राष्ट्रिय
-
२०७६ पौष २९, मंगलबार
देवघाटमा अष्टधातुको शिव मूर्ति बनाउन महायज्ञ
धार्मिक पर्यटकीय तीर्थस्थल देवघाटधाममा अष्टधातु जडित शिव मूर्ति निर्माणका लागि पोखरामा अष्टधातु सङ्कलन श्रीमद्भागवत विराटज्ञान महायज्ञ शुरु गरिएको छ । चितवन, तनहुँ र नवलपुरको सङ्गमस्थलमा अवस्थित पवित्र धार्मिक क्षेत्र भरतपुर नगरपालिका–१ देवघाटधाममा सुन, चाँदी, तामा, पित्तल, ढलोट, चरेस, काँच, फलाम मिश्रित आठ धातुबाट ३० फिट अग्लो शिवको मूर्ति निर्माण गरिने लक्ष्यलाई सहयोग पु¥याउने उदेश्यका साथ...
-
२०७६ पौष २९, मंगलबार
विद्युत् चुहावट घट्दो
विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रले लुम्बिनी, भैरहवा क्षेत्रमा गत साउनदेखि मङ्सिर मसान्तसम्मर एक करोड ८० लाख युनिट विद्युत् चुहावट भएको जनाएको छ । उक्त युनिट बराबर रु १७ करोड हुन्छ । प्रतिमहिना सवा तीन करोड मूल्य बराबरको विद्युत् चुहावट हुने गरेको छ । केन्द्रका प्रमुख जितेन्द्रकुमार झाका अनुसार गत साउनमा ७९ लाख युनिट चुहावट भएकोमा मङ्सिरमा १५ लाख युनिट पुगेको छ । चुहावटमा प्राविधिकतर्फ ५० र...
-
२०७६ पौष २९, मंगलबार
भेरी करिडोर स् पासागाड–रिम्ना सडक कालोपत्र प्रक्रिया शुरु
अस्थायीरूपमा ट्र्याक खुलेर यातायात सञ्चालन हुन थालेको १४ वर्षपछि पासागाड–रिम्ना सडकखण्डको कालोपत्र गर्ने कार्य शुरु भएको छ । भेरी करिडोरअन्तर्गत पर्ने जिल्ला सदरमुकामको पासागाडबाट रिम्नासम्मको पहिलो चरणमा कालोपत्रको काम शुरु गरिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ । आज डिभिजन कार्यालयले बोलपत्र आह्वान गरेर कामको शुरुआत गरेको हो । जाजरकोटको पासागाडबाट डोल्पासम्म पर्ने भेरी करिडोरअन्तर्गत...
-
२०७६ पौष २९, मंगलबार
रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट
बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने निर्णय गरेको हो । नगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी सिर्जना गर्ने गरी खोलिने होटललगायत सेवा तथा उत्पादनमूलक उद्योगमा लाग्दै आएको वार्षिक करमा पाँच वर्षसम्मलाई ५० प्रतिशत छुट दिने...
-
२०७६ पौष २९, मंगलबार
धुलिखेल–बर्दिवास सडक स्तरोन्नति शुरु
धुलिखेल–सिन्धुली–बर्दिवास सडकअन्तर्गत विभिन्न खण्डमा कालोपत्र शुरु गरिएको छ । चालू आर्थिक वर्षमा झण्डै ४२ किलोमिटर सडक स्तरोन्नतिको योजना रहेकामा अहिलेसम्म पाँच किमी सकिएको र बाँकी सडक स्तरोन्नति हुने क्रममा रहेको धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाले जनाएको छ । एक सय ६० किलोमिटरको सो सडकमा चार खण्ड छन् । चारै खण्डमा मर्मतको काम भइरहे पनि पहिले सम्पन्न नेपालथोक–धुलिखेल खण्डमा सडक मर्मत...
-
२०७६ पौष २९, मंगलबार
नेपालकै पहिलो ‘नेटवर्क आर्क पुल’को निर्माण सम्पन्न
बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृष्ट मानिएको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सरकारले चार वर्ष पहिले एउटै ठेक्कामार्फत सडकको मुख्य लेनको दुवैतर्फ पुल...
-
२०७६ पौष २९, मंगलबार
पुरानो संसद् भवन नयाँ बनाउन विकास समितिको निर्देशन
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सिंहदरस्थित पुरानो संसद् भवनलाई त्यही स्वरुपमा नयाँ बनाउन निर्देशन दिएको छ । समितिको आजको बैठकमा विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भवनको स्वरुप नबिग्रने गरी पुनःनिर्माण गर्न सभापति कल्याणीकुमारी खड्काले निर्देशन दिनुभएको हो । साविक मौलिकता रहने गरी भवन बनाउन उहाँले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शहरी विकास मन्त्रालय र राष्ट्रिय...
-
२०७६ पौष २९, मंगलबार
एकैपटक तीन महिनालाई औषधि
भरतपुर अस्पतालले नियमित औषधि सेवन गर्नुपर्ने बिरामिलाई एकै पटकमा तीन महिनाको औषधि दिन शुरु गरेको छ । स्वास्थ्य बिमा गरेर अस्पताललाई पहिलो बिन्दु छानेका बिरामीको सुविधालाई ध्यानमा दिइ सो व्यवस्था शुरुआत गरेको हो । यसअघि एक पटकमा एक महिनाका लागि मात्र औषधि दिने गरिएको थियो । मेडिकल सुपरिटेण्डेण्ट डा श्रीराम तिवारीले बिरामीका लागि सहजहोस् भन्ने उद्देश्यले तीन महिनाको औषधि एकैपटक दिन शुरु गरिएको...
-
२०७६ पौष २९, मंगलबार
कर्णाली सुहाउँदो शिक्षा नीति ल्याउन जोड
सरोकारवालाले कर्णालीको भूगोल सुहाउँदो शिक्षा नीति ल्याउन जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा सोमबार वीरेन्द्रनगरमा आयोजित ‘शिक्षाको अधिकार र हाम्रो अवस्था’ विषयक कार्यक्रममा उनीहरुले कर्णालीमैत्री नयाँ शिक्षा नीतिको खाँचो औँल्याएका हुन् । प्रदेशसभा सदस्य पद्मा खड्काले कर्णालीको भूगोल, कला संस्कृति, इतिहास, पर्यापर्यटनलाई समेट्ने खालको शिक्षा नीति निर्माण गर्न जरुरी रहेको...
-
२०७६ पौष २९, मंगलबार
म्याद नाघेका खाद्य वस्तु बरामद, रु ५० हजार जरिवाना
संयुक्त बजार अनुगमन टोलीले नेपालगञ्जको अन्सारी ट्रेडर्सबाट करिब रु २० हजार मूल्य बराबरको म्याद नाघेका खाद्य वस्तु बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार नै ती अखाद्यवस्तु नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका निमित्त प्रमुख कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । टोलीले उक्त ट्रेडर्सबाट बिक्रीका लागि राखिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चियापत्ती, चिसो...
-
२०७६ पौष २९, मंगलबार
एघार छाउगोठ भत्काइयो
शुक्लाफाँटा नगरपालिकाले छाउगोठ भत्काउने अभियान सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सञ्चालनमा ल्याइएको सो अभियानको शुरुआतको दिन ११ वटा छाउगोठ भत्काइएको नगरपालिकाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले वडा नं ४ आशापुरबाट अभियानको शुरुआत गर्नुहुँदै छाउपडी हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो । नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब...
-
२०७६ पौष २८, सोमबार
रामपुरमा शीतभण्डार स्थापना गरिने, कृषक उत्साहित
कृषिजन्यउपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार डिपिआर तयार भइसकेको जनाइएको छ । प्रदेश नम्बर ५ को सशर्त अनुदान रकम रु पाँच करोड ९४ लाखको लागतमा निर्माण सम्पन्न गर्ने गरी डिपिआर तयार भएको नगरपालिकाका सूचना अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।...


