STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ पौष १७, बिहिबार

    मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल

    मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो । खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई ९सख्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र...

  • २०७६ पौष १७, बिहिबार

    उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर...

  • २०७६ पौष १७, बिहिबार

    किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ ः मन्त्री भट्ट

    उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भन्नुभयो, “ चिनी मिल र उखु किसानका...

  • २०७६ पौष १७, बिहिबार

    पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ ः मुख्यमन्त्री पौडेल

    प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्राविधिक शिक्षामा लगानीको वतावरण बनाइने ध्यान जानकारी दिनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्र प्रदेश नं– ३ द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले परिणाममुखी शिक्षाको लागि विद्यालयले पढाइलाई भन्दा सिकाइमा जोड दिनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो,“पढाइ र सिकाइ फरक÷फरक कुरा हो । पढाइले व्यावसायिक बनाउदैन तर सिकाइले व्यावसायिक...

  • २०७६ पौष १७, बिहिबार

    प्रधानको निधनमा महासङ्घ र युनियन स्तब्ध

    नेपाल पत्रकार महासङ्घले सुनसरी शाखाका पूर्वसभापति अग्रज पत्रकार याम प्रधानको निधनले नेपाली पत्रकारिता क्षेत्रले एकजना अनुभवी र निर्भिक पत्रकारलाई गुमाएको जनाएको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै पूर्वको पत्रकारिता क्षेत्रमा छुट्टै पहिचान बनाएका प्रधानको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित प्रधानको इटहरी–९ भोजपुरे टोलस्थित निवासमा आज...

  • २०७६ पौष १६, बुधबार

    भ्रमण वर्ष २०२० बाँके निकुञ्ज मुख्य गन्तव्य

    नेपालगञ्ज विमानस्थलबाट १५ किलोमिटर दूरीमा बाँके राष्ट्रिय निकुञ्ज छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दायाँबायाँ संरक्षित क्षेत्र रहेको छ । स्थल र हवाईमार्गबाट सहजै यहाँ आउन सकिन्छ । भारत ओहोरदोहोर हुने सीमा नजिकै छ । यस्तै अनुकूलताले मुलुकको कान्छो निकुञ्ज घुम्न आउने पर्यटक बढ्न थालेका छन् । यहाँका प्राकृतिक सम्पदा र वन्यजन्तुले पाहुनाको मन जित्न थालेका छन् । यही निकुञ्ज भएर मुलुकका विभिन्न जिल्ला...

  • २०७६ पौष १६, बुधबार

    भ्रमण वर्षलाई स्वागत गर्न रातभर जाग्यो बागलुङ

    अरुबेला रातको ९ बजे सुनसान हुने बागलुङ बजार आज बिहान १ बजेसम्म जाग्यो । सरकारले घोषणा गरेको भ्रमण वर्ष सन् २०२० स्वागत गर्न बागलुङ रातभर जाग्राममै बस्यो । भ्रमण वर्षको सन्दर्भ पारेर यहाँ बागलुङ महोत्सव–२०७६ जारी छ । रातको १२ बजेदेखि शुरु हुने नयाँ वर्ष र भ्रमण वर्षलाई एकसाथ बागलुङवसीले भव्य स्वागत, नाचगान र भ्रमण वर्ष सफलताको कामनासमेत गरे । भ्रमण वर्षलाई सघाउँदैै आन्तरिक तथा बाह्य पर्यटकलाई...

  • २०७६ पौष १६, बुधबार

    मौसम सफा हुँदै गएपछि जनजीवन सामान्य हुँँदै

    दुई साताभन्दा बढी चिसो स्याँठ र मुटु कमाउने जाडो खेपेका महोत्तरीवासी मौसम सफा हुँदै गएपछि सामान्य हुँदैछन् । सोमबारयता क्रमशः पारिलो घाम लाग्दै हुस्सु घटेर स्याँठ चल्ने क्रम पातलिँदै गएपछि यहाँको जनजीवन सामान्य हुँदै गएको हो । गत मङ्सिर २७ गते रातभरि पानी परेपछि एक्कासि बढेको जाडोले महोत्तरीसहित मध्यपूर्वी तराईको जनजीवन निकै कष्टकर बनेको थियो । दिनभरि बाक्लो हुस्सु लाग्ने र रातभरि तुषारो...

  • २०७६ पौष १६, बुधबार

    प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच टेलिफोन संवाद

    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज टेलिफोन संवाद भई उहाँहरुले आपसमा अङ्ग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गर्नुभएको छ । दुई प्रधानमन्त्रीबीच भएको टेलिफोन संवादमा दुई देशबीचका बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सन् २०२० सफल रहने विश्वास उहाँहरुले व्यक्त गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । नेपालको...

  • २०७६ पौष १६, बुधबार

    नेपाल प्रवेश गर्ने पहिलो पर्यटकलाई टाकाटोपीले सम्मान

    झापाको पूर्वी नाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरेर नेपाल भ्रमण वर्ष २०२० को आज बिहान उद्घाटन गरिएको छ । नाकाबाट नेपाल प्रवेश गर्ने पहिलो पाहुना भारतीय नागरिक प्रिंयका मल्लिक, पिंकी मजुमदार, मामुनी मल्लिक, श्वेता खड्कालगायतलाई टाकाटोपी र रुद्राक्षको माला लगाएर कार्यक्रमका प्रमुख अतिथि सङ्घीय सांसद राम कार्की, प्रवेश सभा सदस्यद्वय श्रीप्रसाद मैनाली र गोपाल...

  • २०७६ पौष १६, बुधबार

    राष्ट्रियसभा दाङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

    राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नं। ५ को निर्वाचन अधिकृतको कार्यालय दाङमा स्थापना भएको छ । आगामी माघ ९ गते हुने निर्वाचनका लागि मङ्गलबार घोराहीमा कार्यालय स्थापना गरिएको हो । दाङ देउखुरी जिल्ला अदालतमा निर्वाचन अधिकृतको कार्यालय स्थाना भएको न्यायाधीश एवं निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो । राष्ट्रियसभामा रिक्त हुन लागेका कुल १८ सदस्य पदमध्ये प्रदेश नं। ५ मा तीन सदस्यका...

  • २०७६ पौष १६, बुधबार

    पोखरामा नयाँ वर्षको स्वागतमा पर्यटक भरिभराउ

    पर्यटकीयस्थल पोखरामा अङ्ग्रेजी नयाँ वर्ष २०२० को स्वागतका लागि व्यापकरूपमा तयारी गरिएको छ । पोखराको लेकसाइड बाह्य र आन्तरिक पर्यकटले भरिभराउ रहेको छ । मङ्गलबार मध्यरातमा १२ बजे नयाँ वर्षको शुभारम्भको अवसरमा आयोजित समारोहलाई अवलोकन गर्नका लागि पर्यटकको आगमन भएको हो । सोही अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएशनद्वारा आयोजित २१औँ सडक महोत्सवस्थलमा चहलपहल बढेको छ । सन् २०१९ को बिदाइका साथै सन् २०२० को...

Pages