राष्ट्रिय
-
२०७६ मङ्सिर ६, शुक्रबार
शिक्षामन्त्रीसँग कतार र मलेसियाका समकक्षीको भेटवार्ता
शिक्षामन्त्री गिरिराजमणि पोखरेल कतारमा जारी ‘वल्ड इनोभेशन समिट फर एजुकेशन’ मा सहभागी कतार र मलेसियाका शिक्षामन्त्रीसँग भेटावार्ता गर्नुभएको छ । कार्यक्रमका क्रममा शिक्षामन्त्री पोखरेल र मलेसियाका शिक्षामन्त्री डा मस्वेली बिन मालिकसँगको भेटवार्तामा नेपालको उच्चशिक्षा र प्राविधिक शिक्षाका क्षेत्रमा साझेदारी गर्ने विषयमा छलफल भएको छ । त्यस्तै मन्त्री पोखरेल र कतारका शिक्षामन्त्री डा मोहम्मद अब्दुल...
-
२०७६ मङ्सिर ६, शुक्रबार
छयानब्बे जना कैदीबन्दी स्थानान्तरण
कारागार कार्यालय चितवनमा कैदीबन्दीको चाप बढ्दै गएपछि स्थानान्तरणको प्रक्रियालाई तीव्र पारिएको छ । कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार चालू आवमा विभिन्न मितिमा गरी ९६ जना कैदीबन्दीको यहाँबाट स्थानान्तरण गरिएको छ । पछिल्लो पटक कात्तिक ३० गते १२ महिला र पाँच पुरुष गरी १७ जनालाई कारागार कार्यालय पाल्पा पठाइएको छ । जसमा महिलासँगै एक आश्रित बच्चा पनि रहेको उहाँले बताउनुभयो । कार्यालयमा...
-
२०७६ मङ्सिर ६, शुक्रबार
भूपू सैनिकहरुको नवीकरण र रुजु कार्य शुरु
बागलुङमा पेन्सन क्याम्प शुरु भएको छ । विगतका वर्षहरुमा जस्तै चहलपहल नदेखिए पनि भारतीय सेना र विभिन्न संस्थाबाट अवकाश प्राप्त भूपूसैनिकको बागलुङ बजारमा चहलपहल देखिन थालेको छ । प्रत्येक ६ महिनामा हुँदै आएको क्याम्प यस वर्ष १ वर्षको अन्तरालमा बिहीबारदेखि शुरु भएको हो । यसअघिका क्याम्पमा भूतपूर्वहरुले पैसा नै बोकेर जान्थे तर यस पटक भने आफू ज्यूँदै रहेको, पेन्सनरको मृत्यु भएको, परिवारले पाउने पेन्सनको...
-
२०७६ मङ्सिर ६, शुक्रबार
सरसफाइ अभियानले प्रदेशकै नयाँ पहिचान दिएको छ ः मन्त्री लम्साल
गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले पृथ्वीराजमार्ग क्षेत्रमा गरिएको सरसफाइ अभियानले गण्डकी प्रदेशकै नयाँ पहिचान दिएकोे बताउनुभएको छ । भम्रण वर्ष २०२० को अवसरमा तनहुँको ब्यास नगरपालिकाद्वारा आयोजित बृहत् राजमार्ग सरसफाइ अभियानको आज दमौलीमा उद्घाटन गर्दै उहाँले सरसफाइले सभ्य नागरिकको पहिचान दिने हुँदा यसतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । मन्त्री लम्सालले भन्नुभयो, “आन्तरिक एवं बाह्य पर्यटक...
-
२०७६ मङ्सिर ६, शुक्रबार
मृतक परिवारलाई क्षतिपूर्ति
सङ्खुवासभाको सभापोखरी गाउँपालिका–६ मा करेन्ट लागेर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ । विद्युत् प्राधिकरण खाँदबारी वितरण केन्द्रले करेन्ट लागेर मृत्यु भएका सभापोखरी–६ का भुपाल विश्वकर्माको परिवारलाई रु पाँच लाख १५ हजार क्षतिपूर्तिबापत उपलब्ध गराएको हो । यसअघि प्राधिकरणले किरिया खर्च बापत मृतक परिवारलाई रु १५ हजार उपलब्ध गराई सकेको छ । गत वैशाख १८ गते सभापोखरी गाउँपालिका–६...
-
२०७६ मङ्सिर ६, शुक्रबार
निर्णय भएकै स्थानमा वडा कार्यालय बनाउन माग
धनगढी उपमहानगरपालिका–७ का स्थानीयवासीले निर्णय भएकै स्थानमा वडा कार्यालय स्थापनाको माग गरेका छन् । स्थानीयवासी ३२४ जनाले बिहीबार धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई वडा कार्यालय निर्माण गर्ने भनी निणर्य गरिएको शिव आधारभूत विद्यालयको पूर्वपट्टिको उपलब्ध गराइएको जग्गामा भवन बनाउन मागसहित ज्ञापनपत्र बुझाएका हुन् । सोही ठाउँमा वडा कार्यालय निर्माण गर्ने भनी गत वैशाख १७ गते वडा समितिले...
-
२०७६ मङ्सिर ६, शुक्रबार
विपद् व्यवस्थापनसम्बन्धी कोष स्थापना
दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापनका लागि आकस्मिक कोष स्थापना गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा विपद्बाट प्रभावित नागरिकलाई सहयोग पु¥याउन चालू आर्थिक वर्षमा रु २५ लाखको आकस्मिक कोष स्थापना गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपद् व्यवस्थापन योजना बनाएर कोषको स्थापना गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विपद् व्यवस्थापनका...
-
२०७६ मङ्सिर ६, शुक्रबार
गढीमाई मेला भर्न भक्तजन आउन थाले
विश्वमै सबभन्दा बढी बलि दिइने बारा जिल्लाको गढीमाई नगरपालिका–१ बरियारपुरमा रहेको ऐतिहासिक तथा प्राचीन गढीमाई मेला विधिवतरूपमा शुरु भएको छ । मङ्सिर १ गतेदेखि शुरु भएको सो प्राचीन मेला एक महिनासम्म चल्ने गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले जनाएको छ । प्रत्येक पाँच वर्षमा लाग्ने सो धार्मिक मेला भर्न भारतलगायत अन्य मुलुकबाट पर्यटकहरु आउने गरेको र राँगा, खसीबोका बली हेर्न पर्यटक आउने गरेका छन् ।...
-
२०७६ मङ्सिर ६, शुक्रबार
समाधान भएन जडीबुटी जामको समस्या
अस्तव्यस्त सडकमा सवारीसाधनको चाप बढ्दा राजधानीको तीनकुनेबाट लोकन्थलीसम्म दुईपाङ्ग्रो वा चारपाङ्ग्रे वाहनलाई कति समय लाग्ला रु सामान्य अवस्थामा १० देखि १५ मिनेटसम्म लाग्नु स्वाभाविक हो तर तीन किलोमिटर सो सडक पार गर्न एक घण्टाभन्दा बढी लाग्ने गरेको छ । तीनकुनेबाट कोटेश्वर हुँदै पेप्सीकोला वा लोकन्थली जाने चालक तथा यात्रुले दैनिक यही नियति भोग्नु परिरहेको छ । यो सडकमा छोटो बाटो पार गर्न पनि घण्टौँ...
-
२०७६ मङ्सिर ६, शुक्रबार
आन्तरिक पर्यटन मेला फागुन ९ देखि
सरकारले देशमा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल भ्रमण वर्ष २०२० को घोषणा गरेपछि त्यसलाई सघाउ पु¥याउन निजी क्षेत्रबाट पनि पर्यटन प्रवद्र्धनका कार्यक्रम शुरु गरिएको छ । यसै सन्दर्भमा गन्तव्य नेपाल इभेन्ट म्यानेजमेन्टले ‘पहिला देश, अनि विदेश’ भन्ने मूल नाराका साथ दोस्रो आन्तरिक पर्यटन मेला डिटीएम २०२० आगामी फागुन ९ गतेदेखि यहाँ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा आयोजना गर्न...
-
२०७६ मङ्सिर ६, शुक्रबार
रोकिएको पुल छिटो बनाउन दबाब
प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकी नदीमा बन्दै गरेको मोटरेबल पुल निर्माण कार्य बीचमै रोकिएपछि दबाब दिन समिति बनेको छ । रामपुर नगरपालिका–१ तथा गण्डकी प्रदेशको घिरिङ गाउँपालिका–१ पुट्टार तनहुँलाई जोड्ने पक्की पुलको निर्माण कार्य गत असारदेखि रोकिएको छ । पुलको निर्माण कार्य शुरु गर्न पटक पटक दबाब दिए पनि निर्माण कम्पनीले यसप्रति गम्भीर नभएकाले बाध्य भएर दबाब दिनका लागि समिति गठन गरिएको...
-
२०७६ मङ्सिर ६, शुक्रबार
‘सी चिनफिङ विचारधारा’मा बहस
नेपाली कम्युनिष्ट आन्दोलन र नेपाल–चीन सम्बन्धमा सी चिनफिङ विचारधारा विषयमा अन्तक्र्रिया आयोजना गरिएको छ । नेपाल–चीन हिमालय मैत्री समाज र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागको आयोजनामा सो विचारधारासम्बन्धी कार्यक्रम गरिएको हो । नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणपछिको पहिलो कार्यक्रम हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्त नेम्वाङले सी चिनफिङ विचारधाराले दुई...


