STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष २८, सोमबार

    देवघाट मेलामा मांस र मदिरा निषेध

    नवलपुर, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटधाममा माघे सङ्क्रान्ति मेला लाग्दैछ । गत वर्षभन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनुभयो । माघे सङ्क्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने...

  • २०७६ पौष २८, सोमबार

    नेपाली पत्रकारलाई चिनियाँ भाषा प्रशिक्षण

    नेपाल–चीन मिडिया फोरम र काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युटको आयोजनामा नेपाली पत्रकारका लागि चिनियाँ भाषा र संस्कृतिबारे ललितपुरमा तीनमहिने प्रशिक्षण शुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रशिक्षणको आज उद्घाटन गर्नुहुँदै नेपाल र चीन समस्यारहित सम्बन्ध भएका मुलुकमा पर्ने भएकाले सम्बन्धलाई थप नयाँ आयामका साथ विकसित गर्नुपर्ने बताउनुभयो । उहाँले चीनसँग...

  • २०७६ पौष २८, सोमबार

    दलित जनप्रतिनिधिको गुनासो हामीमाथि नै विभेद भयो

    पाँचथरमा दलित समुदायबाट स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिले आफूहरुमाथि नै विभेद् भएको गुनासो गर्नुभएको छ । दलित समुदायका जनप्रतिनिधिले आफूहरुले समुदायको अपेक्षाअनुसार काम गर्न नपाएको, दलित समुदायका लागि उचित योजना निर्माण र बजेट विनियोजनमा समेत विभेद्मा परेका गुनासो गर्नुभएको हो । फिदिममा आयोजित अन्तक्र्रियामा सहभागी दलित जनपे्रतिनिधिले आफूहरुलाई साक्षीका रुपमा मात्रै प्रयोग गरिएको...

  • २०७६ पौष २८, सोमबार

    चितवनमा राष्ट्रिय परिचयपत्र वितरण शुरु हुँदै

    राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो । चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम...

  • २०७६ पौष २८, सोमबार

    मेलम्चीमा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा

    मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम ९फाइनल फिनिसिङ० बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालियाली निर्माण कम्पनी सिएमसीले काम अलपत्र छाडेर जाँदा यहाँ सुरुङमा भुइँ ढलानको काम २।५ किलोमिटर र भित्ता ढलान २।५ किलोमिटर बाँकी थियो । बाँकी काम अहिले...

  • २०७६ पौष २८, सोमबार

    भूमिहीन भूकम्पपीडितको समस्या समाधान गर्न माग

    भूमिहीन, गुठी, वन, सार्वजनिक जग्गामा बस्ने भूकम्पपीडितको समस्या समाधान गर्न नीतिगत व्यवस्था गर्न उपत्यकाका नगरपालिकाका जनप्रतिनिधिले माग गर्नुभएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल टिआइ नेपालले आइतबार यहाँ आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण र पुनःस्थापनामा नीति, प्रगति, चुनौती र भावी योजना विषयक अन्तक्र्रिया कार्यक्रममा बूढानीलकण्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुखले सार्वजनिक जग्गामा बस्ने...

  • २०७६ पौष २८, सोमबार

    राष्ट्रपतिसमक्ष अदुअआको प्रतिवेदन

    राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीकुमार घिमिरेले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । नेपालको संविधानको धारा २९४ बमोजिम आयोगले आफ्नो प्रतिवेदन पेश गरेको हो ।

  • २०७६ पौष २८, सोमबार

    जनप्रतिनिधि, कर्मचारी र दलका कार्यकर्ताका पत्रकार सदस्यता नवीकरण नहुने

    नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले सदस्यता शुद्धीकरण अभियान शुरु गरेको छ । सदस्यता नवीकरणसम्बन्धी कार्यविधि–२०७६ अनुसार निर्वाचित जनप्रतिनिधि, निजामती कर्मचारी र राजनीतिक दलका प्रदेश र जिल्ला तहका पदाधिकारीसहित ११ जनाको सदस्यता नवीकरण नगर्ने निर्णय गरिएको शाखाले जनाएको छ । शाखाको आइतबार बसेको बैठकले विदेशमा रहेका सदस्यको समेत जिल्लामा सदस्यता नवीकरण नगर्ने निर्णय गरेको शाखा अध्यक्ष दिल शिरीषले...

  • २०७६ पौष २८, सोमबार

    शहरीमा मन्त्री बाँस्कोटाको बहालीसँगै अघि बढ्यो ‘बाजेबज्यै पार्क’

    शहरी विकास मन्त्रालयले काठमाडौँको धोबीखोला किनारमा रहेको खाली जग्गामा ज्येष्ठ नागरिकलाई लक्षित गरेर ‘बाजेबज्यै पार्क’ निर्माण गर्ने भएको छ । सो मन्त्रालयकोसमेत कार्यभार सम्हानुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज पदबहाली गर्दै चालू आवभित्रै पार्क निर्माणको प्रक्रिया अघि बढाउनेसम्बन्धी फाइल स्वीकृत गर्नुभयो । नेपालमा यसप्रकारको पार्क पहिलो पटक बन्न लागेको हो । सो पार्क...

  • २०७६ पौष २८, सोमबार

    चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड

    कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधिअन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई वजेट विनियोजन गरेको छ । निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिनुभएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमूना कृषि फार्म...

  • २०७६ पौष २८, सोमबार

    भोजन, अन्न, दक्षिणा दान गर्दै सम्यक पर्व मनाइदैँ

    बौद्ध धर्मावलम्बीले सम्यक दान पर्व अगामी माघ १ गते भव्य रुपमा मनाउने भएका छन् । नेपाल सम्वत ७८७ भन्दा पहिलेदेखि यहाँ सो पर्व मनाइँदै आइएको बताइन्छ । सम्यक दान व्यवस्थापन समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पर्व मनाउन तयारी पूरा भएको जनाएको छ । पाँच दिपकंरसहित अन्य स्वर्ण दिपंकरका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराई यहाँको नियमित र ऐच्छिक सम्यक भोजन गराई सम्यक दान पर्व मनाइन्छ । चतुबह्म...

  • २०७६ पौष २८, सोमबार

    पत्रकार सिंहको स्मृतिमा अक्षयकोष स्थापना हुने

    जनकपुरधाम उपमहानगरपालिकाले स्वर्गीय सञ्चारकर्मी उमा सिंहको स्मृतिमा अक्षयकोषको स्थापना गर्ने भएको छ । उपमहानगरपालिका प्रमुख लालकिशोर साहले कोषमा रु पाँच लाख प्रदान गरिने भिजिट मधेशद्वारा आइतबार जनकपुरमा आयोजित कार्यक्रममा जानकारी दिनुभयो । उहाँले ‘कर्मवीर योद्धा’ सिंहको स्मृतिमा अक्षयकोष स्थापना गरिने जानकारी दिँदै स्वतन्त्र तथा निष्पक्ष रुपमा कलम चलाउनेलाई सम्मान प्रदान गरिने बताउनुभयो ।...

Pages