राष्ट्रिय
-
२०७६ मङ्सिर १०, मंगलबार
भन्सार शुल्कबाट रु २४ अर्ब राजश्व
रसुवागढी नाकाबाट सामान आयात निर्यात हुन थालेपछि प्राप्त राजश्वको यकिन तथ्याङ्क सार्वजनिक भएको छ । विसं २०७२ मङ्सिर १५ देखि २०७६ मङ्सिर ७ सम्मको कूल भन्सार शुल्क तथा मूल्य अभिवृद्धि करसमेतको राजश्व रु २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार सङ्कलन भएको छ । नेपाली बजारका लागि चीनबाट आयात हुने मालवस्तुमा जुत्ता, चप्पल, बच्चाका खेलौना, थर्मस, यान्त्रिक पार्टपुर्जा, विद्युतीय सामान, लत्ताकपडा तथा...
-
२०७६ मङ्सिर १०, मंगलबार
पोर्चुगलमा सडकमै सुत्छन् नेपाली
नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली मुलुक पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट रातो पासपोर्ट का कारण पोर्चुगल आउने गर्दछन् । नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग...
-
२०७६ मङ्सिर १०, मंगलबार
मोहनापुल–अत्तरिया ६ लेन सडक कालोपत्रे शुरु
निर्माणाधीन मोहना–अत्तरिया योजनाअन्तर्गत छ लेन सडकमा कालोपत्रको काम शुरु भएको छ । उक्त सडकअन्तर्गत पहिलो चरणमा मोहनापुलदेखि चौराहसम्म कालोपत्र शुरु भएको हो । निर्माणाधीन सडकको लम्बाइ त्रिनगर भन्सारस्थित मोहनापुलदेखि अत्तरियासम्म झण्डै साढे १४ किलोमिटर छ । मोहना—अत्तरिया सडक मोहना पुलदेखि अत्तरियासम्म तीन टुक्रामा ठेक्का दिएर काम भइरहेको सडक योजना कार्यालयका प्रमुख होमबहादुर एसीले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १०, मंगलबार
नेवाः विद्यार्थी युनियनकाे अध्यक्षमा रिदेन महर्जन
काठमाडौं गत मंसिर ४ गते बुधबार रत्नराज्य लक्ष्मी क्याम्पसमा नेवाः विद्यार्थी युनियन गठन भएको छ । युनियनका संरक्षकका रुपमा रितेश मल्ल रहेका छन् भने अध्यक्षमा रिदेन महर्जनमा चयन भएका छन् । साथै उपाध्यक्षमा शिवराम मुनिकार, सचिवमा प्रशान्त डंगोलका साथै कोषाध्यक्षमा गंगादेवी महर्जन र मुख्य सदस्यहरूमा सुमि डंगोल, रोजा अवाले तथा मणिस कुमार श्रेष्ठ हुनु भएको छ भने सदस्यमा महेश्वर श्रेष्ठ र इन्द्रमान...
-
२०७६ मङ्सिर १०, मंगलबार
बालकले गरे जन्मदिनमा सहयोग
बालकले गरे जन्मदिनमा सहयोहलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनका अवसरमा सानोघर टाँडी चितवनलाई रु सात हजार सहयोग गर्नुभएको छ । यही मङ्सिर ९ गते सोमबार छ वर्ष पूरा गरी सात वर्ष टेकेका सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० व्यक्तिलाई आर्थिक सहयोग गर्नुभएको हो । विद्या संस्कार ९पहिलेको चेल्सी इन्टरनेसनल स्कूल० काठमाडौँमा कक्षा १ मा अध्ययनरत बालकले...
-
२०७६ मङ्सिर १०, मंगलबार
पशुपति क्षेत्रमा शतबीज उठाउन शुरु
पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशीका दिन पशुपति क्षेत्रमा छरिएको शतवीज उठाउन शुरु गरेको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशीका अवसरमा सोमबार बिहान पशुपति क्षेत्रका मृगस्थली, विश्वरुप, सूर्यघाट, कैलाशडाँडा, उमाकुण्ड, गौरीघाट, वनकालीलगायत क्षेत्रमा बिहानैदेखि शतबीज छरिएको थियो । हेमाद्रिलगायत धर्मशास्त्रका पुस्तकमा धानको सय गेडा छर्ने विधि भए पनि हाल मकै, गहुँ...
-
२०७६ मङ्सिर १०, मंगलबार
वैज्ञानिक वन व्यवस्थापन शुरु
यहाँ पहिलो पटक वैज्ञानिक वन व्यवस्थापनको काम शुरु हुने भएको छ । जिल्लामा रहेका वन व्यवस्थापनसँगै आयमूलक बनाउने उद्देश्यले डिभिजन वन कार्यालय भोजपुरले वैज्ञानिक वन व्यवस्थापन थालनी गर्न लागेको हो । अरुण गाउँपालिकास्थित बञ्चेर सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएको तथा अन्य तीन वन छनोट प्रक्रियामा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । तराईका जिल्लामा यस्तो तरिकाले वन व्यवस्थापन...
-
२०७६ मङ्सिर १०, मंगलबार
प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उहाँका उपचारमा संलग्न चिकित्सकले जनाउनुभएको छ । उहाँको आज महाराजगञ्जस्थित ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया सम्पन्न गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारे जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन...
-
२०७६ मङ्सिर १०, मंगलबार
तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम
तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम निःशुल्क उपलब्ध गराउने निर्णय गरेको हो । गर्भवती भएको तीन महिनादेखि सुत्केरी भएको ४५ दिनसम्म दैनिक एक चक्की क्याल्सियम खानुपर्ने स्वास्थ्यकर्मी बताउँछन् । स्वास्थ्यकर्मीले गर्भवतीलाई क्याल्सियम नियमित खान सिफारिश...
-
२०७६ मङ्सिर १०, मंगलबार
१३औं साग स् आर्चरीमा भारत सहभागी हुने भएपछि खेलाडी बढे
आसन्न १३औं दक्षिण एशियाली खेलकूद सागका लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिनुभयो । आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित...
-
२०७६ मङ्सिर १०, मंगलबार
बङ्गलादेशमा बनेपालीको एकल चित्रकला प्रदर्शनी
भक्तपुरका चित्रकार दीपेन्द्रमान बनेपालीले बङ्गलादेशको राजधानी ढाकामा ‘एकल चित्रकला प्रदर्शनी’ गर्नुभएको छ । ढाकामा आयोजित ‘अन्तरराष्ट्रिय चित्रकला तथा हस्तकला प्रदर्शनी’का अतिथि कलाकार बनेपालीले नेपालको संस्कृतिसँगै पुरातात्विक, ऐतिहासिक तथा धार्मिक क्षेत्रको पहिचान झल्कने चित्र समावेश गरेर चित्रकला प्रदर्शनी गरिएको जानकारी दिनुभयो । प्रदर्शनीसँगै उहाँले नेपाल भ्रमण वर्ष २०२० मा “नेपाल घुम्न जाऔँ...
-
२०७६ मङ्सिर १०, मंगलबार
अफगानिस्तानमा चालिस लडाकू मारिए
अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन् । सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको...


