राष्ट्रिय
-
२०७६ मङ्सिर ९, सोमबार
महोत्सवमा ‘हत्केला खेल्ने’ प्रतियोगिता
माछा समाउने हत्केला खेल्ने प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् । प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२...
-
२०७६ मङ्सिर ९, सोमबार
उपनिर्वाचन २०७६ नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो
कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् । पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव...
-
२०७६ मङ्सिर ९, सोमबार
सीताराम विवाह महोत्सवमा सहभागीका लागि आम समुदायलाई निम्तो
आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे जानकीक होएत विवाह जनकपुर आउ हे मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ । यही मङ्सिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान । जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह...
-
२०७६ मङ्सिर ९, सोमबार
पूँजी बजारमा अनलाइन प्रयोग
बुटवल क्षेत्रका लगानीकर्तालाई पूँजी बजारमा अनलाइनको प्रयोग गर्ने विषयमा जानकारी दिइएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले आइतबार बुटवलमा लगानीकर्तासँग अन्तरक्रिया गर्दै अनलाइनको प्रयोगले पूँजी बजारमा देखिने विभिन्न समस्याको समाधान हुने दाबी गरेको छ । नेप्सेका अध्यक्ष लक्ष्मण न्यौपानेले पूँजी बजार माग र आपूर्तिको सम्बन्धको आधार भएको उल्लेख गर्दै यसलाई कस्तो बनाउने भन्ने विषय लगानीकर्ताको हातमा...
-
२०७६ मङ्सिर ९, सोमबार
सरकारले लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गयो – वरिष्ठ नेता पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउँदै गएको बताउनुभएको छ । रिपोर्टस क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “अहिलेको वर्तमान सत्तावादीहरु सामन्ती राणा शासनका नयाँ संस्करण हुन्, राणा शासनकै पद चिह्नमा हिँडेर यिनीहरुले देशलाई लान खोजिरहेका छन्, एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य...
-
२०७६ मङ्सिर ९, सोमबार
प्रेस सङ्गठनको एकता टुङ्गियो
प्रेस सङ्गठन नेपालले साङ्गठनिक एकताका बाँकी कामलाई अन्तिम रुप दिएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को एकतापछि तत्कालीन प्रेस चौतारी नेपाल र प्रेस सेन्टरबीच एकता भई नयाँ सङ्गठन गठन गरिएको हो । दुई सङ्गठनबीच एकता भएको लामो समयपछि आइतबार केन्द्रीय कमिटीको सङ्ख्या, केन्द्रीय सदस्य, आयोग, प्रदेश समितिका इञ्चार्ज, संयोजक र सहसंयोजक तथा जिल्ला संयोजक र सहसंयोजकको टुङ्गो लगाइएको हो । साविक...
-
२०७६ मङ्सिर ८, आइतबार
व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मानित
त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेकाले आज सम्मान गरेको हो । भण्डारीले स्नातक तह ९२०७३–०७६०मा ७८।६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज...
-
२०७६ मङ्सिर ८, आइतबार
भारतसँग सीमा विवाद कूटनीतिक पहलबाट समाधान हुन्छ प्रवक्ता बाँस्कोटा
सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले अन्तरराष्ट्रिय मान्यताका आधारमा छिमेकी भारतसँगको सिमाना विवाद कूटनीतिक र राजनीतिक प्रयासबाट समाधान गरिने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा उहाँले लिम्पियाधुरा, लिपुलेक र कालापानीका साथै सुस्तालगायत नेपालको भूमि रक्षाका लागि सरकारले दृढता र इमान्दारीसाथ पहल गरिरहेको उल्लेख गर्दै सरकारले ‘कूटनीतिक नोट’समेत...
-
२०७६ मङ्सिर ८, आइतबार
दण्डहीनता अन्त्य गर्न पत्रकारको माग
दण्डहीनता अन्त्य गर्न माग गर्दै हेटौँडामा पत्रकारले आज प्रभातफेरी तथा कोणसभा गरेका छन् । ‘विश्व अन्तर्राष्ट्रिय दण्डहीनता विरुद्ध दिवस’का अवसरमा नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ ले आयोजना गरेको कार्यक्रममा पत्रकारमाथि हुने आक्रमण, हत्या एवं प्रेस स्वतन्त्रता हननका घटनामा संलग्नलाई कारवाही गरी दण्डहीनता अन्त्य गर्नुपर्ने माग गरिएको थियो । पत्रकार महासङ्घ प्रदेश ३ तथा जिल्ला शाखाका पदाधिकारी एवं...
-
२०७६ मङ्सिर ८, आइतबार
पशुपतिमा लाखबत्ती बाल्दै किड क्विनका प्रतियोगीहरु
नेप्लिज फेसन होमले आयोजना गर्दै आएको ‘किड क्विन नेपाल’ १७ अौं संस्करणका प्रतियोगीहरुले शनिवार काठमाडौंको पशुपतिनाथको मन्दिरमा विशेष पूजाआजा गर्दै लाख बत्ती बालेका छन् । सोही प्रतियोगिताका २२ जना बालिका तथा किशोरी प्रतिस्पर्धिहरुले प्रशिक्षणको एउटा अंगको रुपमा उक्त विशेष पूजाआजासहित लाखबत्ती बालेका हुन् । ७ वर्षदेखि १३ वर्ष उमेर समुहका बालिका तथा किशोरीहरुको व्यक्तित्व विकासको साथै प्रतिभा...
-
२०७६ मङ्सिर ८, आइतबार
‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनलाई लक्षित गरी पोखरामा ‘निर्वाचन र सञ्चार’ विषयक अन्तक्र्रिया सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ ९फोनिज० गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरामा क्रियाशील ३० जना पत्रकारको सहभागिता रहेको थियो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पत्रकारिता संवेदनशील पेशा भएकाले तथ्यमा...
-
२०७६ मङ्सिर ८, आइतबार
बिना अनुमति भीर माहुरीको मह काढ्न नपाइने
केपिलासगढी गाउँपालिकाले आफ्नो सीमा क्षेत्रभित्र पाइने भीर माहुरीको मह काढ्दा अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ । लोपोन्मुख अवस्थामा पुगेको भीर माहुरीको मह पछिल्लो समय स्थानीयवासीले अवैध रुपमा काढ्ने र अन्यत्र निकासी गर्न थालेपछि नियन्त्रण र संरक्षण गर्न सो गाउँपालिकाले यस्तो व्यवस्था लागू गरेको हो । गाउँपालिकाभित्र पर्ने चारवटा वडामा मात्र पाइने भीर माहुरीको मह स्थानी केही...


