STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ २९, बुधबार

    सिन्धुपाल्चोकको गुम्बा गाउँमा कोरोना नभएको पुष्टि

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका गुम्बागाउँमा भाइरल सङ्क्रमण भए पनि कोरोना भाइरसको सङ्क्रमणको सम्भावना नरहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाईले आफू मङ्गलबारबाट अध्ययनमा लागेको र त्यहाँ चीनबाट कसैको पनि आवतजावत नभएकाले कोरोना नभएको बताउनुभयो । उहाँका अनुसार आफूहरुले सो गाउँको यात्रा विवरणबारे बुझ्न लगाएको र निरन्तर अध्ययनमा नै रहेको बताउनुभयो । सो क्षेत्रमा हाल देखा...

  • २०७६ माघ २९, बुधबार

    भक्तपुरका जनतामा कोरोनाको त्रास

    जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा पर्चा, पम्प्लेट टाँसिएका छन् । गेटमा प्रहरी तैनाथ छन् । प्राधिकरणको गेटअगाडि अचेल दैनिक स्थानीय बासिन्दाले सरकारविरुद्ध नाराबाजी गर्ने गरेका छन् । कोही नारा लगाइरहेका देखिन्छन्, महिला र ज्येष्ठ नागरिकको मुहारमा निकै चिन्ता र...

  • २०७६ माघ २९, बुधबार

    दाताहरु भन्दैछन्– “हाम्रो जग्गा फिर्ता देउ”

    आफ्नै दैलोअगाडि बसपार्क बन्ने भएपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरका खड्कबहादुर जिसीले वर्षभरि खानपुग्ने धान फल्ने खेत निःशुल्क उपलब्ध गराए । बसपार्क बन्ने आशामा जिसीले जग्गा दिएको १६ वर्ष पूरा भएको छ । बस पार्कलाई आवश्यक जमिन उपयोग गर्न दिने र बाँकी जमिन फिर्ता पाउने सर्तमा जिसीले आफ्नो जग्गा समितिको नाममा दिएको बर्षौं बित्यो । तर अहिलेसम्म न बसपार्क बन्यो र नत जग्गा नै फिर्ता भयो । उपल्लाचौरको...

  • २०७६ माघ २९, बुधबार

    सुँगुरको खोरसँगै सुत्न बाध्यछन् रुन्तीहरु

    रुन्ती मरिक सुँगुरको खोरसँगै बस्ने मात्र होइन सुत्न बाध्य हुनुहुन्छ । गएको पाँच वर्षदेखि नै सुँगुरको खोरमाथि छ उहाँको सुत्ने ठाउँ । सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ लोखरमका गोला मरिकसँग बिहे गरेर आएदेखि उहाँ सुँगुरको खोरमाथि बनेको सानो मचानमा सुत्दै आउनुभएको छ । एक्काइस वर्षीया रुन्तीका दुई छोरी र एक छोरा छन्, उनीहरु पनि त्यही खोरमै जन्मिएका हुन् । जेठी छोरी पूजा चार वर्षकी भइन्, छोरा नितिश तीन...

  • २०७६ माघ २९, बुधबार

    पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध सर्वोच्चमा रिट

    सर्वोच्च अदालतमा बालुवाटारमा रहेको ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराईलाई अनुसन्धानको दायरामा ल्याउन आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतलाई विपक्षी बनाई आज वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गर्नुभएको रिट निवेदनमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई अख्तियारको छानबिनको दायरामा ल्याउनुपर्ने...

  • २०७६ माघ २९, बुधबार

    खरिपाटी ल्याइने नेपाली चिकित्सकीय निगरानीमा रहने

    काठमाडौं– बेइजिङस्थित नेपाली दूतावासले चीनको हुबेमा रहेका नेपालीहरूलाई स्वदेश फर्काउनका लागि शनिवार जहाजको उडान अनुमति मागेको जानकारी त्यहाँ रहेका नेपालीहरूलाई दिएको छ । दूतावासले पठाएको सन्देशमा नेपालीहरूलाई उद्धारका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ । चिनियाँ नागरिक उड्डययन निकायबाट उडान अनुमति आउने बित्तिकै कोरोनाभाइरसबाट प्रभावित हुबेमा रहेका झन्डै दुई सय नेपालीहरूको उद्धारका लागि अन्य...

  • २०७६ माघ २८, मंगलबार

    पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा फागुनबाट सञ्चालनको तयारी

    भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ । भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा...

  • २०७६ माघ २८, मंगलबार

    प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी

    नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको नेतृत्व लिनुभयो । शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ‘को’ आउला भन्ने अहिले आम चासोको विषय बनेको छ । प्रहरी महानिरीक्षकको कार्यकाल चारवर्षे भए पनि यसपटक आइजीपी...

  • २०७६ माघ २८, मंगलबार

    पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत

    प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी, बाढीजन्य प्रकोप आदिले प्रभाव पारेको पोखराको पर्यटनमा यतिखेर भने भाइरल सङ्क्रमणको असर पर्ने सङ्केत देखिएको छ । छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइस यतिखेर नेपालको पर्यटनका लागि पनि चुनौती बन्ने प्रारम्भिक सङ्केत देखिएको पोखरेली पर्यटन व्यवसायीले...

  • २०७६ माघ २८, मंगलबार

    अप्ठ्यारो परे मलाई भन्नुहोस् प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सिआइपी सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो । उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार...

  • २०७६ माघ २८, मंगलबार

    चीनका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने

    खरिपाटीमा राख्दा स्थानीयले विरोध नगर्ने काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ । मन्त्रिपरिषदको बैठकले फागुन ३ गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ । वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन् । वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका...

  • २०७६ माघ २८, मंगलबार

    त्रिभुवन विमानस्थलको कफि पसलमा लागेको आगो नियन्त्रणमा

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलमा माघ २७ गते सोमबार राति आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थाननजिकको प्रतीक्षा कक्षसँगै रहेको कफि पसलमा आगो लागेको हो । आगो लागेको केही समयपछि नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ । आगलागीका कारण निघौतक विमानस्थलको उडान अवतरण अवरुद्ध बनेको थियो ।...

Pages