STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण ४, आइतबार

    वुहानबाट १७५ जनालाई ल्याइयो ः खरिपाटीस्थित क्वारेन्टाइनमा

     चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण भएको क्वारेन्टाइनमा राखिएको छ । आज विहान उनीहरुलाई विमानस्थलबाट बसमा सल्लाघारी, जगाती, च्यामासिंह, कमलविनायक हँुदै खरिपाटीस्थित क्वारेन्टाइनमा ल्याइएको हो । साथमा एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानले स्कटिङ गरेका थिए । चार वटा बसमा...

  • २०७६ फाल्गुण ४, आइतबार

    महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा सफाइ

    वाग्मती सफाइ महाअभियानको ३५३ औँ हप्तामा महाशिवरात्रिको तयारीका लागि पशुपति क्षेत्रको आर्यघाट, सूर्यघाट, राममन्दिर लगायत क्षेत्रमा सफाइ गरिएको छ । सफाइमा १८ संस्थाका ३०० जनाभन्दा बढी अभियानकर्मी सहभागी भएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले जानकारी दिनुभयो । सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । पशुपति क्षेत्र विकास कोषका कार्यकारी...

  • २०७६ फाल्गुण ४, आइतबार

    ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम कोइलाडीमा शुरु

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा÷मुद्दती बचत कार्यक्रम शुरुआत भएको छ । गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले सो कार्यक्रमको बीमा कागज हस्तान्तरण गर्दै शनिबार शुभारम्भ गर्नुभयो । पहिलो दिन शिविरमा ७ वटा वडाका १०३ बालिकाको बीमा गरिएको गाउँपालिकाका सूचना अधिकारी राजेशकुमार झाले जानकारी दिनुभयो । सो अवसरमा बालिकाको स्वास्थ्य जाँच...

  • २०७६ फाल्गुण ४, आइतबार

    ‘एक गाउँ, एक प्राविधिक’ मा जोड

    सुदूरपश्चिम प्रदेशमा रहेका कृषि प्राविधिकहरुले तीन वटै तहका सरकारसित समन्वय गरेर कृषि क्षेत्रको विकास अग्रसर रहनेमा जोड दिएका छन । कञ्चनपुरको बेदकोटस्थित कृषि तालिम केन्द्र सुन्दरपुरमा शनिबार नेपाल कृषि प्राविधिक एशोसियसन नाटा सुदूरपश्चिम प्रदेश कमिटिले आयोजना गरेको भेलामा सहभागी कृषि प्राविधिकहरुले स्थानीय, प्रदेश र संघीय सरकारसितको समन्वयकारी भूमिकामा रहेर कृषि क्षेत्रको विकासमा अग्रसर हुने...

  • २०७६ फाल्गुण ४, आइतबार

    रामथुम्कीलाई नवकपको उपाधि

    विदेशी खेलाडी चम्किदा यहाँ सञ्चालित दोस्रो ‘नवकप सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि व्यास नगरपालिका–११ स्थित रामथुम्की युवा क्लवले हातपारेको छ । व्यास नगरपालिका–१ हाइस्कूलटारस्थित नवयुवा क्लवको आयोजनामा शनिबार दमौलीमा सम्पन्न फाइनल खेलमा व्यास नगरपालिका–१० स्थित अनन्त युवा क्लवलाई २–० गोल अन्तरले हराउँदै रामथुम्कीले उपाधि चुमेको हो । रामथुम्कीका लागि विदेशी खेलाडी डोमी डोमीले खेल शुरुवातको...

  • २०७६ फाल्गुण ४, आइतबार

    आधी ग्राहकले नियमित विद्युत महसुल बुझाउँदैनन्

     विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दी केन्द्रको महसुल बक्यौता रु १३ करोड भन्दा वढी नाघेको छ । चालू आर्थिक वर्षको आठ महिनासम्म प्राधिकरणले ग्राहकबाट असुल गर्नुपर्ने महसुल बक्यौता रु १३ करोड ८५ लाख २० हजार २०० पुगेको छ । केन्द्रका प्रमुख सुधिरकुमार रायले कूल ग्राहकमध्ये उद्योग, कलकारखाना र गार्हस्थ्यका ग्राहकबाट सो रकम महसुल बक्यौता रहेको जानकारी दिनुभयो । केन्द्रको त्रिचालिस हजार ९०० ग्राहक...

  • २०७६ फाल्गुण ४, आइतबार

    सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरणमा ध्यान दिएन ः उपसभापति निधि

    नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले सङ्घीयता र लोकतन्त्र सुदृढीकरण गर्न ध्यान नदिएको आरोप लगाउनुभएको छ । नेपाली काँग्रेस बागलुङ क्षेत्र नं १ ले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई शनिबार यहाँ सम्बोधन गर्दै उहाँले सरकार सङ्घीयताको सिद्धान्त र भावना अनुरुप चल्न नसकेको बताउनुभयो । “प्रधानमन्त्रीले दुई वर्षसम्म एउटै पार्टीको सरकार चल्यो भन्नुभयो । यस्तो प्रगति...

  • २०७६ फाल्गुण ४, आइतबार

    पर्यटकको पहिलो रोजाइ तालपोखरामा डुङ्गा दौड हुँदै

    भ्रमण वर्ष २०२० का अवसरमा पाल्पा रामपुरको पर्यटकीय स्थल तालपोखरामा यही फागुन ८ गते डुङ्गा दौड प्रतियोगिता आयोजना हुने भएको छ । एक सय पर्यटकीय गन्तव्यस्थलमा तालपोखरा समावेश रहेको छ । तालपोखरा संरक्षण विकास समितिद्वारा आयोजना हुने सो प्रतियोगिताका सहभागीले काठको मात्र डुङ्गा प्रयोग गर्नुपर्ने हुन्छ । एक डुङ्गामा दुई जनाले मात्र सहभागीता जनाउन पाउनेछन् । भ्रमण वर्षलाई सफल बनाउन र रामपुरमा आन्तरिक...

  • २०७६ फाल्गुण ४, आइतबार

    तीन गोही मृत अवस्थामा , सात जालमा

    राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् । निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो । ती गोही मर्नुका कारण पत्ता...

  • २०७६ फाल्गुण ४, आइतबार

    कालापानी क्षेत्रको भ्रमण गर्दै उपप्रधानमन्त्री पोखरेल

    उपप्रधानमन्त्री ईश्वर पोखरेलले दार्चुलाको कालापानी क्षेत्रको भ्रमण गर्ने हुनुभएको छ । दार्चुला उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि १३ गतेसम्म सञ्चालन हुन गइरहेको महोत्सवको उद्घाटन कार्यक्रमपछि उहाँ कालापानी क्षेत्रको भ्रमणमा जान लाग्नु भएको हो । उहाँ नेपाली सेनाको हेलिकप्टरबाट दार्चुला पुग्ने कार्यक्रम रहेको उद्योग वाणिज्य सङ्घ दार्चुलाका अध्यक्ष मङ्गलसिंह ठगुन्नाले जानकारी दिनुभयो ।...

  • २०७६ फाल्गुण ४, आइतबार

    प्रधानमन्त्री ओली झापा आगमन

    प्रधानमन्त्री केपी शर्मा ओली झापा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आउनुभएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं। १ का प्रमुख सोमनाथ अधिकारी, मुख्यमन्त्री शेरधन राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तुकुमार नेम्वाङ, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न झापाका प्रतिनिधिसभा र...

  • २०७६ फाल्गुण ४, आइतबार

    पुरातत्व विभागमै सम्पदाप्रेमीको विरोधसभा

    काठमाडौं– ऐतिहासिक ढुङ्गेधारा भएको स्थानमा भवन निर्माणको स्वीकृति दिएकोमा सम्पदा अभियन्ताहरुले पुरातत्व विभागको विरोध गरेका छन् । काठमाडौं महानगरपालिका १ वडास्थित हात्तिसारमा भेटिएको ढुङ्गेधारा भएको स्थानमा पुरातत्व विभागले भवन निर्माणको स्वीकृति दिएको हो । यसको विरोधमा सम्पदा अभियन्ताहरुले फागुन ४ गते आइतबार पुरातत्व विभागमै पुगी कोण सभा गरेका छन् । कोणसभापश्चात् उनीहरुले विभागका प्रमुखहरुसँग...

Pages