राष्ट्रिय
-
२०७६ माघ २८, मंगलबार
पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा फागुनबाट सञ्चालनको तयारी
भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीयस्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलोपटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदैछ । भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा...
-
२०७६ माघ २८, मंगलबार
प्रहरी महानिरीक्षक खनालको आज अनिवार्य अवकाश, को बन्ला नयाँ आइजी
नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिँदै हुनुहुन्छ । उहाँले झण्डै २२ महिना महानिरीक्षक भएर प्रहरी सङ्गठनको नेतृत्व लिनुभयो । शान्ति, सुरक्षा र अमनचयनको पहिलो घेरामा उभिएर सेवा प्रवाह गर्ने प्रहरीको २७ औँ प्रहरी महानिरीक्षकमा ‘को’ आउला भन्ने अहिले आम चासोको विषय बनेको छ । प्रहरी महानिरीक्षकको कार्यकाल चारवर्षे भए पनि यसपटक आइजीपी...
-
२०७६ माघ २८, मंगलबार
पोखराको पर्यटनमा कोरोना भाइरसको प्रभाव पर्ने सङ्केत
प्राकृतिक विपत्तिका साथै समयसमयमा फैलिने रोगजन्य प्रकोपको प्रभाव नेपाली पर्यटन बजारमा पर्ने गरेको छ । पछिल्ला केही वर्षमा विनाशकारी भूकम्प, हिम आँधी, बाढीजन्य प्रकोप आदिले प्रभाव पारेको पोखराको पर्यटनमा यतिखेर भने भाइरल सङ्क्रमणको असर पर्ने सङ्केत देखिएको छ । छिमेकी राष्ट्र चीनमा फैलिएको कोरोना भाइस यतिखेर नेपालको पर्यटनका लागि पनि चुनौती बन्ने प्रारम्भिक सङ्केत देखिएको पोखरेली पर्यटन व्यवसायीले...
-
२०७६ माघ २८, मंगलबार
अप्ठ्यारो परे मलाई भन्नुहोस् प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा निजी क्षेत्रको साझा प्रयासबाट मात्र मुलुकको समृद्धि सम्भव हुने बताउनुभएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘महत्वपूर्ण व्यावसायिक व्यक्ति’ सिआइपी सम्मान एवं सुशोभन समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको पुनः दोहो¥याउनुभयो । उहाँले निजी क्षेत्रको अप्ठ्यारा र असुविधा सम्बोधन गर्न सरकार तयार...
-
२०७६ माघ २८, मंगलबार
चीनका नेपालीलाई फागुन ३ गते स्वदेश ल्याइने
खरिपाटीमा राख्दा स्थानीयले विरोध नगर्ने काठमाडौं– चीनमा रहेका नेपाली विद्यार्थीलाई फागुन ३ गते स्वदेश ल्याइने भएको छ । मन्त्रिपरिषदको बैठकले फागुन ३ गतेको मिति तय गरेको एक मन्त्रीले जानकारी दिए । ती विद्यार्थी ल्याउनका लागि नेपाल एयरलाइन्सको जहाज पठाइने भएको छ । वुहानमा रहेका १८० नेपाली विद्यार्थीले नेपाल आउनका लागि आवेदन दिएका छन् । वुहानमा रहेकालाई ल्याउन ढिला गरेको भन्दै विद्यार्थीका...
-
२०७६ माघ २८, मंगलबार
त्रिभुवन विमानस्थलको कफि पसलमा लागेको आगो नियन्त्रणमा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको एक पसलमा माघ २७ गते सोमबार राति आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थाननजिकको प्रतीक्षा कक्षसँगै रहेको कफि पसलमा आगो लागेको हो । आगो लागेको केही समयपछि नै दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । प्रारम्भिक अनुसन्धानको क्रममा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने देखिएको छ । आगलागीका कारण निघौतक विमानस्थलको उडान अवतरण अवरुद्ध बनेको थियो ।...
-
२०७६ माघ २८, मंगलबार
मेचीनगर र बेलायतको फक्सटनबीच गाँसियो मितेरी सम्बन्ध
मेचीनगर नगरपालिका र बेलायतको फक्सटन टाउन काउन्सिलबीच सोमबार मितेरी सम्बन्ध गाँसिएको छ । मेचीनगरका प्रमुख विमल आचार्य र फक्सटनका तर्फबाट मेयर जेकी मेडले मितेरी सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । मितेरी सम्झौतामा हस्ताक्षर गर्न बेलायतबाट मेयर जेकी मेडको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइतबार झापा आइपुगेको थियो । टोलीमा मितेरी सम्झौता गर्न फक्सटन काउन्सिलद्वारा गठित समितिका सेक्रेटरी नील जोन,...
-
२०७६ माघ २७, सोमबार
वडास्तरबाट प्रहरी एकाइ स्थापना गर्न सुझाव
गण्डकी प्रदेश सरकारले प्रहरी संरचना गठन गर्न जिल्लास्तरमा सुझाव सङ्कलन शुरु गरेको छ । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आइतबार यहाँ आयोजित कार्यक्रममा सरोकारवालाको सुझाव सङ्कलन गरिएको हो । मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेश प्रहरी गठन गर्दा अपनाउन सकिने रणनीति बनाउन जनस्तरमा पुगेर सुझाव सङ्कलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । प्रदेशका एघार वटै...
-
२०७६ माघ २७, सोमबार
धुलिखेल अस्पताललाई शवपरीक्षण अनुमति
धुलिखेल सामुदायिक अस्पतालले पनि शवपरीक्षण सेवा सञ्चालन गर्ने अुनमति प्राप्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सो अस्पताललाई यही माघ १ गते अनुमति दिएको जनाइएको छ । काभ्रेमा शिर मेमोरियल अस्पतालले शवपरीक्षण सेवा प्रदान गर्दै आएको छ । आइतबार अस्पतालले सेवा सञ्चालन गर्न आवश्यक तयारीमा जिल्लास्थित प्रशासन, प्रहरी र अदालतका प्रमुखहरुसँग परामर्श ग¥यो । अस्पतालका डा राजकुमार कार्कीका अनुसार...
-
२०७६ माघ २७, सोमबार
निजी आवास पुनःनिर्माणमा ग्रामीण क्षेत्र अगाडि
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निजी आवास पुनःनिर्माणमा ललितपुरको ग्रामीण क्षेत्र अब्बल रहेका जनाएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआई नेपालद्वारा आइतबार यहाँ आयोजित ‘भूकम्प पछिको पुनःनिर्माण र पुनःस्थापनामा सदाचार सार्वजनिक सुनुवाइ’ कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरण कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठले सो जानकारी दिनुभयो । उहाँले जिल्लाका ग्रामीण भेगका समुदाय शहरी क्षेत्रको...
-
२०७६ माघ २७, सोमबार
बुद्धत्व प्राप्तिको प्रस्थानविन्दु अनोेमाघाटमा पूर्णिमा उत्सव
लुम्बिनी भ्रमण वर्षका अवसरमा ऐतिहासिक धार्मिक एवं पुरातात्विकस्थल ‘अनोेमाघाट’मा पूर्णिमा उत्सव मनाइयो । प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको समन्वयमा आइतबार साँझ उत्सव मनाइएको हो । भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्तिका लागि केश मुण्डन गरी गेरु वस्त्र धारण गरेको स्थलका रुपमा सो घाट सुपरिचित छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ मा अवस्थित सो घाटलाई पर्यटकीयस्थलका रुपमा...
-
२०७६ माघ २७, सोमबार
पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग
विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आउनुभएको थियो । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा ९पदमार्ग० मार्फत भकुण्डे पुग्नुभयो । जिल्लालाई भ्रमणको पहिलो रोजाइ बनाएका भेगनका पर्यटक त्यहाँ पुग्दा केही कमी भएको अनुभव गरेको प्रतिक्रिया दिनुभयो । पहिलेको ढुङ्गे परम्परागत पदमार्ग सडक विस्तारका क्रममा भत्काइएपछि अहिले...


