STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राष्ट्रिय

  • २०७६ मङ्सिर ८, आइतबार

    भाषाविद् रेग्मीको कृति विमोचन

    झर्रोवादी नेपाली साहित्यका अभियानकर्मी तथा भाषाविद् साहित्यकार चूडामणि रेग्मीको २८औँ कृति ‘सखारै सखारै’ निबन्ध सङ्ग्रह शनिबार यहाँ विमोचन गरिएको छ । झापाको मेचीनगर नगरपालिका–६ काँकडभिट्टामा साहित्यकार कोमलप्रसाद पोखरेल, सरोज ओली, यज्ञराज प्रसाईँलगायतले कृतिको संयुक्त विमोचन गर्नुभएको हो । विसं २०१२ देखि निरन्तर साहित्यिक यात्रामा लाग्नुभएका रेग्मी हाल ८३ वर्ष पुग्नुभएको छ । नयाँ स्रस्टा उत्पादन...

  • २०७६ मङ्सिर ८, आइतबार

    लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान

    महालक्ष्मी नगरपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ भएको छ । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने नाराको साथ उक्त अभियानको आज शुभारम्भ गर्दै नगरपालिका उपप्रमुख निर्मला थापाले कार्यक्रमले महिला सुरक्षाका सवालमा सचेतना वृद्धि गर्ने बताउनुभयो । नगरप्रमुख रामेश्वर श्रेष्ठले आफ्नो नगरपालिकाभित्र हिंसामा परेका महिला उत्थानका लागि आवश्यक पहल गरिने प्रतिबद्धता...

  • २०७६ मङ्सिर ८, आइतबार

    ‘रासस हाम्रो साझा सम्पत्ति हो’

    प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले राष्ट्रिय समाचार समिति रासस समस्त नेपालीको साझा सम्पत्ति भएको बताउँदै यसको भौतिक उन्नयनमा सक्दो सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । राससका महाप्रबन्धक ओपेन्द्र शर्मालगायत व्यवस्थापनका उच्च पदाधिकारीसँग आज रासस केन्द्रीय कार्यालयमा भएको भेटमा उहाँले सङ्घीय संरचनाअन्तर्गतको राससलाई प्रदेश सरकारका तर्फबाट सोझै आर्थिक सहयोग...

  • २०७६ मङ्सिर ८, आइतबार

    कीर्तिपुण्य महाविहारको उद्घाटन

    भूकम्पको कारण क्षति भएको सम्पदाको पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले चासो देखाएको छ । वसन्तपुरमा भूकम्पकै कारण क्षति भएका आठ सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको छ भने अन्य नौ वटा पुनःनिर्माणको अवस्थामा रहेको छ । यसैबीच शनिबार कामपाका प्रमुख विद्यासुन्दर शाक्यले वडा नं २१ स्थित लगनटोलमा रहेको ऐतिहासिक कीर्तिपुण्य महाविहारको उद्घाटन गर्नुभयो । यस विहारमा पनि विसं २०७२ को भूकम्पले क्षति...

  • २०७६ मङ्सिर ८, आइतबार

    टुटल र पठाओ चालकमाथि प्रहरीको कारबाही सुरु

    ८ मंसिर, काठमाडौं । ट्राफिक प्रहरीले प्रायोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा टुटल र पठाओका चालकलाई कारबाही थालेको छ । आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका हुन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ । जरिवानाको चिटमा प्रयोजनविपरीत सवारी चलाएको उल्लेख गरिएको छ । यो कसूरमा २...

  • २०७६ मङ्सिर ८, आइतबार

    वैकल्पिक सडक निर्माण शुरु

    राप्ती खोलाले कटान गरेर बगर बनाएको हेटौंडा–१ चौकीटोलको तिरतिरे धाराबाट राप्तीपुलसम्मको क्षेत्रमा प्रदेश सरकारले ‘ड्याम’ निर्माण कार्य प्रारम्भ गरेको छ । भौतिक पूर्वाधार विकासमन्त्री समेत रहनुभएका प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडा–१ चौकी टोलबाट हेटौंडा १५ को रातोमाटेसम्म वस्ती सुरक्षाको लागि मजबुद ड्याम र फराकिलो सडक निर्माण गर्ने अभियानअन्तर्गत यो आर्थिक वर्ष तिरतिरे...

  • २०७६ मङ्सिर ८, आइतबार

    रु एक अर्ब ५७ करोड राजश्व सङ्कलन

    आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ । त्यस्तै घरभाडा करअन्तर्गत रु दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु दुई करोड पाँच लाख ५७...

  • २०७६ मङ्सिर ८, आइतबार

    सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ नेता पाण्डे

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उहाँले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताउनुभयो । सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उहाँले यस विषयमा...

  • २०७६ मङ्सिर ८, आइतबार

    बिजुली बलेको देख्ने सपना अधुरै

    जिल्लाको आदर्श गाउँपालिका–५ लामिखालकी सीता नागरी उमेरले ६१ वर्षकी हुनुभयो । उहाँ निरन्तर गाउँमै बस्नुहुन्छ । गाउँमै बस्ने भएकालाई उहाँलाई विद्युत्को विषयमा खासै जानकारी पनि छैन । विगत १६ वर्षअघि अर्थात् विसं २०६२ सालमा गाउँमा विद्युत्का पोल गाड्न सुरु हुँदा उहाँलाई घरमा बिजुली बलेको हेर्ने ठूलो धोको थियो । एक–दुई पटक मात्रै विद्युत् भएका शहरसम्म आउजाउ गर्नुभएकी उहाँलाई आफ्नो गाउँ पनि झिलीमिली...

  • २०७६ मङ्सिर ८, आइतबार

    सामाखुशी–ग्रिनल्याण्ड सडकखण्ड कालोपत्र

    सामाखुशी चोक मनोहर स्कूल हुँदै ग्रिनल्याण्डसम्मको सडकखण्ड कालोपत्र गरिएको छ । ढल व्यवस्थापन र मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउँदा लामो समयदेखि अस्तव्यस्त रहेको उक्त सडक शनिबारदेखि कालोपत्र गरिएको हो । टोखा नगरपालिकाको रु एक करोड ३२ लाख खर्चमा उक्त सडक कालोपत्र गरिएको हो । काठमाडौँको उत्तरी क्षेत्र टोखा, झोर, शिवपुरी, ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल तथा नुवाकोटको त्रिशूली जाने बाटो...

  • २०७६ मङ्सिर ८, आइतबार

    तमोर र माडीलाई छिट्टै अगाडि बढाइने

    सरकारले चिनियाँ कम्पनीसँगको साझेदारीमा अगाडि बढाउन लागेको दुई महत्वपूर्ण जलविद्युत् आयोजनाको कामलाई छिट्टै गति दिने भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पूर्वको तमोर जलाशयुक्त आयोजना र पश्चिमको माडी जलाशयुक्त आयोजना निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सरकारी स्वामित्वको हाइड्रोइलेक्टिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र चीनको पावर चाइनका...

  • २०७६ मङ्सिर ८, आइतबार

    निजी क्षेत्रलाई रातो कार्पेट ओछ्याएर स्वागत गर्नुपर्छ राज्यमन्त्री दुगड

    उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निजी क्षेत्रका उद्योगी–व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि बढीभन्दा बढी सेवा सुविधा प्रदान गरी प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ । राज्यमन्त्री दुगडले आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै राजनीतिक स्थायित्वपछि मुलुक समृद्धिको दिशामा अघि बढेको बेला निजी क्षेत्रलाई सरकारले रातो कार्पेट ओछ्याएर लगानी गर्नका लागि स्वागत गर्नुपर्ने धारणा व्यक्त...

Pages