राष्ट्रिय
-
२०७६ माघ २, बिहिबार
पोखरामा धरहरा
धरहरा भन्नासाथ प्रत्येकको मन मस्तिष्कमा काठमाडौँको सुन्धाराकै धरहराको झझल्को आउँछ । गोर्खा भूकम्पका कारण क्षतिग्रस्त त्यो धरहरा पुनःनिर्माण भइसकेको छैन । तर, पोखराको लागि भने धरहरा नौलो कुरा हो । भूकम्प पश्चात सबैको चासो र चर्चामा रहेको धरहराको अनुभव गराउने उद्देश्यले युनाइटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा धरहरा ठड्याइएको छ । महोत्सवका सहभागीका लागि यतिखेर धरहरा नौलो...
-
२०७६ माघ २, बिहिबार
कर्णालीमा ‘विकास परिषद् बैठक’ हुँदै
कर्णाली प्रदेशको विकास र समृद्धिका लागि राजधानी सुर्खेतमा पहिलो पटक ‘कर्णाली प्रदेश विकास परिषद्’को बैठक हुने भएको छ । कर्णाली प्रदेश सरकारले यही माघ १० गते सुर्खेतको शुभ होटेलमा विकास परिषद्को बैठक आयोजना गर्ने भएको हो । बैठकको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुनेछ । कर्णाली प्रदेश योजना आयोग ९गठन तथा कार्य सञ्चालन० आदेश, २०७५ को दफा ७ को प्रावधानबमोजिम पहिलो...
-
२०७६ माघ २, बिहिबार
सरकार आदिवासी जनजाति विस्थापित गर्ने पक्षमा
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले ३ नम्बर प्रदेशको नाम ‘बागमती’ प्रदेश र राजधानी हेटौंडा नै कायम गर्ने जुन निर्णय गरियो, त्यसको बृहत रुपमा आदिवासी जनजाति, तामाङ एवं नेवाः समुदायबाट क्रोधित रुपी विरोधका आवाजहरु गुञ्जिरहेका छन् । बास्तवमा प्रदेशको नामांकन भनेको पार्टीले हैन प्रदेशसभाले निर्धारण गर्ने कार्यविधि हो । आफ्नो कार्यक्षेत्र बाहिरको निर्णय गरी पार्टीले किन चासो देखाइयो...
-
२०७६ माघ २, बिहिबार
गुठी विधेयकमा नेवारको धारणा
काठमाडौँ, माघ १ गते । नेवाः सरोकारवालाहरुले सरकारको प्रस्तावित गुठी विधयेक स्वायत्त, स्वतन्त्र र छुट्टै प्रावधानका साथ ल्याउनुपर्ने धारणा राखेका छन् । नेवाः पत्रकार राष्ट्रिय दबुले बुधबार आयोजना गरेको ‘सरकारको प्रस्तावित गुठी विधयेक र नेवाः सरोकार’ विषयक अन्र्तक्रियामा सरोकारवालाहरुले विधेयकमा आप्mनो धारणा प्रष्ट गरेका हुन् । गुठी विधि विधयेक एकिवृmत आन्दोलनका संयोजक डा। महेशमान श्रेष्ठले...
-
२०७६ माघ २, बिहिबार
नागरिक सचेतना र कानूनी प्रबन्धबाट विपद् व्यवस्थापन गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताउनुभएको छ । विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवङ्गतको स्मृतिमा कामपाले आज यहाँ आयोजना गरेको स्मृतिसभामा गृहमन्त्री थापाले हुनुपर्ने बताउनुभयो । “कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बाँच्न र बचाउने उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता...
-
२०७६ माघ २, बिहिबार
देवघाटमा पाँच लाख भक्तजनबाट स्नान
पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्तिको अवसरमा पाँच लाख भक्तजनले स्नान गरेका छन् । तनहँु, चितवन र नवलपुरको सङ्गमस्थलमा बुधबार देशका विभिन्न जिल्ला तथा भारतबाट समेत गरी पाँच लाख भक्तजनले स्नान गर्नुभएको जनाइएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार स्नान गर्र्न मङ्गलबार रातिदेखि नै भक्तजनको आगमन शुरु भएको थियो । समितिका अध्यक्ष शिवराज पौडेलले भारतीय भक्तजन तीन हेलिकोप्टर लिएर देवघाट...
-
२०७६ माघ २, बिहिबार
हिउँले जनजीवन प्रभावित
जुम्लामा फेरि आज बिहानदेखि हिमपात भएको छ । यस पटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवनले जनजीवन प्रभावित हँुदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ । लगातार पानी र हिउँमा बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक पटक...
-
२०७६ माघ २, बिहिबार
किमाथाङ्का नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट
भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्का नाकामा सशस्त्र प्रहरी बलले बोर्डर आउट पोष्ट बिओपी स्थापना गरेको छ । उत्तरी सिमानामा सशस्त्र प्रहरीको पहिलो पोष्ट भएको जनाइएको छ । पूर्व क्षेत्र सशस्त्र प्रहरी बल मुख्यालयका बाहिनीपति नगेन्द्रबहादुर थापा र प्रमुख जिल्ला अधिकारी जीवन दुलालले पोष्टको बुधबार संयुक्तरुपमा शुभारम्भ गर्नुभएको थियो । जिल्ला सदरमुकामा खाँदबारीबाट १६२ किलोमिटर दूरीमा सो पोष्ट रहेको छ...
-
२०७६ माघ २, बिहिबार
पौने दुई लाख केजी रक्तचन्दन भारत फिर्ता लैजान स्वीकृति
सरकारले लामो समयदेखि सड्ने अवस्थामा पुगेको करिब पौने दुई लाख किलोग्राम रक्तचन्दन काठ उत्पत्ति मुलुक भारत फिर्ता लैजान स्वीकृति दिएको छ । सरकारले परराष्ट्र मन्त्रालयमार्फत भारतको सम्बन्धित अधिकारीलाई ‘दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार महासन्धि’ साइटिस र सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ बमोजिम सो स्वीकृति दिएको हो । सो निर्णय गत पुस...
-
२०७६ माघ २, बिहिबार
परम्परागत पेशाले आकर्षित गर्न सकेन कुमाल युवालाई
माटोका भाँडा बनाउने पेशाप्रति कुमाल युवाले पछिल्लो समय कुनै चासो दिएका छैनन् । भाँडा बनाउनु कुमाल पहिचान बनेको छ । युवाको चासो भाँडा बनाउनेभन्दा बैदेशिक रोजगारीमा जान आकर्षण बढ्दो छ । दाङका कुमाल अगुवा प्रेम कुमालले भन्नुभयो, “जनशक्ति घट्दै जाँदा पेशा नै सङ्कटमा पर्ने खतरामा छ । ” यहाँ प्रेसीनी, देउखुरीलगायतका क्षेत्रमा माटोका भाँडा बनाउने गरिन्छ । वृद्धवृद्धाले मात्रै बनाउँदै आफ्नो परम्परालाई...
-
२०७६ माघ २, बिहिबार
सबै परिकारका खाना सडकमा
स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली खानाको परिकारको स्वादको अनुभूति गराउन ‘विराट सडक महोत्सव’ शुरु भएको छ । मन्जिना मुभिज क्रिएशनद्वारा आयोजित बुधबारदेखि शुरुभएको महोत्सव ट्राफिकचोकदेखि महेन्द्र चोकसम्म यही माघ ४ गतेसम्म सञ्चालन हुने छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले महोत्सवको उद्घाटन गर्दै भ्रमण वर्षलाई सफल बनाउनुको साथै स्थानीयस्तरमा उत्पादन भएको बस्तुको प्रवद्र्धनमा महोत्सवले...
-
२०७६ माघ २, बिहिबार
गरीबी र बेरोजगारी हटाउँदै सहकारी
यहाँ सञ्चालित सहकारी संस्थाले झण्डै रु दुई अर्बभन्दा बढी उत्पादनमूलक क्षेत्रमा लगानी गरेको छन् । कृषि व्यवसाय, पशुपालन, साना तथा घरेलु उद्योग, होटल तथा पर्यटन, व्यापार तथा व्यवसायका क्षेत्रमा सहकारीका लगानी रहेको छ । बचत तथा ऋण सहकारी सङ्घ लिमिटेड तानसेनको २०औँ साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदनका अनुसार व्यक्तिगत घर खर्च, व्यापार÷व्यवसाय, पढाइ खर्च, वैदेशिक रोजगारीका क्षेत्रमा समेत सहकारीका...


