राष्ट्रिय
-
२०७६ पौष १६, बुधबार
अति विपन्न परिवारलाई सौर्यबत्ती
तनहुँको बन्दीपुर गाउँपालिकाले विपन्न परिवारलाई सौर्यबत्ती वितरण गरेको छ । गाउँपालिकाले बिजुली नबलेको र बिजुली जडानका लागि मिटर राख्नसक्ने क्षमता नभएका घरधुरी छनोट गरी गाउँपालिका–६ स्थित बाक्से र खहरेका सात परिवारलाई सौर्यबत्ती वितरण गरेको हो । अन्धकारमा रहँदै आएका सर्वसाधारणको घर उज्यालो बनाउने उद्देश्यसहित विपन्न घरधुरीलाई सौर्यबत्ती वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी...
-
२०७६ पौष १६, बुधबार
पत्रकार महासङ्घको छानबिन समिति गठन
नेपाल पत्रकार महासङ्घ सुनसरीले दुई पत्रकारको सदस्यताका विषयमा छानबिन समिति गठन गरेको छ । महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काको अध्यक्षतामा बसेको बैठकले महासङ्घ सुनसरीका सदस्य चन्दन रौनियार र विजय राईको सदस्यता राख्ने वा खारेज गर्ने भन्ने विषयमा छानबिन गर्नका लागि समिति गठन गरेको हो । महासङ्घ सुनसरीका महिला उपाध्यक्ष शुभद्रा प्याकुरेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको महासङ्घ...
-
२०७६ पौष १६, बुधबार
रसुवा–भोटेकोशी तीन वर्षमै निर्माण गरिने
तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ रसुवा–भोटेकोशी जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । एक सय २० मेगावाट क्षमताको उक्त आयोजनाको मङ्गलबार गोसाइँकुण्ड गाउँपालिका–१ रोङ्गामा शिलान्यास गरिएको हो । गोसाइँकुण्ड–१ र आमाछोदिङ्मो गाउँपालिका–५ मा निर्माण गर्न लागिएको उक्त आयोजनाको आयोजना निर्देशक दीपक खड्का, गोसाइँकुण्डका अध्यक्ष कैसाङ नुर्पू तामाङ तथा चिनियाँ निर्माण कम्पनी सिचुवान हुवानी...
-
२०७६ पौष १६, बुधबार
काठमाडौँ विश्वविद्यालयमा पुनः ताला
काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले मङ्गलबारबाट पुनः तालाबन्दी गरेका छन् । काठमाडौँ विश्वविद्यालय कार्यकारी परिषद्ले गठन गरेको अधिकारसम्पन्न वार्ता टोलीबीच गत भदौ ३० गते विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिन, प्राध्यापक तथा कर्मचारीको उपस्थितिमा आफूहरूसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक–पटक स्मरण गराउँदा पनि बेवास्ता गरेको भन्दै आन्दोलन थप चर्काउन बाध्य भएर...
-
२०७६ पौष १६, बुधबार
भ्रमण वर्ष २०२० बाँके निकुञ्ज मुख्य गन्तव्य
नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला...
-
२०७६ पौष १६, बुधबार
भ्रमण वर्षलाई स्वागत गर्न रातभर जाग्यो बागलुङ
अरुबेला रातको ९ बजे सुनसान हुने बागलुङ बजार आज बिहान १ बजेसम्म जाग्यो । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० स्वागत गर्न बागलुङ रातभर जाग्राममै बस्यो । भ्रमण वर्षको सन्दर्भ पारेर यहाँ बागलुङ महोत्सव–२०७६ जारी छ । रातको १२ बजेदेखि शुरु हुने नयाँ वर्ष र भ्रमण वर्षलाई एकसाथ बागलुङवसीले भव्य स्वागत, नाचगान र भ्रमण वर्ष सफलताको कामनासमेत गरे । भ्रमण वर्षलाई सघाउँदैै आन्तरिक तथा बाह्य पर्यटकलाई...
-
२०७६ पौष १६, बुधबार
मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै
दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो । दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो...
-
२०७६ पौष १६, बुधबार
प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपालको...
-
२०७६ पौष ११, शुक्रबार
एकपाते सुइरोमा विदेशी मख्ख
पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तरराष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका नागरिक यहाँ आउने गरेका छन् । उनीहरुले...
-
२०७६ पौष ११, शुक्रबार
पार्किङ समस्या समाधान
लामो समयदेखि अव्यवस्थित रहेको पार्किङ समस्या हल भएको छ । विराटनगर महानगरपालिका–४ स्थित नेपाल आयल निगम १ नं प्रादेशिक कार्यालयमा इन्धन लिन आउने र जाने ट्याङ्करहरुले पार्किङ गर्ने समस्या व्यहोरिरहेका थिए । पूर्व क्षेत्रलाई इन्धन बिक्री गरिरहेको निगमले लामो समयदेखि पार्किङको समस्या झेलिरहेको थियो भने पार्किङका लागि उपयुक्त जग्गाको खोजी निगमले गरिरहेको थियो । निगमका प्रमुख अशोक साहले स्थानीय वासुदेव...
-
२०७६ पौष ११, शुक्रबार
पर्यटकीय स्थल बन्दै कान्तिताल
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ र २१ को बीचमा रहेको ‘कान्तिताल’ लाई पर्यटकीयस्थलका रूपमा पुनःनिर्माण गरिँदैछ । उपमहानगरपालिकाको करिब रु नौ करोड ५० लाखको लागतमा डेढ वर्षमा काम सक्ने गरी ताल पुनःनिर्माणको काम शुरु गरिएको नगरप्रमुख डा धवलशम्शेर राणाले बताउनुभयो । कान्तिताल पहिले पुरैना वा पुरैनी तालको नामले चिनिन्थ्यो । उपमहानगरले पर्यटकीयस्थलका रूपमा यसको विकास गर्ने भएपछि नाम परिवर्तन गरेर...
-
२०७६ पौष ११, शुक्रबार
अजिङ्गरको उद्धार
धनगढी बजारको मध्य भाग हुँदै बग्ने कैलाली खोलाबाट बिहीबार दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको छ । धनगढी उपमहानगरपालिका–४ स्थित खानेपानी कार्यालय नजिक रहेको कैलाली खोलाबाट साढे पाँच फिट लामो र अढाइ किलो तौल भएको दुर्लभ प्रजातिको अजिङ्गरको उद्धार गरिएको डिभिजन वन कार्यालय कैलालीका जिल्ला वन अधिकृत रामचन्द्र कँणेलले बताउनुभयो । अजिङ्गरको बासस्थानको रूपमा रहेको स्थानीय खुटिया सामुदायिक वन...


