राष्ट्रिय
-
२०७६ माघ ७, मंगलबार
तान बुन्ने सीपले उद्यमी बनायो पुलामीलाई
झापाको दमक–१ घर भएकी ढाका कपडा व्यवसायी नीरु पुलामीलाई आफूले उत्पादन गरेको कपडाको माग निरन्तर बढ्दै गएपछि बजार धान्न मुस्किल हुँदै गएको छ । नानीहरु स्कूल र जागिरे पति काममा गएपछि घर रुङेर समय बिताउनुभन्दा ढाकाको तान बुन्ने सीप सिकेर २० वर्षअघि स्वरोजगारमा लाग्नुभएकी उहाँ अहिले सयौँलाई रोजगारी दिने उद्यमीको पहिचान बनाउन सफल हुनुभएको छ । “हिजो फुर्सदको समयमा शुरु गरेको व्यवसाय आज जीवन धान्ने माध्यम...
-
२०७६ माघ ७, मंगलबार
औषधि अभाव हुँदा सेवाग्राही मर्कामा
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले...
-
२०७६ माघ ७, मंगलबार
१० मिनेटमा घुम्नुस्, दामोदर कुण्डदेखि त्रिवेणीधाम
बागलुङ नगरपालिका–४ कुँडुलेफेदीमा आकर्षक शैलीमा निर्माण गरिएको भूमिगत सङ्ग्रहालय पर्यटक र श्रद्धालु भक्तजन दुवैको पहिलो रोजाइ बन्न थालेको छ । जिल्ला सदरमुकाम नजिक रहेको र धार्मिक एवं पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेकाले शालिग्राम सङ्ग्राहलयप्रतिको आकर्षण उल्लेख्य रुपमा बढ्दै गएको हो । कालीगण्डकी नदीमा मात्र पाइने शालिग्राम क्रमशः लोप हुन थालेपछि संरक्षणका लागि भू–गर्भभित्र सुरुङ निर्माण गरेर...
-
२०७६ माघ ७, मंगलबार
चारआली–केचना चक्रपथको काम शुरु
मेची राजमार्गअन्तर्गतको चारआली–केचना जोड्ने सडक निर्माणले तीव्रता पाएको छ । चारआली–केचना रिङरोड नामकरण गर्दै डिभिजन सडक कार्यालय दमकले विसं २०७३ माघ २२ मा लामार वाम्तीर बल्र्ड जेभीसँग रु १२ करोड १२ लाख ९४ हजार २८१ को लागतमा ठेक्का सम्झौता गरे पनि अहिलेसम्म सो सडक बन्न सकेको थिएन । देशकै होचो भूभाग कचनकवल पुग्ने सडक निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । सडक सञ्जालको पहुँच कचनकवलसम्म नपुग्दा...
-
२०७६ माघ ७, मंगलबार
दाङका आठ नाकामा प्रहरी शिविर स्थापना हँुदै
दाङका आठ नाकामा सशस्त्र बल शिविर स्थापना हुने भएको छ । दाङको राजपुर र गढवा गाउँपालिकाका आठ नाकामा शिविर स्थापना हुन लागेको हो । गृहमन्त्रालयको निर्णयानुसार तत्काल साना–ठूला गरी आठ नाकामा सशस्त्र प्रहरी बल शिविर स्थापना गर्न लागिएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो । यो आर्थिक वर्षभित्रै राजपुर गाउँपालिकाको वडा नं ६ को खङ्ग्रानाका, ७ को भौवानाका, भैसाही, दगमारा, खाङ्ग्रा,...
-
२०७६ माघ ७, मंगलबार
काम पूरा नगरी भुक्तानी माग्न गएपछि ।
अघिल्लो वर्षमै निर्माण गरिसक्नुपर्ने सडक अहिलेसम्म हुन नसक्दा खलङ्गा– पाँचकाटिया सडकमा स्थानीयवासीले सास्ती व्यहोर्दै आएका छन् । खलङ्गा–पाँचकाटिया सडकखण्डभित्र पर्ने भेरी नगरपालिका–२ रिसाङखोलादेखि बाहुनथानासम्मको सडकमा अघिल्लो वर्ष ग्राभेल गरिसक्ने सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको डाँफे बिल्डर्सले अहिलेसम्म काम पूरा गरेको छैन । आधा गरेको काम पनि पूरै मापदण्डविपरीत गरेको पाइएको छ । रु ४२ लाखमा...
-
२०७६ माघ ७, मंगलबार
राष्ट्रियसभा निर्वाचन गण्डकीमा २३० मतदाता
यही माघ ९ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन, २०७६ मा गण्डकी प्रदेशमा २३० मतदाता रहेका छन् । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य ६० र नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष १७० गरी २३० मतदाता रहेको निर्वाचनमण्डल रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार रहेको छ भने स्थानीय तहका प्रमुख÷उपप्रमुखको एक मत बराबर १८ मतभार रहेको छ...
-
२०७६ माघ ७, मंगलबार
पश्चिमी वायुको प्रभाव वर्षा र हिमपातको सम्भावना
पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाल जनाएको छ । सोमबार फेरि नेपालको पश्चिमी भूभाग हुँदै पश्चिमी न्यूनचापीय प्रणाली विकसित भएकाले पुनः वर्षा र हिमपातको सम्भावना...
-
२०७६ माघ ७, मंगलबार
भारतसँगका थाती विषय टुङ्गो लगाउने समय आएको छ ः प्रम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीचका थाती रहेका द्विपक्षीय विषय कूटनीतिक संवादबाट टुङ्गो लगाउने समय आएको बताउनुभएको छ । विराटनगरस्थित एकीकृत भन्सारचौकीको आज भारतीय समकक्षी नरेन्द्र मोदीसँगै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्बन्ध नयाँ उचाइमा पुगेकाले यसका आधारमा आपसी सहमति र साझेदारीका विषयलाई ‘एक्सन’मा उतार्ने समय आएको स्पष्ट गर्नुभयो । सोका लागि...
-
२०७६ माघ ७, मंगलबार
डोली र डोला हेर्न थारू सङ्ग्रहालय पुग्नै पर्छ
शुक्लाफाँटा नगरपालिका–८ भल्कामा रहेको थारू सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिएको छ । थारु समुदायको ऐतिहासिक रहन सहन , सस्कृति र जनजीवनलाई सङग्रालयमा जीवन्त प्रस्तुत गरिएको छ । यसका लागि परम्परागत शैलीमा घर निर्माण तथा सौर्य ऊर्जा जडान समेत गरिएको छ । थारू समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागत रुपमा प्रयोग गर्ने वस्तु सङग्रालयमा राख्न १२ थारू गाउँका वडघरलाई जिम्मा...
-
२०७६ माघ ७, मंगलबार
तीन गाउँपालिकामा भत्काइयो १०८ छाउगोठ
प्रहरी तथा स्थानीयवासीको सहयोगमा यहाँका तीन गाउँपालिकामा १०८ छाउगोठ भत्काइएको छ । बडीकेदार, जोरायल तथा पूर्वीचौकी गाउँपालिकामा रहेका गोठ सोमबारसम्म भत्काइएको हो । सबैभन्दा बढी बडीकेदार गाउँपालिकाको वडा नं ३ को सिदुरेपानी, वडा नं १ र २ को बिपीनगर, बर्छैन, अलाडी, अल्याडी, लटाली, रिसेडी र बिठारा गााउँमा ९१, जोरायल गाउँपालिका–५ धुपारी गाउँमा ३ तथा पूर्वीचौकी गाउँपालिका–५ को काडामाडौँमा १४ गोठ...
-
२०७६ माघ ७, मंगलबार
शताब्दी पुरुष खुला चित्रकला प्रतियोगिता
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका सम्मानमा ‘वाङ्मय शताब्दी पुरुष दोस्रो खुला चित्रकला प्रतियोगिता’ हुने भएको छ । योङ पिकासो, शान्ति विद्याश्रम माध्यमिक विद्यालय, सहयात्रा नामक संस्था र पाटन दरबार सङ्ग्रहालयको संयुक्त आयोजनामा यही माघ १५ गते उक्त प्रतियोगिता हुन लागेको हो । सो प्रतियोगिता उमेरस्तर र खुला गरी दुई विधामा दुई चरणमा हुने योङ पिकासोका कार्यक्रम निर्देशक अजय देशारले जानकारी दिनुभयो...


