राष्ट्रिय
-
२०७६ माघ ६, सोमबार
हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ
अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ वरिपरि गत माघ ३ गते बिहान १० बजेको आएकोे हिमपहिरोमा परी उनीहरु सम्पर्कविहीन हुन पुगेका थिए । घटनामा केही विदेशी पर्यटक तथा नेपाली उम्किन सफल भएका थिए । नेपाली पथप्रदर्शक सरोज परियार,...
-
२०७६ माघ ६, सोमबार
विधेयक पारित
राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह ९अन्तरसम्बन्ध व्यवस्थापन० विधेयक, २०७५’ पारित गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो । बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा...
-
२०७६ माघ ६, सोमबार
कामदार भागेपछि लोकमार्गको निर्माण ठप्प
राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–घोडाबाँधे सडकको काम शुरु नगर्दै कामदार भागेका छन् । कामदार भागेसँगै बागलुङ–अछेते खण्डको काम पुनः अलपत्र परेको लोकमार्ग आयोजनाले बताएको छ । यस खण्डको २५ किमीमध्ये अक्षेते बिहूँ खण्डमा सन्तोषजनक काम भए पनि बागलुङ बजारको उपल्लाचौरदेखि अक्षेते बिहूँसम्मको सडक निर्माणमा खटिएका कामदार भागेको स्थानीयवासीले बताएका छन् । जिल्लावासीको...
-
२०७६ माघ ६, सोमबार
स्वास्थ्य शिविरमा परीक्षण गराउनेको घुइँचो
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट दुई हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् । यहाँस्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रद्वारा गत शुक्रबारदेखि आइतबारसम्म सञ्चालित शिविरमा दुई हजार ३५० लाभान्वित भएका हुन् । प्रसूतितर्फ ४३६, छालातर्फ १०४, श्वासप्रश्वासतर्फ ६४९, भिडियो एक्सरेतर्फ २३०, नाक, कान, घाँटीतर्फ १३७, इसिजीतर्फ १२२,...
-
२०७६ माघ ६, सोमबार
संरक्षण नहुँदा सिद्धेश्वर शिवालय मन्दिरको अस्तित्व सङ्कटमा
विसं १८१० मा निर्मित सिद्धेश्वर शिवालय मन्दिर जोगाउन गाउँले जुटेका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित मन्दिरको पुनः निर्माणसहित वृहत्तर विकास योजना अघि बढाइएको छ । संरक्षण नहुँदा मन्दिरको अस्तित्व नासिने खतरा थियो । “दशवर्षे गुरुयोजना बनाएर काम थालेका छौँ”, मन्दिर संरक्षण परिषद्का अध्यक्ष ज्ञानबहादुर थापाले भन्नुभयो, “जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा चिनाउने लक्ष्य छ ।” उहाँका अनुसार...
-
२०७६ माघ ६, सोमबार
भ्रमण वर्ष ‘एक महिना, एक कार्यक्रम’
नेपाल भ्रमण वर्ष २०२० मा आउने पर्यटकलाई लक्षित गरि बागलुङका होटल व्यवसायलाई पर्यटकमैत्री बनाइने भएको छ । बागलुङ पर्यटन विकास समितिले ‘एक महिना, एक कार्यक्रम’ अनुसार पहिलो महिना पोखरामा सफल ठानिएका लेकसाइडका होटल रेष्टुराँको अध्ययन अवलोकन गर्ने भएको छ । बागलुङ उद्योग वाणिज्य सङ्घ, बागलुङ पर्यटन विकास समिति र बागलुङ होटल तथा रेष्टुराँ व्यवसायी समितिको संयुक्त आयोजना तथा होटल व्यवसायी महासङ्घ...
-
२०७६ माघ ६, सोमबार
महाधिवेशन तोक्न युनियनको बैठक
महाधिवेशनको मिति तोक्ने गरी नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक मङगलबार चितवनमा हुने भएको छ । बैठकले नवाँै महाधिवेशनको मिति र स्थान तोक्ने केन्द्रीय अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो । यसअघि मङ्सिरमा महाधिवेशन हुने भनिएपनि प्राविधिक कारणले महाधिवेशन हुन सकेको थिएन । युनियन नेपाली काँग्रेसको शुभेच्छुक संस्था हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि पत्रकारसँग सम्बद्ध...
-
२०७६ माघ ६, सोमबार
उपल्लो डोल्पामा हिमपात रोक्न हिउँमै बसेर पूजा
उपल्लो डोल्पाको पुग्मो गाउँमा निरन्तर परिरहेको हिमपात रोक्न स्थानीयले हिउँमै बसेर लामा पूजा गरेका छन् । तीन दिनसम्म हिउँ पर्न नरोकिएपछि हिउँको थुप्रोमै बसेर लामा पूजा गरिएको शे–फोक्सुण्डो गाउँपालिका–९ पुग्मोका स्थानीय रिग्जिन बैजीले जानकारी दिनुभयो । ‘हिउँ पर्न रोकिएर घाम लागोस्’ भनेर पुग्मो गाउँका स्थानीयले सामूहिक पूजा सम्पन्न गरेको र केहीमात्रामा हिउँ पर्न रोकिएको उहाँले बताउनुभयो । हिमपहिरो...
-
२०७६ माघ ६, सोमबार
तरकारीमा आत्मनिर्भर बनाइँदै
दार्चुलाको नौगाड गाउँपालिकाले तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको छ । गाउँपालिकाले वडा नम्बर २ दल्लेख, सुण्डमुण्डु तथा वडा नम्बर ५ को बसर क्षेत्रलाई तरकारी पकेट क्षेत्रको रुपमा विस्तार गरी यहाँका तीन वटा बस्तीलाई तरकारी करिडोर बनाएर तरकारीमा आत्मनिर्भर बनाउने योजना अगाडि बढाएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले व्यावसायिक तरकारी उत्पादनलाई महत्व दिएर योजना कार्यान्वयन शुरु गरेको छ ।...
-
२०७६ माघ ६, सोमबार
बन्ने भो अग्यौलीमा चिस्यान केन्द्र
नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले...
-
२०७६ माघ ६, सोमबार
एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...
-
२०७६ माघ ६, सोमबार
एकीकृत जाँचचौकी मङ्लबारदेखि सञ्चालनमा आउने
बहुचर्चित एवं बहुप्रतीक्षित एकीकृत भन्सार जाँचचौकी मङ्गलबारदेखि सञ्चालनमा आउने भएको छ । नेपाल सरकारलाई भारत सरकारले सो चौकी निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि सञ्चालनमा आउन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीमा मङ्गलबार एकै समयमा ‘स्वीच अन’ गरी चौकीको शुभारम्भ गर्ने कार्यक्रम रहेको उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्रालय, वाणिज्य,...


