राष्ट्रिय
-
२०७६ पौष ११, शुक्रबार
छाउगोठ हटाउन प्रशासनको उर्दी
जिल्लामा भएका छाउगोठ हटाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ । महिनावारी भएकी महिलालाई छाउगोठमा राख्नेलाई कारवाही गर्ने भन्दै प्रशासन कार्यालय ले यस्तो उर्दी जारी गरेको हो । जिल्लामा रहेका छाउगोठ हठाउन जिल्लाव्यापी अभियान चलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सदरमुकाम सिलगढीमा छाउगोठ नभए पनि अधिकांश ग्रामीण क्षेत्रमा अहिले पनि छाउ बार्ने तथा गोठ रहेको भन्ने सूचनाका आधारमा...
-
२०७६ पौष ११, शुक्रबार
सुक्खा पहिरोले सडक अवरुद्ध
मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको हो । बिहीबार राति खसेको पहिरो पन्छाउन बेनी–जोमसोम–कोरला सडक आयोजनाको ठेकेदार कम्पनीका स्काभेटर परिचालन गरिएको आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताउनुभयो । देशका...
-
२०७६ पौष ११, शुक्रबार
सवारीको ‘हुट’ हटाउँदै प्रहरी
सवारीमा अत्यधिक भारका कारण दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने रणनीति अपनाएको हो । ट्राफिक प्रहरीले नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरिएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय...
-
२०७६ पौष ११, शुक्रबार
तरकारीले आत्मनिर्भर बन्दै थारु महिला
रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रु ३५ हजारसम्म कमाउने गरेका छन् । उनीहरू नेपालगञ्जको धम्बोझीमा ल्याएर आफूले उत्पादन गरेको...
-
२०७६ पौष ११, शुक्रबार
‘सडक महोत्सवलाई अन्तर्राष्ट्रिय ब्राण्डिङ गर्नुपर्छ’
सुन्दर छ पोखरा सबैको रोजाइको शहर । पोखरा सुन्दर हुनुमा प्राकृतिक सुन्दरतामा होइन सिर्जनशील मनहरुले पनि उत्तिकै यादगार बनाउँछ पोखरा आउनेलाई । अङ्ग्रेजी नयाँ वर्षलाई पोखराले स्वागत गर्न निकै आतुर छ । हरेक वर्ष आउने अङ्ग्रेजी नयाँ वर्ष पोखराले भने फरक तरिकाले मनाउन थालेको २० वर्ष पूरा भइसकेको छ । पर्यटक भित्र्याउने नयाँनयाँ सोचको विकाससँगै पर्यटन व्यवसायमा लामो अनुभव हासिल गर्नुभएका गणेशबहादुर...
-
२०७६ पौष ११, शुक्रबार
वर्षौँदेखि सडक निर्माण अलपत्र
जाजरकोट भएर बाहिरी जिल्ला जाने रणनीतिक सडक निर्माण कार्य सुस्त हुँदा स्थानीयवासीलाई सास्ती हुँदै आएको छ । जाजरकोट–ब्युलीढुङ्गा–जुम्ला सडक निर्माण थालेको १२ वर्ष पुगे पनि ८० किलोमिटर सडकको ४० किलोमिटर पनि ट्र्याक खुल्न सकेको छैन । जुम्ला जोड्ने यो सम्भावित रणनीतिक मार्गमा करिब रु २५ करोड खर्च भइसकेको छ । अर्को ९० किमि लामो जाजरकोट छेडा–चाँदे–जुम्ला सडकको ३५ किमि मात्र निर्माण भएको छ । बाह्र...
-
२०७६ पौष ११, शुक्रबार
सहकारिता, सहअस्तित्व र समन्वय मूल आधार
कर्णाली प्रदेश समन्वय परिषदको दोश्रो बैठक आज पनि जारी छ । बिहीबारदेखि शुरु भएको परिषदको दोश्रो बैठकमा सङ्घ, प्रदेश र स्थानीय सरकारको कामकारवाही, नीतिगत सामञ्जस्यता, योजना व्यवस्थापनमा रणनीतिक साझेदारीलगायतका विषयमा छलफल भइरहेको छ । परिषद्का संयोजक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सञ्चालित बैठकले मूलतः तीनवटै सरकारका साझा तथा एकल अधिकार, तिनको क्षेत्र र प्रयोग,...
-
२०७६ पौष ११, शुक्रबार
११ दिनदेखि घाम नउदाउँदा असह्य जाडो, जनजीवन प्रभावित
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित सम्पूर्ण मध्यवर्ती, पश्चिमी तथा दक्षिणी क्षेत्रमा विगत ११ दिनदेखि सूर्य नउदाउँदा असह्य जाडो भएको छ भने यहाँको सम्पूर्ण जनजीवन प्रभावित भएको छ । शीतलहर, चिसो र कठ्याग्रिँदो हावा, हुस्सु तथा बाक्लो कुहिरोले पुस १ गतेदेखि नै यहाँको वातावरण बिग्रेर मानिस, चौपाया, पशुपक्षी तथा बालीनाली सबैलाई प्रभावित पारेको छ । चिसो स्याँठका बीच यहाँका मानिसले कुनै पनि कामकाज...
-
२०७६ पौष ११, शुक्रबार
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयमा स्थानीय तहका उजुरी धेरै परेका छन् । बाँके, बर्दिया र दाङ कार्य क्षेत्र रहेको अख्तियारको नेपालगञ्जस्थत सम्पर्क कार्यालयमा आर्थिक बर्ष २०७६÷७७ को पहिलो पाँच महिनामा परेका ४३३ उजुरीमध्ये करिब आधा स्थानीय तहका छन् । मङ्सिर मसान्तसम्म स्थानीय तहमा सङ्घीय मामिलातर्फ १३० र शिक्षातर्फ मात्रै ८५ वटा उजुरी अनुसन्धानमा रहेको अख्तियारको...
-
२०७६ पौष ११, शुक्रबार
पर्यटकलाई बग्गीमा राखेर नगर परिक्रमा गराइने
नेपाल भ्रमण २०२० को पहिलो दिन पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई विशेष सम्मान गरी भीमदत्त बजार परिक्रमा गराइने भएको छ । भीमदत्त नगरपालिकाले भ्रमण वर्षको पहिलो दिन आउने पर्यटकलाई गड्डाचौकीमा सम्मान गरी बग्गीमा बजार परिक्रममा गराउने भएको हो । नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले कार्यालय प्रमुखहरुको बैठकबाट पश्चिमी सीमानाका भएर आउने पहिलो पर्यटकलाई सम्मान गरी बग्गीमा...
-
२०७६ पौष ११, शुक्रबार
घुम्न जाऊँ बर्दिया ः थारू र अवधीनाच विशेष आकर्षण
नेपाल भ्रमण वर्ष २०२० शुभारम्भको भव्य एवं आकर्षक तयारी प्रदेश ५ सरकारले गरेको छ । प्रदेशको प्रमुख पर्यटकीय क्षेत्रमध्ये एक बर्दियालाई अन्तरराष्ट्रियस्तरमा थप उत्कृष्ट गन्तव्यमा पहिचान गराउन ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नारासहित भ्रमण वर्ष शुभारम्भको तयारी पर्यटन प्रवद्र्धन समितिले गरेको छ । बर्दियाको ठाकुरद्वारामा आयोजना हुने विशेष समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले भ्रमण वर्षको...
-
२०७६ पौष ११, शुक्रबार
एकपाते सुइरोमा विदेशी मख्ख
पाँचथरको याङ्वरक गाउँपालिका वडा नं ३ स्थित पाथीभरा चिया बगानको चिया प्रतिकिलो रु पाँच हजारसम्ममा बिक्री हुने गरेको छ । प्राङ्गारिक प्रमाणित भइसकेको यहाँ उत्पादित चियाको ठूलो हिस्सा युरोपका विभिन्न मुलुकमा निर्यात हुने गरेको छ । आफ्नो स्वादअनुसारको चिया खरीद गरी लैजान तथा यहाँको चियाको अन्तरराष्ट्रिय ब्यापार गर्न युरोपेली विभिन्न मुलुक तथा छिमेकी मुलुक चीनका नागरिक यहाँ आउने गरेका छन् । उनीहरुले...


