राष्ट्रिय
-
२०७६ मङ्सिर २५, बुधबार
विमानस्थल खुल्यो
भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मङ्सिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो । धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिनुभयो । विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ । गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण...
-
२०७६ मङ्सिर २५, बुधबार
करणी प्रयासको आरोपमा वडाध्यक्ष पक्राउ
सप्तरीमा एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले आज सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ । वडाध्यक्ष लक्ष्मी साहलाई एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो । उहाँका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरिएको हो । स्थानीय एक...
-
२०७६ मङ्सिर २४, मंगलबार
जैविक कृषि गाउँपालिका बनाउन महोत्सव
वित्र तीर्थस्थलका रूपमा परिचित देवघाटमा कृषि महोत्सव गरिने भएको छ । भौगोलिकरूपमा कृषि उत्पादनमा उत्कृष्ट मानिएको गाउँपालिकाले स्थानीय कृषि उत्पादन तथा कृषकलाई प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजनक देवघाट गाउँपालिकाले जनाएको छ । क्षेत्रफलको हिसाबले ठूलो रहेको गाउँपालिकामा १५ वडा छन् । गाउँपालिकालाई आगामी तीन वर्षभित्र अग्र्यानिक कृषि नमूना गाउँपालिका बनाउने लक्ष्य लिएको...
-
२०७६ मङ्सिर २४, मंगलबार
नेपाल र भूटानबीच खेलमा नेपालको जित
दक्षिण एशियाली खेलकूद प्रतियोगिता साग अन्तर्गत दशरथ रङ्गशालामा जारी नेपाल र भूटानबीचको पुरुष फुटबलको फाइनल खेलमा नेपालको जित हात पारेको छ । शुरुआती चरणमा नेपालले अग्रता लिएपनि खेलको ३६ अैं मिनेटमा भुटानी खेलाडी चेन्चो ग्याल्सेनले जवाफी गोल गरेका थिए । खेल शुरु भएको १६ औं मिनेटमा नेपाली खेलाडी अभिषेक रिजालले नेपालको तर्फबाट पहिलो गोल गरेपनि त्यो लामो समय टिक्न सकेन । तर दोस्रो हाफमा सुनीलले एक...
-
२०७६ मङ्सिर २४, मंगलबार
गाउँमा बस पुग्दा खुशीयाली
गलकोट नगरपालिका–३ को बोहोराफाँट–लमाइ सडकमा शनिबार पहिलोपटक बस गुड्यो । दुई गाउँ जोड्ने सडक ‘लिङ्क रोड’ उद्घाटनका लागि नगरप्रमुख भरत शर्मा गरैलगायत बसमा सवार थिए । उद्घाटनस्थलमा प्रमुख अतिथिसहितलाई गाउँलेले स्वागत गरे । अबिर र माला पहिराए । भजनकीर्तन गरे, नाचे । एकापसमा खुसी साटे । बोहोराफाँट र लमाइ वारिपारिका गाउँ हुन् । छिमेकी भएर पनि दुई बस्तीबीच आउजाउ सहज थिएन । मोटरबाट जान तल हटिया बजार झरेर...
-
२०७६ मङ्सिर २४, मंगलबार
ग्रामीण बस्तीका सामुदायिक विद्यालय सुनसान
सघन धान काट्ने बेला परेपछि महोत्तरीका ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय अहिले सुनसान भएका छन् । गरीब, दलित र अवसरबाट पछि परेका जनजाति समुदायका नानीहरु मङ्सिर लागेसँगै धान काट्न, धानखेतमा सिला खोज्न र बाबुआमालाई सघाउन व्यस्त भएपछि जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालय अहिले सुनसान देखिएका हुन् । जिल्लाका ग्रामीण भेगका सामुदायिक विद्यालयमा दलित, विपन्न र विभिन्न अवसरबाट पछि पर्दै आएका जनजाति...
-
२०७६ मङ्सिर २४, मंगलबार
दुलेगौडा–हर्कपुर मोटरमार्गमा कालोपत्रे शुरु
तनहुँको शुक्लागण्डकी नगरपालिका–३ स्थित वनकेवाबाट शुरु हुने दुलेगौडा–हर्कपुर मार्गमा कालोपत्र शुरु गरिएको छ । ट्र्याक खुलेको २४ वर्षपछि उक्त मार्गमा सोमबारदेखि कालोपत्र शुरु गरिएको हो । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत रु २५ करोडको लागतमा उक्त मार्गमा कालोपत्र शुरु भएको हो । भौतिक पूर्वाधार विकासमन्त्री एवं गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले उक्त मार्गमा कालोपत्रको...
-
२०७६ मङ्सिर २४, मंगलबार
दुई दशकदेखि विद्युत् सेवाबाट बञ्चित
शुक्लाफाँटा नगरपालिका–८ मा पिलरीफाँटा गाउँमा विद्युत् सेवा विस्तार नहँुदा स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य भएका छन् । बस्ती बसेको दुई दशक बिते पनि अझै विद्युत् सेवा विस्तार हुनसकेको छैन । विद्युत् सेवा नहँुदा यस क्षेत्रका बासिन्दा टुकीको सहारा लिन बाध्य छन् । केही परिवारले आफ्नै लगानीमा बत्ती बाल्न मात्रै सकिने सौर्यपाता जडान गरेका भए पनि अधिकांश परिवारले मट्टितेलको जोहो गर्दै टुकी बाल्दै...
-
२०७६ मङ्सिर २४, मंगलबार
झोलुङ्गे पुल निर्माण
उपल्लो मुस्ताङ जाने पदमार्गमा झोलुङ्गे पुल निर्माण गरिएको छ । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित समरखोलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । पूर्वाधार विकास कार्यालय म्याग्दीले स्थानीयवासी र समरगाउँ भएर उपल्लो मुस्ताङ जाने आउने पर्यटकलाई लक्षित गरेर पुल निर्माण गरेको हो । रु ८८ लाख ७९ हजार ९९९ मा ठेक्का सम्झौता गरेको थानी–हिमशिखर–रामकृष्ण जेभीले पुल निर्माण सकेको कार्यालयका सवइञ्जिनीयर रविन...
-
२०७६ मङ्सिर २४, मंगलबार
युआरएल पत्रकारिता पुरस्कारबाट पौडेल सम्मानित
युनाइटेड रेफरेन्स ल्याबोरेटरी युआरएल द्वारा स्थापित स्वास्थ्य पत्रकारिता पुरस्कारबाट युवा पत्रकार सुरेन्द्र पौडेल सम्मानित हुनुभएको छ । पत्रकारिताका माध्यमबाट स्वास्थ्य क्षेत्रको विकासमा योगदान पु¥याउने पत्रकारलाई प्रत्येक वर्ष सम्मान गरिने सो पुरस्कारको राशि रु १५ हजार, दोसल्ला र सम्मानपत्र रहेको छ । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले सो संस्थाको छैँटाँै वार्षिक साधारणसभाका अवसरमा...
-
२०७६ मङ्सिर २४, मंगलबार
‘अकुपाइ टुँडिखेल अभियान सञ्चालनको अर्थ छैन’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ‘अकुपाइ टुँडिखेल अभियान’को सञ्चालन गर्नु कुनै अर्थ नरहेको स्पष्ट पार्नुभएको छ । उहाँले हाल टुँडिखेल आसपासमा भवनको पुनःनिर्माणको काम भइरहेकाले सुन्दरतामा केही कमी आएको बताउनुभयो । निर्माणकार्य सम्पन्न भएसँगै टुँडिखेल पुरानै अवस्था आउने प्रमुख शाक्यले बताउनुभयो । उहाँले रासससँग कुरा गर्दै भन्नुभयो, “टुँडिखेल खुला गर्नुपर्छ भन्ने चाहना हाम्रो पनि...
-
२०७६ मङ्सिर २४, मंगलबार
विमानस्थल स्तरोन्नतिको गुरुयोजना अलपत्र
सरकारले स्तरोन्नतिका लागि नेपालगञ्ज विमानस्थलको गुरुयोजना बनाएको वर्षौँ बितिसकेको छ । तर, योजनाअनुसार अहिलेसम्म कुनै काम हुनसकेको छैन । विमानस्थलमा स–साना काम नहुँदा जहाज अवतरणस्थल रनवे मा बेलाबखतमा समस्या आउने गरेको छ । रनवे चारैतिर घाँसले भरिएको छ । जङ्गल नजिकै भएकाले विमानस्थलको झाडीमा बँदेल, बाँदरजस्ता वन्यजन्तु बस्ने गरेकाले जहाज उडान र अवतरणका समयमा चुनौती अझ थपिएको छ । निर्माणको जिम्मेवारी...


