STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ फाल्गुण २, शुक्रबार

    वृक्षरोपण अभियानमा मुख्यमन्त्री

    पश्चिमा संस्कृतिको बढ्दो प्रभावसँगै केक काटेर जन्मदिन मनाउने प्रचलन बढिरहेका अवस्थामा लमजुङको बेँसीशहरमा थालिएको वृक्षरोपण अभियान प्रभावकारी बन्दै गएको छ । विसं २०७५ मङ्सिर २९ गतेदेखि औपचारिक शुभारम्भ गरिएको यो अभियानले जनमानसमा सकारात्मक छाप पार्दै गएको जन्मदिनमा वृक्षरोपण अभियान समितिका अध्यक्ष वासुदेव सेढार्इंले जानकारी दिनुभयो । सर्वसाधारणदेखि समाजका लब्धप्रतिष्ठित व्यक्तिसमेतको यस अभियानमा...

  • २०७६ फाल्गुण २, शुक्रबार

    प्रदेश कार्यालयका पूँजीगत खर्च १८ प्रतिशत

    चालू आर्थिक वर्ष २०७६÷७७ मा प्रदेश सरकारअन्तर्गत तनहुँमा रहेका कार्यालयले छ महिनामा पूँजीगत खर्च १८ प्रतिशत मात्र गरेका छन् । साउनदेखि पुस मसान्तसम्मको अवधिमा ती कार्यालयले पूँजीगततर्फ विनियोजन भएको रकममध्ये १८ प्रतिशत मात्रै खर्च गरेको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ । प्रदेश सरकारअन्तर्गतका १७ कार्यालयलाई चालू आवमा पूँजीगततर्फ रु एक अर्ब १८ करोड ९२ लाख एक हजार ८५४ विनियोजन...

  • २०७६ फाल्गुण २, शुक्रबार

    बाजुरामा फैलिएको भाइरल ‘इन्फुयल्जा ए भाइरस’ रहेको पुष्टि

    जिल्लाको हिमाली र स्वामिकात्र्तिक खापर गाउँपालिकामा देखिएको ज्वरोको सङ्क्रमण इन्फुल्जा ‘ए’ भाइरस रहेको पुष्टि भएको छ । चार जनाको ल्याब नमूना परीक्षणपछि रुघाखोकी र ज्वरोको सङ्क्रमण इन्फुल्जा ए भाइरस रहेको प्रमाण भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा गरिएको परीक्षणले ज्वरो र रुघाखोकीको सङ्क्रमण इन्फुल्जा ए भाइरसकै कारण भएको देखिएको स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत...

  • २०७६ फाल्गुण २, शुक्रबार

    फरक क्षमता भएका फूलखेतीमा आकर्षित

    यहाँका फरक क्षमता भएका युवा व्यावसायिकरूपमा फूलखेती गरी आफ्नो जीवन पनि फूल जस्तो सुन्दर बनाउन यस व्यवसायमा आकर्षित हुँदै आएका छन् । फूलखेतीबाट प्रशस्त आम्दानी हुने भएपछि फरक क्षमता भएका व्यक्ति फूल खेतीप्रति आकर्षित बनेका हुन् । समाजमा फरक क्षमता भएका व्यक्तिले अपमानित जीवन बिताइरहँदा तानसेन नगरपालिका–९ अर्खलेमा माडी माण्डव्य कृषि समूहमा सङ्गठित हुँदै फूलखेतीमा आफ्नो भविष्य खोजी गर्न थालेका हुन्...

  • २०७६ फाल्गुण २, शुक्रबार

    महाशिवरात्रिको तयारीका लागि पशुपतिमा सफाइ

    महाशिवरात्रिका लागि पशुपति क्षेत्रका विभिन्न स्थानमा सफाइ शुरु गरिएको छ । पर्वलाई सफा र स्वच्छ वातावरणमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषको आह्वानमा स्थानीय सङ्घसंस्था गुह्येश्वरी विनायक युवा क्लब, पशुपति गुह्येश्वरी महिला विकास संस्था, तिलगङ्गा महिला समूह र कोषका कर्मचारीको संयुक्त उपस्थितिमा कैलाश डाँडा क्षेत्रमा सफाइ गरिएको हो । महाशिवरात्रिमा पशुपतिमा स्वदेशी एवं विदेशी गरी लाखौँ धार्मिक...

  • २०७६ फाल्गुण २, शुक्रबार

    केरूङ नाकाको बन्द यथावत

    कोरोना भाइरस सर्ने आशङ्काले बन्द भएको रसुवागढीदेखि केरूङसम्मको आवतजावत यथावतरूपले बन्द कायम राखिएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण सर्न नदिन छिमेकी अधिकारीको सहमतिमा गत पुस १५ गतेदेखि १५ दिनका लागि बन्द केरूङको आवतजावत सात दिनका लागि पुनःबन्द राख्न चिनियाँ अधिकारीलाई आग्रह गरिएको हो । रसुवागढी क्षेत्रमा स्वास्थ्यको पूर्वाधार निर्माण नभएका कारण सात दिनका...

  • २०७६ फाल्गुण २, शुक्रबार

    सूचना प्रविधि विधेयक छिट्टै पारित हुन्छ सञ्चारमन्त्री बाँस्कोटा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सूचना प्रविधि विधेयकका केही असमझदारीलाई किनारा लगाएर छिट्टै संसद्बाट पारित हुने बताउनुभएको छ । क्यान इन्फोटेक मेलाको २६औँ संकरणको आज उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले डिजिटल क्षेत्रमा सुशासन, पारदर्शिता र डिजिटल कारोवारको वैधता आदि विषयलाई ध्यान दिएर सरकारले विधेयक ल्याएको उल्लेख गर्नुभयो । डिजिटलको दुरुपयोग रोक्न र यसबाट हुने अपराध...

  • २०७६ फाल्गुण १, बिहिबार

    एमसिसी सम्झौता नेपालका लागि खतरा छ ः बिजुक्छे

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोला भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्छ भन्नुभएको छ । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । अध्यक्ष विजुक्छेले एमसिसी सम्झौता...

  • २०७६ फाल्गुण १, बिहिबार

    २० वर्ष नपुग्दै विवाह अधिकांश शिशु कुपोषित

     सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ । सुत्केरी हुन स्वास्थ्य संस्था पुग्नुभएकी उहाँलाई स्वास्थ्य संस्थाले थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेतमा पठायो । प्रदेश अस्पताल सुर्खेतमा उहाँको बच्चा जन्मियो तर, बच्चा कम तौलको थियो । उहाँको बच्चाको तौल जम्मा एक किलो ७०० ग्राम मात्रै छ । १५ दिनकी सुत्केरी...

  • २०७६ फाल्गुण १, बिहिबार

    प्याडले छात्रा गयल अन्त्य

    महिनावारीको समयमा छात्रालाई विद्यालय आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले सामुदायिक विद्यालयलाई सेनेटरी प्याड उपलब्ध गराएको छ । महिनावारी हुँदा विद्यालयमा गयल हुने प्रवृत्ति बढेपछि गाउँपालिकाले दश विद्यालयमा प्याड उपलब्ध गराएको हो । गाउँपालिकाभित्रका चार माध्यमिक र छ आधारभूत विद्यालयलाई पाँच हजार १७० थान प्याड वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।...

  • २०७६ फाल्गुण १, बिहिबार

    ‘मेरो प्यारो ओखलढुङ्गा’मा भएनन् पर्यटक आकर्षित

    पर्यटनको प्रचुर सम्भावना रहेको सिद्धिचरण नगरले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्न सकिरहेको छैन । युगकवि सिद्धिचरण श्रेष्ठको नाममा रहेको सिद्धिचरण नगर घुम्न आउने पर्यटक अहिले मन खिन्न पारेर फर्किने गरेका छन् । ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता पढेका सिन्धुपाल्चोकका विपिन न्यौपाने साथीहरुसहित माघ पहिलो साता यहाँ आउनुभयो । उहाँले कवितामा कल्पना गरेजस्तो मन भुलाई हाल्ने ठाउँ सदरमुकाम आसपासमा...

  • २०७६ फाल्गुण १, बिहिबार

    लिच्छविकालीन शैलीमा मन्दिर निर्माण

    मौलिक शिल्प र सामग्री प्रयोग गरेर बागलुङ नगरपालिका–४ कुँडुलेस्थित श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरको नवनिर्माण गरिएको छ । लिच्छविकालीन शैली झल्कने गरी मन्दिर बनाइएको अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताउनुभयो । विसं २०४२ मा बनेको मन्दिर जीर्ण भएपछि सोही ठाउँमा नयाँ निर्माण गरिएको हो । प्यागोडाशैलीको मन्दिरमा श्रीराम अङ्किन कालीगण्डकी नदीका शिला ९ढुङ्गा० र सालको काठ प्रयोग गरिएको छ । उदयपुरबाट...

Pages