STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ११, आइतबार

    सवारी साधन र धुलोसँगै बित्छ ट्राफिक प्रहरीको दैनिकी

    उपत्यकाभित्रको सडकमध्ये धुलो र धुवाँले निकै चर्चा बटुलेको सडक हो चावहिल–साँखु सडकखण्ड । दैनिक धुलो र धुवाँले कुहिरीमण्डल बन्ने उक्त सडकमा अहिले पनि कालोपत्रको काम भइरहेको छ । सडकको यो दयनीय अवस्थाका कारण सर्वसाधारणले त सास्ती खेपिरहेका छन् नैै, सडकमै दिन बिताउने ट्राफिक प्रहरी पनि यसको प्रत्यक्ष सिकार बन्ने गरेका छन् । निर्माण शुरु भएको लामो बितिसक्दा यस सडकखण्डले अझै सम्पन्नता पाउन सकेको छैन ।...

  • २०७६ फाल्गुण ११, आइतबार

    मगर एकता दिवस फागुन मनाइने

    काठमाडौं । नेपाल मगर संघ बुटवल उपमहानगर समितिले बुटवलमा ३८ औं मगर एकता दिवस साताव्यापी कार्यक्रम गरी मनाउने भएको छ । मगर समुदायले फागुन १५ लाई मगर एकता दिवसको रूपमा मनाउँदै आएको छ । दिवसकै अवसर पारेर समितिले शुक्रबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम गरेको छ । त्यस्तै शनिबार बुटवल सुख्खानगरस्थित संघका कार्यालयमा रक्तदान कार्यक्रम राखिएको छ । यसैगरी फागुन ११ गते भोजनदान राखिएको छ । अन्तर्राष्ट्रिय...

  • २०७६ फाल्गुण ११, आइतबार

    बिपीको पूर्णकदको शालिक निर्माण

    झापाको कनकाईस्थित बिपी वन बाटिकामा विश्वेश्वरप्रसाद कोइरालाको पूर्णकदको शलिक निर्माण गरिएको छ । कनकाई नगरपालिकाको रू १३ लाख १३ हजारको लागतमा उक्त शालिक निर्माण गरिएको नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो । पाँच फिट छ इञ्च अग्लो शालिकको कलाकार हिम्मत नेम्बाङले निर्माण गर्नुभएको हो । विसं २०४८ देखि खाली रहेको जमिनमा स्थानीय काँग्रेसका नेता कार्यकर्ताले वृक्षरोपण गरी संरक्षण गरेको चार...

  • २०७६ फाल्गुण ११, आइतबार

    सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह

    सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गर्नुभएको छ । अर्थमन्त्रीसमेत रहनुभएका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई राम्रोभन्दा पनि जस्ताको जस्तै जनता समक्ष पु¥याउनुपर्नेमा जोड दिनुभयो । उहाँले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक,...

  • २०७६ फाल्गुण ११, आइतबार

    प्रधानमन्त्री ओली जन्मघरमा

    प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा आज अपराह्न २ बजे आइपुग्नुभएको छ । उहाँलाई सङ्घीय सांसद भवानीप्रसाद खापुङ, प्रदेशसभा सदस्य लक्ष्मण तिवारी र तेजमान कङ्दम्वा, गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बू र स्थानीयवासीले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्रीको स्वागतमा लिम्बू समुदायको च्याब्रुङ नाच, सङ्गिनी नाच तथा विभिन्न झाँकी...

  • २०७६ फाल्गुण ११, आइतबार

    तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन लागिपरेका छौँ ः प्रम ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले तीव्र विकासमार्फत जनतालाई सुखसुविधा उपलब्ध गराउन सरकार लागिपरेको बताउनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका, यासोकमा बृहत् पम्पिङ खानेपानी आयोजना तथा विद्युतीकरणको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले तीव्रताका साथ विकासका काम अघि बढाउनु नै सरकारको मुख्य लक्ष्य रहेको बताउनुभयो । आफू झण्डै ५० वर्षअघि यासोक र रानीगाउँ क्षेत्रमा हिँडेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले...

  • २०७६ फाल्गुण ११, आइतबार

    डोला उठाउँदै प्रचण्डद्वारा मिथिला परिक्रमाको उद्घाटन

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मिथिलाविहारी भगवान्को डोला उठाउँदै मिथिला परिक्रमाको उद्घाटन गर्नुभएको छ । मिथिलाविहारी मन्दिर पुग्नुभएका प्रचण्डले हेलिकोप्टरबाट पुष्पवृष्टिसमेत गर्नुभएको थियो । उहाँले सो अवसरमा परिक्रमा प्रारम्भ हुने स्थलमा धर्मशाला बनाउने घोषणा गर्नुभएको छ । परिक्रमाको आज उद्घाटन गर्नुहुँदै प्रचण्डले परिक्रमा प्रारम्भ हुने स्थल धनुषाको...

  • २०७६ फाल्गुण ११, आइतबार

    राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना फागुन १२ गते प्रचारप्रसार गर्ने

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिनुभएको छ । ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उहाँले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको...

  • २०७६ फाल्गुण ११, आइतबार

    क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी

    कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित सत्ती भन्सार कार्यालयमा क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी आएको छ । सो नाकाबाट अधिकांश कृषि तथा पशुजन्य सामग्री आयात हुने गर्दछ । क्वारेन्टाइन नहुँदा राजश्व सङ्कलनमा कमी हुने गरेको कार्यालय प्रमुख रामचन्द्र ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७६÷७७ मा रु सात करोड २९ लाख ७७ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य राखेको भए पनि विगत तीन...

  • २०७६ फाल्गुण ११, आइतबार

    आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै

    पछिल्लो समय यहाँका स्थानीयवासीमा आयुर्वेदिक उपचारमा आकर्षण बढेको छ । स्थानीयस्तरमा पाइने विभिन्न जडीबुटीको साहराले उनीहरु उपचारमा संलग्न हुन थालेका हुन् । भोजपुर नगरपालिका–५ बोखिमका ५६ वर्षीय अर्जुनकुमार राई आयुर्वेद पद्धतिबाट गाउँमै जण्डिस निको भएको अनुभव सुनाउनुहुन्छ । “मलाई स्थानीयस्तरको जडीबुटीले रोग निको गरायो ।”उहाँले भन्नुभयो । जैविक विविधतासँगै हिमाली हावापानीदेखि उष्ण मनसुनी हावापानी...

  • २०७६ फाल्गुण १०, शनिबार

    यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग

    कर्णाली प्रदेशका किशोर–किशोरीले यौन तथा प्रजनन शिक्षामा छुट्टै पाठ्यक्रम बनाउन माग गरेका छन् । बृहत्तर यौनिकता शिक्षाका लागि पाठ्यक्रम अति आवश्यक भएको उनीहरुले औल्याउँदै यस्तो शिक्षाले समृद्ध जीवन बनाउन सहयोग पुग्ने जनाएका छन् । सिडिएस पार्क मुगुद्वारा कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शुक्रबार आयोजित ‘सुरक्षित गर्भपतन’ सम्बन्धी छलफलमा सहभागीले पाठ्यक्रममा यौन तथा प्रजननको विषय भएमा धेरै...

  • २०७६ फाल्गुण १०, शनिबार

    आफू मरेर यात्रुलाई बचाउने चालकद्वयका शालिक चार वर्षदेखि थन्किए

    ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ’ एयर काष्ठमण्डपका चालक दिनेश न्यौपानेले जहाज दुर्घटनाको सङ्केत पाउँदै गर्दा यात्रुलाई अन्तिम सन्देश दिँदै भन्नुभएको थियो, ‘नआत्तिनुहोस् हामी मरेर पनि तपाईहरुलाई बचाउँछौँ ।’ उहाँका शब्द नसकिँदै जहाज अकल्पनीय दुर्घटनामा प¥यो । कालीकोटको चिलखाँयामा फोर्स ल्यान्डिङ गर्ने क्रममा सो कम्पनीको जहाज २०७२ साल फागुन १४ गत दुर्घटनामा परेको थियो ।...

Pages