STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ माघ ५, आइतबार

    रोकिएन छाउपडी गोठ बनाउन

    छाउपडी गोठ भत्काउने अभियानअन्तर्गत हालसम्म ६७ गोठ भत्काइएका छन् । जिल्लाको बडीकेदार गाउँपालिका वडा नं ३ को सिदुरेपानीमा २८ ,वडा नं १ र २ को बिपिनगर, बर्छैन र बिठारा गााउँमा ३६ तथा जोरायल गाउँपालिका–५ धुपारी गाउँमा तीन ती छाउगोठ भत्काइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जानकारी दिनुभयो । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ...

  • २०७६ माघ ५, आइतबार

    भ्रमण वर्षका सामग्रीले अन्तराष्ट्रिय बजार जमाउँदै

     भ्रमण वर्ष सफल बनाउन देश विदेशमा विभिन्न प्रचारात्मक अभियान शुरु भएका छन् । २० लाख पर्यटक भित्र्याउने योजनासहित थालिएको यस अभियानलाई निजी क्षेत्रले पनि साथ दिँदै प्रचारात्मक अभियानमा जुटेका छन् । अहिले भ्रमण वर्षको लोगो अङ्कित स्वेटर, गलबन्दी, झोला, टोपीले आन्तरिक तथा बाह्य बजार जमाउन सुरुआत गरेका छन् । ती आकर्षक सामग्रीको माग निकै बढिरहेको छ । बुटवलको तिलोत्तमा नगरपालिका रुपन्देहीमा स्थापना...

  • २०७६ माघ ५, आइतबार

    त्रिपालमुनिबाट सेवा दिँदै छन् मुग्लिनका प्रहरी

    प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीले कमीकमजोरी गरेको थाहा भए नागरिकले आफ्नै ठानेर सम्झाउन आग्रह गर्नुभएको छ । इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको भवन शनिबार शिलान्यास गर्नुहँुदै उहाँले सङ्गठनभित्र केही कमीकमजोरी हुनसक्ने भन्दै कहीँकतै कमजोरी भए आफ्नै सम्झेर सम्झाउनुपर्छ भन्नुभयो । महानिरीक्षक खनालले भन्नुभयो, “सङ्गठनभित्र सबै राम्रो हुन्छ भन्ने हुँदैन, सानातिना केही भए...

  • २०७६ माघ ५, आइतबार

    हुम्ला दुर्गम रहेन, सडक सञ्जालले जोडिँदै

    एकमहिनाभित्र हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसित जोडिने भएको छ । बाजुरा र हुम्लाको बिचमा अवस्थित कवाडी खोला माथि बेलिब्रिज जडानसँगै हुम्लामा पहिलोपटक मोटर पुग्ने मार्ग अगाडि बढेको हो । हालसम्म हुम्ला सडक सञ्जालसँग जोडिन सकेको छैन । हुम्लालाई सडक सञ्जालले जोड्न नेपाली सेनाले अहोरात्र काममा जुटिरहेको छ । कर्णाली करिडोर अन्तर्गत सेनाले कालीकोटको लालुदेखि हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडकको...

  • २०७६ माघ ५, आइतबार

    परामर्श केन्द्र स्थापना

    लागुऔषधको प्रयोग, रोकथाम र नियन्त्रणका लागि तनहुँको व्यास नगरपालिकामा कानूनी तथा मनोसामाजिक परामर्श केन्द्र स्थापना गरिएको छ । नेपाल प्रहरी र व्यास नगरपालिकाको सहकार्यमा व्यास नगरपालिकाको हाताभित्र परामर्श केन्द्र स्थापना गरिएको हो । केन्द्रको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शनिबार संयुुक्तरुपमा उद्घाटन गर्नुभयो । नेपाल प्रहरीको सामुदायिक प्रहरी...

  • २०७६ माघ ५, आइतबार

    शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा

    उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको शिख स्वास्थ्यचौकीमा सुरक्षित गर्भपतन सेवा पुनः सञ्चालन आएको छ । दक्ष जनशक्ति र उपकरणको अभावमा दुई वर्षदेखि सो सेवा रोकिएको थियो । सुरक्षित गर्भपतन सेवामा सहज पहुँच बढाउन वडाका जनप्रतिनिधि र अगुवाको पहलमा पुनः सेवा शुरु गरिएको स्थानीय सेते तिलिजाले जानकारी दिनुभयो । अनिच्छितरुपमा रहेको १२ हप्तासम्मको गर्भपतन गर्न पाउने सुविधा छ । स्वास्थ्यचौकी...

  • २०७६ माघ ५, आइतबार

    बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

    जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ । बाह्रबिसे बजारको पूर्वतर्फ ३०० मिटर, पश्चिमतर्फ भोटेकोशी पुल, उत्तरतर्फ इलाका प्रहरी कार्यालय र दक्षिणतर्फ क्षमादेवी जाने बाटासहितको चार...

  • २०७६ माघ ५, आइतबार

    दोस्रो किस्ता लिने लाभग्राही एकजना पनि भएनन्

    आंशिक क्षति ब्यहोरेका लाभग्राहीलाई घरको प्रवलीकरण गर्न रु एक लाख अनुदान उपलब्ध गराउँदै आए पनि नुवाकोटका पीडितले लिन बेवास्ता गरेका छन् । जिल्ला आयोजना कार्यान्वयन एकाइअन्तर्गत रहेको अनुदान व्यस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयको अनुसार यहाँका एक हजार ५७४ प्रवलीकरण लाभग्राही रहेकामा २२ प्रतिशतले अनुदान सम्झौता गरेको र तीमध्ये पहिलो किस्ताबापत अनुदान रकम लिने २० प्रतिशतमात्र छ । आयोजनाका प्रमुख...

  • २०७६ माघ ५, आइतबार

    एमसिसी राष्ट्रको हितमा छ ः प्रवक्ता श्रेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वएमाले र माओवादी इतिहास भइसकेको भन्दै भागबन्डाका आधारमा पार्टी चल्न नसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल बागलुङ शाखाले आज बागलुङ बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा सचिवालय सदस्यसमेत रहनु भएका श्रेष्ठले सभामुख पूर्वएमाले अथवा पूर्वमाओवादीबाट भन्नेभन्दा सक्षम नेतालाई बनाउने बताउनुभयो । “एमाले र माओवादी भन्ने इतिहास हो”,...

  • २०७६ माघ ५, आइतबार

    कोरियामा भन्दा बङ्गुरपालनमै बढी आम्दानी

    मिहिनेत गर्ने बानीको विकास गरी स्वदेशमा नै पसिना बगाउन तयार हुँदा विदेशी भूमिमा टेक्न रहर गर्नु पर्दैन । स्वदेशमै पसिना बगाउने तयार भएका नेपाली युवाहरु स्वदेशमा नै कोरियाको तुलनामा बढी आम्दानी गर्न सकिन्छ भन्ने नमूना हो । पाल्पाको माथागढी गाउँपालिका–४, झडेवाकी यमकला काम्मुको बङ्गुरपालन व्यवसायमा एकपटक पुग्नैपर्ने बङ्गुर फार्म हो । काम्मुले बङ्गुरको पाठापाठीको कारोवारबाट दुई वर्षमा रु २४ लाख १५...

  • २०७६ माघ ५, आइतबार

    हेटौँडा प्रदेश राजधानी हुँदा चितवनवासी खुशी

    वाग्मती प्रदेशको राजधानी मकवानपुरको हेटौँडा हुँदा छिमेकी जिल्ला चितवनका बासिन्दा खुशी भएका छन् । सङ्घीय राजधानी चितवन हुनुपर्ने माग गर्दै आएका यहाँका बासिन्दा भौगोलिक कारणले प्रदेशको राजधानीसमेत टाढा पर्ने हो कि भन्ने चिन्तामा रहेका थिए । आफ्नै जिल्लामा प्रदेशको राजधानीसमेत नभएपछि छिमेकी जिल्लामा स्थायी राजधानीको चित्त बुझाउँदै यहाँका बासिन्दा खुशी भएका छन् । माडी नगरपालिका–७ निवासी महदत्त...

  • २०७६ माघ ३, शुक्रबार

    प्रधानमन्त्री र शीर्ष नेताबीच छलफल

    प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले सत्य निरूपण तथा मेलमिलाप आयोगमा पदाधिकारी चयनलगायतका विषयमा आज नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्नुभएको छ । द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा...

Pages