STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ७, बुधबार

    प्रजातन्त्र दिवस विशेषः आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन

    नेपालमा निरंकुशताविरुद्धमा लोकतन्त्र र मानवअधिकार पक्षमा विभिन्न कालखण्डमा अनेक किसिमका सङ्घर्षहरु भए । वर्तमानसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढी देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण जग भने २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन नै हो । तत्कालीन अवस्थामा अहिलेको जस्तो जनतामा चेतना नभएको वास्तविकतामा जनस्तरबाट आन्दोलन...

  • २०७६ फाल्गुण ७, बुधबार

    राससको ५९औँ वार्षिकोत्सव स् प्रदेश प्रमुख ‘प्यासी’ शुभकामना

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राष्ट्रिय समाचार समिति रासस को ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै बहुविचारको संरक्षण रासस रहेको बताउनुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रियता, स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, बालबालिका, ज्येष्ठ नागरिक, महिला एवं मानवअधिकारको रक्षाका लागि निष्पक्ष, स्वतन्त्र, तठस्थरूपमा रहन राससको क्षमता अभिवृद्धि...

  • २०७६ फाल्गुण ७, बुधबार

    पश्चिमी वायुको प्रभाव हल्का वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य...

  • २०७६ फाल्गुण ६, मंगलबार

    सभामुख सापकोटासँग युरोपेली मुलुकका राजदूत तथा राष्ट्रसङ्घीय प्रतिनिधिद्वारा भेट

    सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदूतले भेटघाटको क्रमलाई बढाएका छन् । सभामुख सापकोटासँग सोमबार नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभएको छ । भेटमा नर्वेली राजदूतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पु¥याउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने...

  • २०७६ फाल्गुण ६, मंगलबार

    नलगाडको मुआब्जा वितरणको बाटो खुल्यो

    नलगाड जलविद्युत् आयोजनाबाट लामो समयदेखि थाँती रहेको मुआब्जाको वितरणको विवाद सल्टिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय जाजरकोटमा बसेको बैठकले मुआब्जा वितरणको कुरा सल्ट्याएको हो । मुआब्जा वितरणमा विभेद भएको भन्दै आलोचना गर्दै आएका स्थानीयवासी माग सम्बोधन भएपछि मुआब्जा वितरणको बाटो खुलेको छ । पीडितले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, ऊर्जामन्त्री वर्षमान पुनलगायतलाई भेटेर मुआब्जाको रकम...

  • २०७६ फाल्गुण ६, मंगलबार

    ७० प्रतिशत भूकम्पपीडितलाई तेस्रो किस्ता प्रदान प्रमुख ज्ञवाली

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास निर्माणका लागि अनुदान बुझी आवास निर्माण हुन नसकेको परिवारको खोजी हुने बताउनुभएको छ । उहाँले सरकारी अनुदान बुझेर घर पुनःनिर्माण हुन नसकेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम हुने बताउनुभयो । कुन घर किन बनेन भन्ने बारे प्राधिकरणले सबै तथ्याङ्क व्यवस्थित गर्न थालेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो ।...

  • २०७६ फाल्गुण ६, मंगलबार

    मोटर र झोलुङ्गे पुल निर्माण

    म्याग्दीको मङ्गला र मालिका गाउँपालिको सिमानामा पर्ने दुखुखोलामा मोटर चल्ने र मङ्गला–२ को भाइवाङखोलामा झोलुङ्गे पुल निर्माण भएको छ । दुवै पुलको सोमबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले उद्घाटन गर्नुभयो । मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकअन्तर्गत दुखुखोलामा रु दुई करोड छ लाखको लागतमा २० मिटर लम्बाइ र छ मिटर चौडाइ भएको मोटर...

  • २०७६ फाल्गुण ६, मंगलबार

    अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला शुरु

    गलकोट नगरपालिका–५ टेउवामा अन्तर्राष्ट्रिय आधुनिक मूर्तिकला कार्यशाला शुरु भएको छ । गलकोट कला प्रतिष्ठानद्वारा आयोजित कार्यशालाको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो । मुख्यमन्त्री गुरुङले कलाका माध्यमबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको चिनारी विस्तार गर्न कार्यशाला सहयोगी बन्ने धारणा राख्नुभयो । “दश देशका मूर्तिकारले यहाँको सन्देश लिएर जानुहुनेछ, एक करोडमा...

  • २०७६ फाल्गुण ६, मंगलबार

    हेटौँडा–काठमाडौँ सुरुङमार्ग पहिलो प्राथमिकता मन्त्री फुयाँल

    वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडा र सङ्घीय राजधानी काठमाडौँलाई जोड्ने भीमफेदी–काठमाडौँ सुरुङमार्ग निर्माणलाई आफूले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । मन्त्री फुयाँलले राससकर्मीसंँग कुरा गर्दै मुलुकको समृद्धिका लागि प्रधानमन्त्रीले देखाउनुभएको सपना र वाग्मती प्रदेशका मुख्यमन्त्रीले तयार पार्नुभएको योजना पूरा गर्न आफू लागिपर्ने...

  • २०७६ फाल्गुण ६, मंगलबार

    क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

    राष्ट्रियसभाको बैठकमा सांसदहरुले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको शून्य समयमा सत्तापक्षीय नेकपाका सांसद बलरामप्रसाद बाँस्कोटाले चीनबाट हालै फिर्ता ल्याएर क्वारेन्टाइनमा राखिएका विद्यार्थीको अवस्थाबारे सदनलाई जानकारी गराउन माग गर्नुभयो । चीनबाट नेपाली विद्यार्थीलाई समयमै...

  • २०७६ फाल्गुण ६, मंगलबार

    राष्ट्रियसभाद्वारा शोकप्रस्ताव पारित

    राष्ट्रियसभाले पूर्वसांसद भागवत ज्ञवालीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको उक्त शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामनासहित एक मिनेट मौनधारणसमेत गरिएको छ । पूर्वसांसद ज्ञवाली विसं २०४८ को प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका तर्फबाट गुल्मी जिल्ला क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो ।...

  • २०७६ फाल्गुण ६, मंगलबार

    महराको थुनामुक्तबारे सदनलाई जानकारी

    प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौँ जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको फैसलाबारे उक्त जानकारी गराउनुभएको हो । बैठकलाई जानकारी दिइएपछि सांसद महराको निलम्बन फुकुवा भएको छ । तत्कालीन सभामुख महराले सो प्रकरणपछि सभामुख पदबाट महरलाई पक्राउ पुर्जी जारी भएका बारे महानगरीय प्रहरी वृत्त,...

Pages