राष्ट्रिय
-
२०७६ मङ्सिर १०, मंगलबार
कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती
घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् । “व्यवसाय...
-
२०७६ मङ्सिर १०, मंगलबार
सागमा १८ हजार सुरक्षाकर्मी
दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद साग लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ । समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु...
-
२०७६ मङ्सिर १०, मंगलबार
नदीबाट बिजुली उत्पादन
जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो । “एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भन्नुभयो । आयोजना आर्थिक...
-
२०७६ मङ्सिर १०, मंगलबार
गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी मन्त्री अर्याल
भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको...
-
२०७६ मङ्सिर ९, सोमबार
दुई नेपाली महिलाको उद्धार
माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ । राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोक र झापा घर भएका दुई महिलाको उद्धार गरिएको हो । माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार...
-
२०७६ मङ्सिर ९, सोमबार
तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न आग्रह
नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर तीन दिनभित्र नेपालको नक्सा सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सरकारले नक्सा छापेर सार्वजनिक गर्न सक्दैन भने त्यो कामका लागि काँग्रेस तयार रहेको बताउनुभयो । प्रधानमन्त्रीले बालुवाटारमा बोलाएको सर्वदलीय बैठकमा पार्टी सभापति शेरबहादुर...
-
२०७६ मङ्सिर ९, सोमबार
देश ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना
प्रदेश नं ५ मा नवीकरणीय ऊर्जाको प्रशस्त सम्भावना देखिएको छ । प्रदेश सरकारले आफ्नो नीति तथा कायक्रममार्फत ऊर्जाको सम्भावना खोजी गर्दै अध्ययन तथा अनुसन्धानमा जोड दिएको छ । सरकारले प्रदेश ५ मा पाँच वर्षभित्रमा ३०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने योजना बनाएको छ भने वैकल्पिक र अन्य ऊर्जाको सन्दर्भमा फोहरलाई ऊर्जामा परिणत गर्ने रणनीतिसमेत तय गरेको छ । प्रदेश सरकारले वायु ऊर्जाको सम्भावनालाई मध्यनजर...
-
२०७६ मङ्सिर ९, सोमबार
पशुपति क्षेत्र सञ्चालक परिषद्मा तीन सदस्य
पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् सदस्यमा तीन जना सदस्य मनोनीत हुनुभएको छ । कोष सञ्चालक परिषद् अध्यक्ष एवं संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीको मन्त्रीस्तरीय निर्णयअनुसार संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, विश्वकरण जैन र आशा पाण्डे सदस्य पदमा मनोनीत हुनुभएको हो । बाँस्तोला गत साउन ६ गते संस्कृति मन्त्रालयको समेत कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्हाल्नुभएका बेला सदस्य...
-
२०७६ मङ्सिर ९, सोमबार
देवघाटमा शतबीज छरियो
पवित्र तीर्थस्थल देवघाट धाममा शतबीज छर्नेको घुइँचो लागेको छ । रातभर सो क्षेत्रमा जाग्राम बसेर तीर्थालुले दीपप्रज्वलन गरी आज शतबीज छरेका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार राति दीपप्रज्वलन गरेर बस्नेको सङ्ख्या एक लाखभन्दा बढी रहेको थियो । समितिले टेण्ट र त्रिपाल लगाएको भए पनि ती स्थानमा नअटेपछि भक्तजनले खुल्ला आकासमुनि जाग्राम बसी दीपप्रज्वलन गरेका थिए । रातिदेखि...
-
२०७६ मङ्सिर ९, सोमबार
भोलिसम्म रकम फिर्ता नगरे कारवाही
सरकारले तोकिएभन्दा बढी शुल्क लिएका मेडिकल कलेजले भोलिसम्म रकम फिर्ता नगरे कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधिवक्ता अग्नि खरेल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललगायत उपस्थित आजको बैठकले विद्यार्थीबाट बढी लिइएको शुल्क भोलिसम्म फिर्ता नगरे आवश्यक कारवाही गर्ने निर्णय गरेको हो । यसअघि गत असोज र कात्तिकमा...
-
२०७६ मङ्सिर ९, सोमबार
पशुपतिलगायत शिवालयमा शतबीज छर्न लाखौँ भक्तजन
मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानैदेखि पशुपतिलगायत देशभरका शिवालयमा शतबीज छर्न लाखौँ भक्तजनको लर्को छ । हिजो बिहानैदेखि पशुपतिलगायत शिवालयमा महादीपदान गरी बसेका भक्तजनले आज बिहानै नदीमा स्नान गरी शतबीज छर्न शुरु गरेका हुन् । बालाचतुर्दशीसमेत भनिने मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान स्नान गरी शिवालय क्षेत्र विशेषगरी पशुपति क्षेत्रको मृगस्थलीमा धानका सय गेडा छरे दिवङ्गत पितृले मोक्ष पाउने...
-
२०७६ मङ्सिर ९, सोमबार
नेपालको भूमि फिर्ता भएरै छाड्छ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताउनुभएको छ । नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले आज विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले देशको एक इन्च जमीन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो,“सरकारले यसको कूटनीतिक पहल शुरु गरिसकेको छ...


