राष्ट्रिय
-
२०७६ पौष ११, शुक्रबार
दुर्घटनामा अभिभावक गुमाएकी बालिकालाई मावलीको जिम्मा
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु जिरी सडकको छ किलोमा गत मङ्सिर २९ गते भएको बस दुर्घटनामा बाँच्न सफल छ महिने बालिकालाई बिहीबार आफन्तको जिम्मा लगाइएको छ । बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बसका चालक सुमन तामाङ प्रहरी हिरासतमा रहेकाले बालिकालाई १२ दिनपछि मामा र ठूलीआमाको जिम्मा लगाइएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । बालिकालाई...
-
२०७६ पौष ११, शुक्रबार
छाउगोठ हटाउन प्रशासनको उर्दी
जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा...
-
२०७६ पौष ११, शुक्रबार
सुक्खा पहिरोले सडक अवरुद्ध
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । देशका...
-
२०७६ पौष १०, बिहिबार
उपत्यकामा चिसो
काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम शून्य दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो । बुधबार उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस थियो । मौसमविद् गङ्गा नगरकोटीका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “पश्चिमी वायुको प्रभाव पुन दोहोरियो भने यस वर्ष उपत्यकाको तापक्रम...
-
२०७६ पौष ९, बुधबार
उन्नत बीउ उत्पादनमा सफलता
झण्डै एक लाख किसानलाई प्रत्यक्ष फाइदा पु¥याएर किसानका लागि उन्नत बीउबिजन कार्यक्रम परियोजना समाप्त भएको छ । परियोजनाद्वारा मङ्गलबार बुटवलमा आयोजित समापन कार्यक्रममा ग्रामीण परिवारको आयआर्जन बढाउन कार्यक्रम सफल भएको जानकारी दिइयो । कृषि विकासका लागि अन्तरराष्ट्रिय कोषको आर्थिक सहयोगमा कृषि तथा पशुपक्षी विकास मन्त्रालले गुणस्तरीय बीउबिजनको वितरण तथा कृषि व्यावसायीकरणका माध्यमबाट कृषकको जीवनस्तर...
-
२०७६ पौष ९, बुधबार
मुख्यमन्त्री गुरुङद्वारा शुभकामना व्यक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा मनाइने विभिन्न चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । इसाई धर्मावलम्बीको महान् पर्व ख्रीष्टमसको अवसरमा मंलबार शुभकामना सन्देश जारी गर्दै उहाले सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ । मुलुक संवैधानिकरूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक...
-
२०७६ पौष ९, बुधबार
मीरगञ्ज पुल बन्द , भीमनगरको बाटो प्रयोग गर्न व्यपारीको माग
नेपालको दोस्रो ठूला नाका विराटनगरमा मीरगञ्ज पुलका कारण उद्योग र व्यापारमा समस्या आएको छ । भारतबाट जोगबनी आउन मीरगञ्ज पुल पार गर्नुपर्छ । पूर्व क्षेत्रको उद्योग र व्यापारलाई आवश्यक पर्ने सामान सोही पुल भएर ल्याउनुपर्छ । नेपालको बूढीखोला भनिने भारतका मीरगञ्ज पुल बन्नुपर्ने उद्योगी र व्यापारीको धेरै पुरानो माग हो । जीर्ण अवस्थामा रहेको सो पुलको अहिले मर्मतकार्य शुरुआत भएकाले नेपाल आउने सामान...
-
२०७६ पौष ९, बुधबार
अझै निर्माण सम्पन्न भएनन् प्रहरी चौकी
जिल्लाको विकट दूधपोखरी गाउँपालिका–६ गौडामा नवनिर्मित भूकम्प प्रतिरोधी गौडा प्रहरी चौकी भवनको सञ्चालनमा आएको छ । नवनिर्मित प्रहरी भवनको गण्डकी प्रदेशका प्रहरी प्रमुख विनोद शर्मा घिमिरेले मङ्गलबार उद्घाटन गर्दै शान्ति सुरक्षा तथा सु–व्यवस्था कायम गराउन नेपाल प्रहरी दत्तचित्त रहेको बताउनुभयो । प्रहरी चौकीको क्षेत्रफल तीन रोपनी चार आना रहेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा साढे...
-
२०७६ पौष ९, बुधबार
‘निगु पुखुः’ ले पुनः जीवन पाउँदै
प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये एउटा पोखरी संरक्षण तथा पुनःनिर्माण सम्पन्न भई पानी भरेको मध्यपुरथिमि नगरपालिकाले सँगैको अर्को ठूलो पोखरी संरक्षण गर्न शुरु गरेको छ । संरक्षण अभावमा पानी सुकेर वर्षौँदेखि चौरमा परिणत मध्यपुरथिमि–४ को ऐतिहासिक निगु पुखुः अर्थात् दुई पोखरी संरक्षण एवं पुनःनिर्माणका लागि उपभोक्ता समिति गठन गरी नगरपालिकाले गत वर्षदेखि काम शुरु...
-
२०७६ पौष ९, बुधबार
नेपाल भ्रमणको उत्कट चाहना छ ः बहराइन पर्यटनमन्त्री
बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले बहराइनका उद्योग, व्यवस्थापन तथा पर्यटनमन्त्री जायद बीन रसिद अल जायनीलाई नेपाल भ्रमणको निमन्त्रणा पत्र हस्तान्तरण गर्नुभएको छ । आगामी जनवरी १, २०२० मा नेपालमा आयोजना हुने मिनिष्ट्रियल क्यानलेभ तथा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सहभागिता हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको तर्फबाट पर्यटन मन्त्री जायनीलाई...
-
२०७६ पौष ९, बुधबार
मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना व्यक्त
प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले इसाई धर्मावलम्बीको पर्व क्रिसमसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका इसाई समुदायका दाजुभाइ दिदीबहिनीहरुमा शान्ति र सुस्वास्थ्यको कामना गर्नुभएको छ । क्रिसमसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाली समाज विविधतायुक्त समाज भएकाले जाति, भाषा, धर्म र संस्कृतिको विविधताले मुलुक रङ्गिएको चर्चा गर्दै विविधतायुक्त समाजमा अहिले एउटा समुदायले...
-
२०७६ पौष ८, मंगलबार
रिपिटर टावर नहुँदा डोल्पामा सञ्चार सेवा समस्या
नेपाल टेलिकमको रिपिटर टावर कम हँुदा डोल्पाका विभिन्न ठाउँमा सञ्चार सेवा अवरुद्ध हुने गरेको छ । जिल्लामा रहेका १३ टावरमध्ये छ स्थानमा स्याटेलाइट, पाँचस्थानमा माइक्रोवेभ र दुईवटा रिपिटर प्रविधिबाट सञ्चालन आएका छन् । नेपाल टेलिकम डोल्पाका प्राविधिक नवराज भट्टराईले जिल्लाको मौरे, रसीकोलेकमा रिपिटर टावर रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “कोरियान स्याटेलाइटबाट जोडिएका टावरबाट एकपटकमा १६...


