STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ९, शुक्रबार

    ‘सत्तामा पुगेपछि विचलित हुने विश्व कम्युनिष्ट इतिहास’

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट विचलित भई बिग्रिने विश्व इतिहासको सङ्केत नेपालमा पनि देखिन थालेको बताउनुभएको छ । नेकपाका संस्थापक एवं मध्यपुरथिमिका बासिन्दा नारायणविलास जोशीका स्मृतिमा मध्यपुरथिमि शङ्खधर चोकस्थित जनआदर्श क्याम्पस परिसरमा निर्माण हुन लागेको नारायणविलास जोशी स्मृति...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    डढुवा रोगले गोलभेंडा खेती सखाप

    डढुवा रोगले गोलभेडालाई नष्ट पारेपछि बैतडीको डिलाशैनी गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गोलभेडामा डढुवाको संक्रमण फैलिएर बाली नै नष्ट भएपछि किसान चिन्तित बनेका हुन् । गाउँपालिकाको वडा नं ६ गोकुलेश्वरमा डढुवा र फाट्ने रोगका कारण लाखौँ मूल्य बराबरको गोलभेडा नष्ट भएको किसानको भनाइ छ । तरकारीखेतीबाटै जीविकोपार्जन गरिरहेका किसानले लगाएको गोलभेडामा उक्त रोग लागेपछि चिन्तित बनेका स्थानीय सुरेश...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    महाशिवरात्रि तथा सेना दिवस–टुँडिखेलमा बढाइँ समारोहमा राष्ट्रपति सरिक

    राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि तथा सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीबाट त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गर्नुभयो । राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । नेपाली सेनाले २०४७ सालदेखि...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    गोठमै आउँछन् दूध किन्ने ग्राहक

    सबेरै र साँझ नछिप्पिँदै शिवप्रसाद शर्मालाई गाईभैँसी दुहुन भ्याइनभ्याइ हुन्छ । दुही नसक्दै दूध किन्ने ग्राहक गोठछेउ झुम्मी सक्छन् । ताजा र पोषिलो दूध भाडामा भर्छन्, पैसा तिर्छन्, जान्छन् । यसरी गोठमै दूध लिन आउने ग्राहक १० जना छन् । बाँकी दूध शर्माले बजारका घरघर पु¥याउनुहुन्छ । कतिले दैनिक त केहीले मासिक पैसा दिन्छन् । बागलुङ नगरपालिका–२ का शर्मा विसं २०६७ देखि दुग्ध व्यवसायमा हुनुहुन्छ । घर नजिकै...

  • २०७६ फाल्गुण ९, शुक्रबार

    नेपालभाषामा राष्ट्रियगान गाएर मातृभाषा दिवस मनाइयो

    काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस (फेब्रुअरी २१) आज विविध कार्यक्रम गरी मनाइयो । यस अवसरमा काठमाडौंको असनमा पनि मातृभाषा दिवस मनाइएको छ । मातृभाषा दिवसको अवसरमा नेपालको राष्ट्रियगान ‘सयौं थुंगा’लाई नेपालभाषामा गाइएको थियो । जनकवि दुर्गालाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालमा बोलिने विभिन्न मातृभाषामै राष्ट्रियगान गाउन पाउनुपर्ने माग पनि उठाइएको थियो । कार्यक्रममा नेवाः...

  • २०७६ फाल्गुण ८, बिहिबार

    बालिका बलात्कारका घटना बढ्यो

    काठमाडौं– प्रदेश ३ मा बालिका बलात्कारका घटना बढेको तथ्याङ्क सार्वजनिक भएको छ । मानवअधिकार वर्ष पुस्तक सार्वजनिक गर्दै अनौपचारिक सेवा केन्द्र इन्सेकले ३ नम्बर प्रदेशका १३ वटा जिल्लामा बलात्कृत हुनेमध्ये ६६ प्रतिशत बालिका रहेको जानकारी दिएको छ । इन्सेकले सार्वजनिक गरेको ३८६ वटा बलात्कारका घटनामध्ये २५३ जना बालिका र १३३ जना वयस्क महिला छन् । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार सबैभन्दा बढी काठमाडौंमा ९७...

  • २०७६ फाल्गुण ८, बिहिबार

    नइ प्रकाशनले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका दशलाई पुरस्कार

    नइ प्रकाशनले राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका दश महानुभावलाई २०७६ सालका पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ । प्रकाशनले चिकित्सा क्षेत्रका डा. गौरीशङ्करलाल दासलाई ‘नइ भावि पुरस्कार’, राष्ट्रियता प्रबद्र्धनका लागि मानक राष्ट्रिय झण्डाका निर्माता इञ्जिनीयर तथा आर्किटेक शङ्करनाथ रिमाललाई ‘नइ कीर्तिनिधि पुरस्कार’ समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘नइ ईश्वर बराल पुरस्कार’ र...

  • २०७६ फाल्गुण ७, बुधबार

    लन्डन विश्वविद्यालयमा नेपालभाषाको पुस्तक लोकार्पण

    काठमाडौं– लन्डन विश्वविद्यालयमा प्रथम युरोपव्यापी नेवार संस्कृति र सम्पदा सम्मेलनको क्रममा नेपालभाषाको पुस्तक लोकार्पण भएको छ । डा. बालगोपाल श्रेष्ठको ‘झीगु सको देय् : नेवा समाजया संस्कार, संस्कृति व धर्मकर्मया मानवशास्त्र’ पुस्तक सो सम्मेलनमा लोकार्पण भएको थियो । अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक डा. डाभिड गेल्नर र लन्डन विश्वविद्यालयका प्राध्यापक डा. माइकल हटलगायतले संयुक्त रुपमा पुस्तकको...

  • २०७६ फाल्गुण ७, बुधबार

    कूटनीतिक पक्षलाई जोगाउँदै राष्ट्रिय हितमा एमसीसी पास हुन्छ अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाले नेपालको राजनीतिक मानचित्र बदलेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा द्वारा मङ्गलबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएका छन् भन्नुभयो । “ दुवै...

  • २०७६ फाल्गुण ७, बुधबार

    प्रजातन्त्र दिवस विशेषः आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन

    नेपालमा निरंकुशताविरुद्धमा लोकतन्त्र र मानवअधिकार पक्षमा विभिन्न कालखण्डमा अनेक किसिमका सङ्घर्षहरु भए । वर्तमानसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढी देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण जग भने २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन नै हो । तत्कालीन अवस्थामा अहिलेको जस्तो जनतामा चेतना नभएको वास्तविकतामा जनस्तरबाट आन्दोलन...

  • २०७६ फाल्गुण ७, बुधबार

    राससको ५९औँ वार्षिकोत्सव स् प्रदेश प्रमुख ‘प्यासी’ शुभकामना

    प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले राष्ट्रिय समाचार समिति रासस को ५९औँ वार्षिकोत्सवको अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै बहुविचारको संरक्षण रासस रहेको बताउनुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै उहाँले राष्ट्रियता, स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र, बालबालिका, ज्येष्ठ नागरिक, महिला एवं मानवअधिकारको रक्षाका लागि निष्पक्ष, स्वतन्त्र, तठस्थरूपमा रहन राससको क्षमता अभिवृद्धि...

  • २०७६ फाल्गुण ७, बुधबार

    पश्चिमी वायुको प्रभाव हल्का वर्षाको सम्भावना

    पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षाको सम्भावना रहेका मौसम पूर्वानुमान विभागले जनाएको छ । मंगलबार पश्चिमी क्षेत्रबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । सुदूरपश्चिम क्षेत्र तथा अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य...

Pages