर्फ शिव महादेवको मूर्ति छ । शिवरात्रिमा भोलेबाबाले खचाखच भरिने बागेश्वरी मन्दिर परिसरमा यस वर्ष शिवभक्त देखिएनन् । उसो त अन्य समयमा पनि जुँगे महादेवको पूजा अर्चना गर्न बागेश्वरीमा उस्तै भीड हुन्छ । अन्य समयभन्दा शिवरात्रिका दिन भीड बढ्ने गर्छ । जुँगे महादेवको मूर्तिमा प्रसाद चढाउन र पूजाअर्चना गर्न भक्तजन लामो समय लाममा बस्नुप¥यो । नेपाल प्रहरीले लामलाई व्यवस्थित...


