STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष १८, शुक्रबार

    घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

    समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ...

  • २०७६ पौष १८, शुक्रबार

    समाचार प्रभाव रामपुरको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने

    रामपुर नगरपालिकामा समस्याका रूपमा रहेको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने भएको छ । ‘रामपुरको फोहरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार यही पुस ५ गते राससमा प्रकाशित भएपछि फोहर व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । समाचार प्रभावकै कारण फोहर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको उद्यम चौतारी प्रालिले फोहर व्यवस्थापन गर्ने उपायका बारेमा नगरपालिकासँग छलफल तथा...

  • २०७६ पौष १८, शुक्रबार

    कर्णालीमा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर

    कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली...

  • २०७६ पौष १७, बिहिबार

    जलपन्छी गणना गरिँदै

    यतिबेला नेपालका सिमसार क्षेत्रमा चराको चहलपहल बढदो छ । हिउँदको चिसो बढेसँगै न्यानो वासस्थान, आहार र प्रजननका लागि चरा उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धमा बसाइँसराइ गर्छन् । एकथरी चराले अन्तरदेशीय सीमाको लामो दूरी पार गरी नेपालमा बसाइँसराइ गर्छन् भने केहीले नेपालकै उच्च पहाडी भूभागबाट तराईमा छोटो दूरीको बसाइँसराइ गर्ने गरेका छन् । यही समयमा सिमसार क्षेत्रमा आश्रित रैथाने तथा आगन्तुक चराको...

  • २०७६ पौष १७, बिहिबार

    रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

    विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताउनुभयो । बासमती चामलको भात र झोल...

  • २०७६ पौष १७, बिहिबार

    उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध

    मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो । गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुुभयो । हिमपातले बाहिर निस्कनसमेत...

  • २०७६ पौष १७, बिहिबार

    मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल

    मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो । खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई ९सख्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र...

  • २०७६ पौष १७, बिहिबार

    उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर...

  • २०७६ पौष १७, बिहिबार

    किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ ः मन्त्री भट्ट

    उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भन्नुभयो, “ चिनी मिल र उखु किसानका...

  • २०७६ पौष १७, बिहिबार

    पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ ः मुख्यमन्त्री पौडेल

    प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“पढाइ र सिकाइ फरक÷फरक कुरा हो । पढाइले व्यावसायिक बनाउदैन तर सिकाइले व्यावसायिक...

  • २०७६ पौष १७, बिहिबार

    प्रधानको निधनमा महासङ्घ र युनियन स्तब्ध

    नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा आज...

  • २०७६ पौष १७, बिहिबार

    जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापनाको तयारी

    स्याङ्जाको गल्याङ नगरपालिकाले जमिनको वर्गीकरण गरी भूमि बैंक स्थापना गर्ने तयारी गरेको छ । भू–उपयोग नीतिअनुसार नगरपालिकाले नगरभित्रका ११ वडाका जग्गालाई ११ भागमा वर्गीकरण गरी त्यसैको आधारमा आगामी माघ मसान्तभित्र भूमि बैंक स्थापना गर्ने तयारी भइरहेको गल्याङ नगरप्रमुख भूपराज अधिकारीले बताउनुभयो । “सरकारको १५औँ योजनामा समावेश गरिएअनुसार नै हामीले सबै वडामा जमिनको वर्गीकरण गर्नेछौँ”, नगरप्रमुख...

Pages